निर्णय नं. ९२४१ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२४१ - जग्गा दर्ता भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०८/२१ ५०२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।२१।१ ०६७ - CI - १४१९ मुद्दा : जग्गा दर्ता । पुनरावेदक/प्रतिवादी : मालपोत कार्यालय, गोरखा विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला तनहुँ, हिलेखर्क देउराली गा.वि.स. को हाल ऐ. देउराली गा.वि.स. वडा नं. ५ बस्ने मोहन सिंहको छोरा वर्ष ६५ को गोपाल गुरूङ § मालपोत कार्यालय जस्तो अर्धन्यायिक निकायबाट सम्पत्तिका विषयमा परेको निवेदनउपर फगत २०३८।१०।०४ को निर्णयानुसार व्यक्ति विशेषको नभई खर्चरी खरबारी कायम छ भनी उल्लेख देखिँदा एक पल्ट निर्णय भैसकेको जग्गामा सोही तहबाट पुन: निर्णय गर्न नमिल्ने व्यहोरामात्रको आधार लिई दर्ता गर्न इन्कार गरेको न्यायोचित मान्न नमिल्ने । (प्रकरण नं. ५) § विवादित कि.नं. १०११ को जग्गा दर्ता गर्नु वा नगर्नुपर्ने सम्बन्धमा सम्बद्ध प्रमाणको मूल्याङ्कन नै नगरी निर्णयाधार लिइएको मिति २०३८।१०।०४ को निर्णयका सम्बन्धमा प्रत्यर्थी वादीलाई कुनै प्रकारले जानकारी गराएको नदेखिएको अवस्थामा जग्गा जस्तो साम्पत्तिक अधिकारका विषयमा परेको वादीको निवेदनमै तोकसरह गरी कुनै प्रष्ट आधार, प्रमाण र कारणसहितको निर्णय भएको मिसिलबाट नदेखिँदा मालपोत कार्यालय, गोरखाको मिति २०३८।१०।०४ को निर्णय मिसिल, अभिलेखसमेत एकिन गरी, सम्बद्ध प्रमाण बुझी कानूनबमोजिम निर्णय निरूपण गर्नु वाञ्छनीय देखिने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मालपोत ऐन, २०३४ § जग्गा नापजाँच ऐन, २०१९ सुरू तहमा निर्णय गर्ने : श्री विश्वनाथ चापागाईं पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री हरिराम कोइराला मा.न्या. श्री शिवराज अधिकारी फैसला न्या.गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, पोखराको मिति २०६७।११।३० मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : सर्भेको अवस्थामा हक बेहकको प्रश्न खडा भई नालिस परेकाले दर्ता कारवाही रोकिए पनि कि.नं.१०११ को जग्गा मैले साविकदेखि भोग आवाद गरी सोही जग्गामा कच्ची घर टहरासमेत बनाई बसोवाससमेत गरेको छु । सर्भेका बखत मेरो नाउँमा फिल्डबुक भरिएको जग्गा हुँदा मैले सो जग्गा दर्ता गर्ने आवश्यक सिफारिस गरिपाउँ भनी सम्बन्धित गाउँ विकास समिति च्याङ्ली गा.वि.स. को कार्यालयमा आवेदन गरेको थिएँ । सो गा.वि.स. कार्यालयबाट सम्बन्धित जग्गाको वरपरको सँधियारा र भलाद्मी डम्बरबहादुर गुरूङसमेत राखी सर्जमिन मुचुल्का भयो । सो मुचुल्कामा उक्त कि.नं. १०११ को जग्गा वादीले २०३३ सालमा खड्गबहादुर माझीबाट राजीनामा गरी लिएको, मौकामा हक कायम मुद्दा परी दर्ता हुन नसकेको, मिति २०४२।०४।२८ मा गण्डकी अञ्चल अदालतबाट मिलापत्र भएको, फिल्डबुकमा बाबुको नाम मोहन सिं गुरूङ हुनुपर्नेमा मोहनविर गुरूङ भई सामान्य फरक परे पनि एकै व्यक्ति भएको भन्नेसमेतको व्यहोरा खुलाई सर्जमिन मुचुल्का भएअनुसार नै गा.वि.स. कार्यालयबाट सबै व्यहोरा खुलाई मालपोत कार्यालय, गोरखाको नाउँमा सिफारिस भई आएको सिफारिसपत्र, मैले दाता खड्गबहादुर माझीसँगबाट गरिपाएको राजीनामा लिखत, ७ नं. फाराम दर्ता उतारसमेतका कागजातहरू संलग्न गरी सर्भेका बखत मेर