निर्णय नं. ९२४० - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२४० - लेनदेन भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/१६ ४४३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।७।१६।१ ०६५-CI-०५२६ मुद्दा : लेनदेन । पुनरावेदक/वादी : सिरहा जिल्ला, लाहान नगरपालिका वडा नं.१ बस्ने मदननारायण चौधरी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सिरहा जिल्ला, लाहान नगरपालिका साविक वडा नं.१ को हाल वडान नं.६ बस्ने चन्द्रनारायण चौधरी § लिखतको बीचमा लागेको ऋणीको छाप सम्बन्धमा विशेषज्ञको रायमा केरमेट नभएको ठाउँमा लागेको बीचको छाप अक्षरको मुनि रहेको वा माथि रहेको भन्ने कुरा स्पष्ट र एकिन नगरिएको भए पनि सो छाप लगाई राख्नुपर्ने कुनै प्रयोजन स्पष्ट नभएकाले सो छाप रहे भएको कारणले मात्र उक्त लिखत सद्दे साँचो व्यवहार अनुसार भएको भन्ने कुराको पुष्टि हुन सकेको नदेखिने । (प्रकरण नं. २) § विवादित लिखत सम्बन्धमा समेत लिफामा छाप लगाएको भनी प्रतिवादी वादी भई मिति २०५०।०२।३२ मा करकाप मुद्दा दायर गरी चलिरहेकै अवस्थामा प्रस्तुत मुद्दाको वादीले प्रतिवादीलाई अर्थात् करकाप मुद्दाको वादीलाई मिति २०५६।०६।०६ मा रू.९७,२२,७५५।- जस्तो ठूलो रकम ऋण प्रदान गरेको भन्ने कुरा विश्वाासलायक हुन सक्ने नदेखिने । § लेनदेन मुद्दाको फिराद करकाप मुद्दामा पुनरावेदन अदालतबाट मिति २०५७।०२।३२ मा फैसला भएपश्चात मिति २०५९।०५।१८ मा २०५६।६।६ को लिखत भनी दायर भएको देखिएबाट करकाप मुद्दाको परिणाम पर्खेर प्रस्तुत मुद्दा दायर भएकाले फिरादमा उल्लेख भएअनुसार लेनदेन भएको भन्ने कुरा विश्वासलायक नदेखिने । (प्रकरण नं. ३) § प्रतिवादीले ऋण लिएकोमा इन्कार गरेको, लिखत लिफामा तयार भएको भनी विशेषज्ञले स्पष्ट राय दिएकामा प्रतिवादीले कारकाप गरी लिफामा छाप लगाएको भनी लिखत सम्बन्धमा समेत दायर गरेको करकाप मुद्दा कारवाहीयुक्त रहेकै अवस्थामा लेनदेन मुद्दाको वादीले प्रतिवादीलाई ऋण उपलब्ध गराएको भन्ने कुरा विश्वासयोग्य हुन सक्ने अवस्था नहुँदा वादीको दावी पुग्ने अवस्था नभएकाले निस्सा प्रदान गरिएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं. ४) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता पद्मराज काफ्ले, अधिवक्ता सुरेशकुमार पौडेल र अधिवक्ता गोपालकृष्ण घिमिरे प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ताहरू सुनिल पोखरेल, प्रेमकुमार शाही र उद्धव के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : § न्याय प्रशासन ऐन, २०४८ को दफा १२ १(क) § मुलुकी ऐन, अ.बं. ७८ नं. सुरू तहामा फैसला गर्ने : मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री तर्कराज भट्ट मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी फैसला न्या. गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, राजविराजबाट मिति २०६२।०१।०८ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदन परी निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : विपक्षीले मसँग मिति २०५६।०६।०६ गते साँवा रू.९७,२२,७५५।- (सन्तानब्बे लाख बाईस हजार सात सय पचपन्न रूपैयाँ) बुझिलिई सयकडा १० व्याज लगाई साँवा व्याज २०५७ साल फागुन मसान्तसम्ममा बुझाउने भाखा गरी २०५६।०६।०६ गतेमा कपाली तमसुक गरी दिएकोमा भाखा व्यतीत भएपछि साँवा व्याज आज भोलि भनी आलटाल गरेकाले लेनदेन व्यवहारको महलक