निर्णय नं. ७७७९ - नागरिकता किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७७९ - नागरिकता किर्ते भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/०७/२७ ५५३७ निर्णय नं. ७७७९ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वद्रिकुमार वस्नेत माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६० सालको फौ.पु नं. : ३५३४ फैसला मितिः २०६३।३।१८।१ मुद्दाः– नागरिकता किर्ते । पुनरावेदक प्रतिवादीः संखुवासभा जिल्ला तामाफोक गा.वि.स.वार्ड नं. ९ वस्ने पदमवहादुर गुरुङ्ग विरूद्ध प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय खाँदवारीको पत्रले श्री ५ को सरकार § आफ्नो साथमा रहेको नागरिकता सच्याएको, किर्ते गरेको पाइन्छ भने त्यो निर्दोषितापुर्ण छ भनी प्रमाणीत गर्ने भार पुनरावेदकको हुने । § विवादित नागरिकता प्रमाणपत्रमा सरकारी अड्डाको नाम लेखिएको अड्डाको छाप लागेको, सरकारी कर्मचारीको छाप र दस्तखत समेत भएको हुँदा सो नगारिकता प्रमाणपत्रलाई सरकारी कागज मान्नु पर्ने देखिन्छ । त्यस्तो सरकारी कागज जुनसुकै तरिकाले किर्ते गर्ने यी प्रतिवादीले कसूर गरेको मान्नु पर्ने र निजलाई कानून बमोजिम सजाय गर्नुपर्ने । § सरकारी कागज किर्ते गर्नेलाई कानूनबमोजिमको सजाय भन्नाले किर्ते कागजको १२ नं. अनुसार सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको यस नम्वरले हुने सजायमा एक वर्ष थप कैद हुन्छ भन्ने कानूनी व्यवस्था भए अनुसार प्रतिवादीलाई १ वर्ष कैद थप सजाय गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्थाको आधारमा किर्ते कागजको महलको ९ नं. बमोजिम सजाय गरेपछि ऐ.को १२ नं. बमोजिम १ वर्षको कैद सजाय समेत गर्नुपर्नेमा सो को दावी नपुग्ने भन्ने शुरुको इन्साफ त्यति हदसम्म उल्टी गरी प्रतिवादीलाई किर्ते कागजको १२ नं. बमोजिम १ वर्ष कैद सजाय समेत हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फबाट : प्रत्यर्थी वादी तर्फबाट : अवलम्विन नजीरः फैसला न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति ०५८।११।१३ को फैसला उपर प्रतिवादी तर्फको पुनरावेदनपर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :- २. तामाफोक गा.वि.स.वडा नं. ९ वस्ने प्रेमवहादुर गुरुङ्गले राहदानी लिनको लागि पेश गरेको नागरिकताको प्रमाणपत्र सच्याएकोमा शंका लागि कार्यालयको अभिलेख सँग भिडाउदा निजको ना.नं. ९९१।३०७८६ मा नाम पदमवहादुर गुरुङ्ग देखिएको हुँदा निजले आफ्नो नाम किर्ते गरी सच्याएको देखिएकोले आवश्यक कारवाहीको लागि प्रतिवेदन पेश गरेको छु भन्ने समेत व्यहोराको जिल्ला प्रशासन कार्यालय खाँदवारीमा ना.सु. पदमा कार्यरत रामवहादुर श्रेष्ठको प्रतिवेदन । ३. मिति २०५५।७।२० गतेका दिन दिनको १०.३० वजेतिर अभियुक्त प्रेमवहादुर गुरुङ्ग जिल्ला प्रशासन कार्यालयमा आई मैले पहिला पनि दुईपटक राहदानी लिएको थिए । दुवै राहदानी हराए पुनः अर्को राहदानी लिन के गर्नुपर्छ भनी सोध्दा तपाईले पहिला राहदानी लिईसक्नु भएको रहेछ, पहिला लिएको राहदानी हराएकोमा प्रहरीलाई जानकारी गराएको छ छैन ? वारम्वार राहदानीहरु लिने हराउने गरेमा राहादानी पाउन सक्नु हुन्न तपाईले गलत काममा प्रयोग गर्नु भएको छ कि के थाहा भनि मैले जवाफ दिए पछि निजले राहदानी फाराम पेश गरेछन् । भिडभाड भएको हुँदा मैले थाहा पाइन । पछि पेश गरेको फारमहरु जाँच गर्दा राहदानी फाराम साथ पेश गरेका नागरिकता र सो को प्रतिल