निर्णय नं. ९२३८ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२३८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/११ ३६१६ सर्वोच्च अदालत, संयुक्त इजलास स.प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल आदेश मिति : २०७१।७।११।३ ०६९-WO-०५८४ विषय : उत्प्रेषण/परमादेश । निवेदक : कपिलवस्तु जिल्ला, कृष्णनगर न.पा. वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने विश्वनाथ गोयल विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत § दूरसञ्चार प्राधिकरणका अध्यक्ष पदको नियुक्ति गर्न ऐनको दफा ५)२) बमोजिम गठित समितिको गठन विधि, सो समितिले छनौटको लागि अवलम्बन गरेको प्रक्रिया, समितिको निष्पक्षता अन्तर्वार्ताको प्रक्रियागत त्रुटि वा अन्य कुनै कानूनी त्रुटिसम्बन्धी विवाद उठाएको देखिँदैन । छनौट प्रक्रियामा कानूनी त्रुटि (Error of Law) देखाउन नसकेको अवस्थामा छनौटका सारा प्रक्रिया कानूनबमोजिम रहेको भनी स्वीकार गरेपछि सोको परिणामलाई अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव, राधेश्याम अधिकारी एवम् विद्वान् अधिवक्ताहरू प्रकाश राउत र उत्तम श्रेष्ठ विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजीवि घिमिरे तथा उपन्यायाधिवक्ता मदनबहादुर धामी, विद्वान् वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, हरि उप्रेती, श्यामप्रसाद खरेल, विद्वान् अधिवक्ताहरू सुरेन्द्रकुमार महतो, कैलासप्रसाद न्यौपाने, रमनकुमार श्रेष्ठ, सेमन्त दाहाल र रत्नकुमार खरेल अवलम्बित नजिर : § नेकाप २०५३, अङ्क ६, निर्णय नं. ६२०९, पृष्ठ ४८१ § नेकाप २०७१, अङ्क २, निर्णय नं. ९११८, पृष्ठ १५७ सम्बद्ध कानून : § दूरसञ्चार ऐन, २०५३ को दफा ५)१( र ५)२) § दूरसञ्चार नियमावली, २०५४ को नियम ३ आदेश न्या. गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति गर्नुपर्ने हुँदा दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (१) र दूरसञ्चार नियमावली, २०५४ को नियम ३ को प्रावधानबमोजिम प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानून विषयमा मान्यताप्राप्त शैक्षिक योग्यताबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिकहरूबाट आआफ्नो व्यक्तिगत विवरण सहित शैक्षिक योग्यता र अनुभव पुष्टि गर्ने प्रमाण कागजातहरू संलग्न गरी प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि मिति २०६९।५।१६ मा सूचना प्रकाशित गरी मन्त्रालयले निवेदन आह्वान गरेकोमा सूचनामा तोकिएको सम्पूर्ण कागजातहरू संलग्न गरी प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि निवेदकले आवेदन पेस गरेको थिएँ । मिति २०६९।८।१३ मा अन्तर्वार्ता दिएकोमा निवेदक जस्तै योग्यता पुगेकोलाई मात्र सिफारिस गर्नुपर्नेमा योग्यता नै नपुगेको व्यक्तिहरूलाई समेत प्राधिकरणको अध्यक्ष पदमा प्रत्यर्थी सिफारिस समितिले गैरकानूनीरूपमा सिफारिस गरेको र विपक्षी मन्त्रिपरिषद्ले समेत म योग्यता पुगेका व्यक्तिलाई नियुक्ति नगरी योग्यता नै नपुगेको व्यक्तिलाई गरेको गैरकानूनी सिफारिसअन्तर्गतको विपक्षी दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरिएको रहेछ । योग्यता