निर्णय नं. ९२३९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३९ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०३/१० ३५०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।३।१०।३ ०६६-CI-०४७८ मुद्दाः लेनदेन । पुनरावेदक/वादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने दिनेशकुमार तिवारी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने गोविन्दप्रसाद तिवारीसमेत ०६६-CI-०४७९ पुनरावेदक/वादी : जिल्ला बाँके, बेलभारा गाउँ विकास समिति वडा नं.८ बस्ने घिर्राउ कांदु विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने गोविन्दप्रसाद तिवारीसमेत § अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने कार्य गरी नगरे नभएको झुट्ठा कुरा गरे भएको हो भनी कागज गराउने कार्यलाई जालसाजीको कसुर मानिएको देखिने । (प्रकरण नं. ३) § लिखतबमोजिमको रकम बुझी सही छापसमेत गरी दिइसकेपछि लिखतका लेखक र साक्षीले आफूहरूको सामुन्नेमा लेनदेन भएको नदेखेको भनी गरेको बयानलाई मात्र आधार मानी वादीबाट प्रतिवादीले रकम नै नलिएको भन्न नमिल्ने । (प्रकरण नं. ८) § आफूहरूको समेत अंश हक रहेको जग्गासँग सम्बन्धित लिखत हुनु नै जालसाजी क्रियाका लागि पर्याप्त आधार हुन नसक्ने । (प्रकरण नं. ९) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दीर्घलाल गिरी अवलम्बित नजिर : § नेकाप २०७०, असार, नि. नं. ८९८५ पृ. ४५४ सम्बद्ध कानून : § मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं. § प्रमाण ऐन, २०३१ को दफा ३, २३(१), २८ र ५४ सुरू तहमा फैसला गर्ने :- मा.जि.न्या.श्री सत्यराज गुरूङ पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्या.श्री जागेश्वर सुवेदी मा.न्या.श्री फणिन्द्रदत्त शर्मा फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार छ : प्रतिवादीका बाबु स्व.रामवली तिवारीले मिति २०५४।३।१९ गते म फिरादीबाट घर खर्च गर्न भनी नगद रू.१,२०,०००।- (एकलाख बीस हजार) घरसारमा बुझी लिई सो रूपैयाँबापत निज रामवली तिवारीका नाममा दर्ता रहेको जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ (ग) कि.नं. २०२ को ज.वि. १-२-७१/२ जग्गा घरसारमा राजीनामा लेखी मालपोत कार्यालय, बाँकेबाट रोक्का मोठसमेत भिडाइ सकिएको थियो । तर सो जग्गा पारित नहुँदै निज रामवली तिवारीको मृत्यु भएको र अपुताली खाने हकवाला निजकी श्रीमती तथा छोराहरूसँग सो रूपैयाँ माग्दा दिन इन्कार गरेकाले लेनदेन व्यवहारको २ नं. का हद म्यादभित्र प्रस्तुत फिराद दिएको छु, लेनदेन व्यवहारको २२ नं. बमोजिम प्रतिवादीहरूबाट उक्त साँवा रू.१,२०,०००।- र सोको भरिभराउका मितिसम्मको ब्याजसमेत दिलाइभराइ पाउँ भन्ने व्यहोराको फिरादपत्र । वादी फुलचन्द्र तिवारी प्रतिवादी रामवली तिवारी भएको २०४९ सालको दे.नं. १५११ को अंश मुद्दामा रामवली तिवारीले उक्त कि.नं. २०२ को ज.वि. १-२-७१/२ जग्गासमेत अंशको फाँटवारी दिँदा उल्लेख गर्नुभएको थियो । बाबुको नाममा प्रशस्त सम्पत्ति भएकाले यी वादीसँग ऋण लिनुपर्ने आवश्यकता नभएकाले ऋण लिनुभएको होइन । वादीका नाममा गलत तरिकाले जालसाजी गरी तमसुक खडा गरेका हुन् वा मेरा बाबुको नाम लेखी उनाउ व्यक्तिको दस्तखत सही छाप गराई प्रस्तु