निर्णय नं. ७७८७ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७८७ - उत्प्रेषण, परमादेश भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६३/११/०८ ३२४६ निर्णय नं.७७८७ ने.का.प.२०६३ अङ्क ११ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीन वहादुर रायमाझी माननीय न्यायाधीश श्री पवन कुमार ओझा आदेश संवत २०६२ सालको रि.नं.: २९९२ आदेश मितिः ०६३।११।८ विषयः उत्प्रेषण, परमादेश । निवेदकः मकवानपुर जिल्ला, पालुङ्ग गा.वि.स.वडा नं. ६ घर भई कृषि विभाग अन्तर्गत शितोष्ण वागवानी नर्सरी केन्द्र दामनको रा.प.अनं.चतुर्थ श्रेणी क्षेत्रचर पदमा कार्यरत राज कुमार श्रेष्ठ विरूद्ध विपक्षीः कृषि तथा सहकारी मन्त्रालय, सिंहदरवार समेत § निजामती सेवा नियमावली, २०५० को नियम २५(२) बमोजिम लोक सेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रकृया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनी लोक सेवा आयोगबाट त्यसरी नियुक्ति भएको कर्मचारीको परिक्षण काल भित्र लेखि आएमा निजलाई सो अवधि भित्र हटाउनु पर्ने छ भन्ने कानूनी व्यवस्था रहेकोमा नियुक्ति पाएको ६ वर्षपछि निवेदकको नियुक्ति वदर गर्ने निर्णय गरेबाट विपक्षीहरुबाट उक्त कानूनी व्यवस्थाको पालना गरेको नदेखिने । § यस अदालतबाट निवेदक हरिचन्द्र शाह विरूद्ध लोक सेवा आयोग, जनकपुर समेत भएको उत्प्रेषण (ने.का.प. २०५९, नि.नं. ७१४८, अंक ११।१२, पृ. ७१५) मुद्दामा प्रत्यायोजित अधिकार प्रयोग गरी पदपूर्ति गरिएको प्रकृया अनियमित भएको अवस्था देखिन आएमा त्यस्तो पदमा नियुक्त व्यक्तिलाई परिक्षणकाल भित्र नै हटाउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहे भएकोमा परिक्षणकाल पुरा भएपछि सेवाबाट अवकाश दिने गरी भएको निर्णय र काम कारवाही कानून अुनरुप भएको नदेखिँदा उत्प्रेषणको आदेशद्धारा वदर हुने । (प्रकरण नं. १४) § निवेदकले २०५६।३।२० मा नियुक्ति पाई १ वर्षको परिक्षणकाल समेत समाप्त भै छैठौं वर्षमा कार्य गरी रहेका कर्मचारीको नियुक्ति वदर गर्ने गरी विपक्षीहरुबाट भएको निर्णय यस अदालतबाट नि.नं. ७१४८ मा प्रतिपादित सिद्धान्त, कानूनी व्यवस्था एवं न्यायको सामान्य मान्यता विपरित देखिँदा निवेदकको नियुक्ति वदर गर्ने गरी विपक्षी कृषि तथा सहकारी मन्त्रालय (सचिवस्तर) बाट भएको निर्णय र कृषि विभागका महा निर्देशकबाट भएको निर्णय एवं कृषि विभागको पत्र समेत उत्प्रेषणको आदेशद्धारा वदर हुने । (प्रकरण नं. १५) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री हरीप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्धान उप–न्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्बित नजीरः ने.का.प.२०५९ नि.नं. ७१४८ पृष्ठ ७१५ आदेश न्या. मीन बहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सँक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– २. म निवेदक २०४७।१।२ को निर्णयानुसार वागवानी फार्म दामनको मिति २०४७।१।२ को पत्रबाट बगैचे पदमा कार्यरत रहकै अवस्थामा २०५५।९।३० को गोरखापत्रमा प्रकाशित सूचना बमोजिम वागवानी केन्द्र, दामन, मकवानपुरको विज्ञापन नं. २।०५५।०५६ मा रा.प.अनं. चतुर्थ श्रेणीको हली पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्न लोक सेवा आयोगबाट अधिकार प्रत्यायोजन गरे अनुसार दर्खास्त आहवान गरेको थियो । उक्त पदको लागि लिईएको परिक्षामा अन्र्तवार्ता समेतबाट छनौट भई मिति २०५६।३।२० को निर्णयानुसार स्थायी नियुक्ति पाई तोकिएको जिम्मेवारी पूरा गर्दै आएको अवस्थामा २०६१।१०।१८ को विभागिय निर्णयानुसार मलाई हली पदबाट