निर्णय नं. ७७८१ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७८१ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१२/०३ ३४६७ निर्णय नं. ७७८१ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय नयायाधीश श्री कल्याण श्रेष्ठ सम्वत २०५७ सालको फौ.पु.नं. २३४१ फैसला मितिः २०६२।१२।३ मुद्दाः – कर्तव्य ज्यान । पुनरावेदक वादीः मोहनवहादुर भण्डारीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः नुवाकोट जिल्ला कविलास गा.वि.स.वडा नं. १ वस्ने राजु भन्ने दमन कुमार लामा समेत § न्यायिक प्रकृयामा कसूर र संजाय बिचाराधिन रहेको अवस्थामा नै माफी वा मिनाहा दिनाले माफी वा मिनाहा पाउनेले तत्काल कैदबाट छुटेको अनुभूति गर्न पाउने भएतापनि त्यस्तो छुट सँगसंगै संजायंको दाग पनि बोक्नु पर्ने । § न्यायिक प्रकृयाबाट मुद्दाको टुङ्गो लाग्दा उपचार पाउन सक्ने स्थितिलाई त्यस्तो माफी वा मिनाहाले ढोका बन्द गरिदिएको हुन्छ । त्यस्तो माफी वा मिनाहा पाउनेले चाहेर पनि आफ्नो सजायको दाग मेटाउन नसक्ने परिस्थिति सृजना हुन्छ । अन्ततः माफी वा मिनाहा पाउनेलाई Face Value मा लाभ देखिएपनि न्यायिक प्रकृया अन्तर्गत संजायको दागलाई आत्मसात गर्नुको बिकल्प नरहने । (प्रकरण नं.३४) § न्यायिक प्रकृयाबाट कुन प्रकृतिको कस्तो कसूर गरेको हो र कस्तो संजाय हुने भन्ने निश्चित नै हुन नदिइ बिच बिचमै संजायको माफी मिनाहा दिने हो भने अभियोजनको लक्ष्य र न्यायिक प्रकृया नै निरर्थक, प्रभावरहित, दिशाबिहिन र औचित्यरहित हुने स्थिति आउने । § यस्तो कार्यबाट एकातर्फ संजायबाट उम्कन कानून र संबैधानिक ब्यवस्थाको गलत ब्याख्या गर्ने प्रबृति बढ्न सक्छ भने अर्कोतर्फ शुसासनको आकांक्षा र फौज्दारी न्याय प्रणाली प्रति नै बितृष्णा र नकारात्मक भावना सिर्जना हुन पुग्ने । (प्रकरण नं.३५) § प्रतिवादी उपरको सजाय माफीको प्रकृया चलाउँदा त्यस्तो प्रकृया चलाउने अधिकारीले जिल्ला अदालतको फैसला उपर पुनरावेदन परेको छ छैन ? मुद्दाको अन्तिम टुंगो लागिसकेको छ छैन ? प्रतिवादीलाई के कति संजायको निर्धारण भएको छ ? प्रतिवादी उपर लागेको कसूर र संजायको प्रकृति र गाम्भिर्यता कस्तो छ ? भन्ने जस्ता आधारभुत तथ्यको आधारमा मात्र कारबाही बढाउन जरुरी हुने । § प्रस्तुत मुद्दामा यस्ता आधारभुत तथ्यको न्युनतम जानकारी समेत नलिई हचुवाको आधारमा कैद माफीको सिफारिस भएको देखिएकाले उक्त कैद माफीको प्रक्रिया प्रति यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । अतः अभियुक्तहरुको कैद माफीको सिफारिस गर्दा उल्लेखित प्रश्नहरुको विचार गरी मुद्दाको अन्तिम टुङ्गो लागेको छ छैन वुझी मुद्दाको अन्तिम टुङ्गो लागि सकेपछि मात्र कैद माफीको सिफारिसको कारवाही अगाडी वढाउनु र यसरी मुद्दाको अन्तिम टुङ्गो नलागी कैद माफीको प्रक्रिया अगाडि बढाएमा आबश्यक कारबाही समेत हुने भनी सम्बन्धित कारागार प्रशासन कार्यालयहरुमा अबिलम्ब परिपत्र जारी गर्नु भनी गृह मन्त्रालयका नाउँमा यो न्यायिक निर्देशन जारी हुने । (प्रकरण नं.३६) पुनरावेदक वादी तर्फबाट : विद्धान उप–न्यायाधिवक्ता श्री शरद खड्का प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यस प्रकार छ : – २. मेरो भतिजा महेन्द्रवहादुर भण्डारीलाई मिति २०५१।१।७ गते वा दिन राजु भन्ने दमन कुमार लामाले विहान पसलमा लुटपिट ग