निर्णय नं. ७७८४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७८४ - अंश चलन भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६३/१०/२४ ३९९३ निर्णय नं. ७७८४ ने.का.प.२०६३ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री पवन कुमार ओझा फैसला सम्वत २०६१ सालको दे.पु.नं.: ८९०५ सम्वत २०६२ सालको दे.पु.नं.: ९५०० फैसला मितिः ०६३।१०।२४।४ मुद्दा :– अंश चलन । पुनरावेदक वादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ३ बस्ने रोशन महर्जन समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ९ बस्ने सिद्धिलाल भन्ने भुयुचा महर्जन समेत पुनरावेदक प्रतिवादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३४ बस्ने आपुलु महर्जन डंगोल समेत विरूद्ध प्रत्यर्थी वादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ३ बस्ने जोगमाया महर्जन समेत § प्रतिवादीहरुले वादीहरुलाई श्रीमती, छोरा नाताका व्यक्ति होइनन् भनि प्रतिउत्तर र बयान जिकिरसम्म लिएपनि सो को पुष्टि हुने कुनै प्रमाण गुजार्न नसकेको र निजका साक्षीले नाता सम्बन्ध बारे थाहा नभएको भनि वकपत्र गरेको देखिएबाट सो जिकिर स्वतः खण्डित हुने । (प्रकरण नं. १८) § वादीहरुले वंशजका आधारमा नागरिकताको प्रमाण पत्र लिएकोमा आफूले पति/पिताको हैसियतले सनाखत नगरेको र नागरिकता जालसाजीमा छुट्टै मुद्दा दिएको हुँदा त्यस्तो नागरिकतालाई प्रमाणमा लिई नाता कायम गर्न नमिल्ने भन्ने जिकिर लिएकोमा सरकारी कार्‍यालयबाट विशेष कानून अन्तर्गत जारी भएको नागरिकता जस्तो प्रमाणपत्र कसैले झुठ्ठा विवरणका आधारमा प्राप्त गरेमा सो बदर गराउने प्रक्रियाका सम्बन्धमा उक्त विशेष ऐनमा नै पृथक व्यवस्था रहेकोमा सो बमोजिम नगरी जालसाजी मुद्दा दिएको भरमा नागरिकताको प्रमाणपत्र विवादित भएकोले प्रमाणमा लिन नहुने भन्ने जिकिर समेत आधारहिन देखिने । (प्रकरण नं. १९) § पितृत्वको कुरा सधै अनुमानमा आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाको भनाई साँचो मान्नु पर्ने भन्ने मान्यतालाई यस अदालतद्धारा हिन्दु विधिशास्त्रको स्थापित सिद्धान्तको रुपमा हाल सम्म अनुसरण गरिदै आईएको परिप्रेक्ष्यमा वादी दावी र बयान तथा सोको समर्थनमा पेश भएका सबुद प्रमाण खण्डित हुने कुनै पनि प्रमाण स्वयं प्रतिवादी पक्षबाट आउन नसकेको अवस्थामा वादी प्रतिवादी बीच नाता कायम हुने । (प्रकरण नं. २०) § नाता सम्बन्धनै अस्विकार गर्ने प्रतिवादीहरुले वादीहरुलाई अघि नै अंश दिई सकेको होला भनी अनुमान गर्नु पर्ने अवस्था नरहने । § तत्काल कायम रहेका अंशी–अंशी बीच भएको व्यवहारलाई वण्डापत्रको एक अंशीयार आपुलु तर्फको अंश खाने पुनरावेदक वादीहरुले हाल आएर अन्यथा जिकिर लिन नमिल्ने भई उक्त वण्डापत्र बाहेकको गोश्वारा पैत्रिक सम्पत्ति बाँकी रहेको देखिन आए वा त्यस्तो पैत्रिक सम्पत्ति कुनै वखत निजहरुका पति/पिताका नाममा आउने अवस्था परेमा त्यसबाट पुनरावेदक वादीहरुले आफ्नो हक हिस्सा जति छुट्याई लिन पाउने । (प्रकरण नं. २१) पुनरावेदक वादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री शम्भु थापा, इन्दिरा श्रीस र शिवराज सिलवाल प्रत्यर्थी प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री हरिहर दाहाल र सुष्मा वास्कोटा वराल अवलम्बित नजीरः× फैसला न्या. केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन अदालत पाटनको मिति २०६१।३।२९ को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठह