निर्णय नं. ७७८८ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७८८ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६३/११/१६ ६७९३ निर्णय नं. ७७८८ ने.का.प.२०६३ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायधीश श्री कल्याण श्रेष्ठ फैसला सम्वत् २०६२ सालको फै.मु. नं.: ३१०२ सम्बत् २०६२ सालको फौ.मु.का.: ३१२६ संवत् फौ.सा.नं.: २४४ फैसला मितिः २०६३।११।१६।४ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः ललितपुर जिल्ला ललितपुर उप म न पा वडा नं. ७ घर भै कारागार शाखा नखुमा कैदमा रहेका राजेन्द्र महर्जन विरूद्ध प्रत्यर्थी/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः ललितपुर जिल्ला उप म.न.पा. वडा नं. ७ लउटोल घर भै हाल कारागार शाखा नखुमा कैदमा रहेका लेकमान महर्जन विरूद्ध प्रत्यर्थी/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार पुनरावेदक/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादीः लेकमान महर्जन § अदालतले वादी र प्रतिवादी पक्षबाट प्रस्तुत तथ्यगत वस्तुनिष्ट आधारमा न्याय निरोपण गर्दछ । अदालत आफै अग्रसर भएर मुद्दाको तथ्य भन्दा बाहिर गएर न्याय निरोपण गर्न नसक्ने । (प्रकरण नं. ३१) § ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियोजन पक्षले अनुसन्धान गर्दा मुद्दामा निक्र्यौल गर्नु पर्ने सम्मको सम्पुर्ण प्रकिया पुरा गरीमात्र अभियोग दायर गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको फितलो अनुसन्धान भै त्यस्तो अनुसन्धानबाट वास्तविक अपराधी ठहर गर्न अदालतलाई निकै कठिनाई हुन जाने । (प्रकरण नं. ३३) § चाकु महर्जनको कुनै यकिनै नगरी हचुवाको भरमा चाकु महर्जन भनी अर्का व्यक्ति यि राजेन्द्र महर्जनलाई अभियोग लगाई कसुरदार वनाएको पाइन्छ । यस्तो प्रतिवादीको सम्वन्धमा यकिन नगर्दा अर्कोलाई मुद्दा चलाउने र सजाय हुन सक्ने अवस्था रहन्छ । त्यस्तो निश्चिन्तताको अभावमा मुद्दा चलाउन र कसुरदार वनाउन नमिल्ने हुदाँ प्रतिवादी राजेन्द्र महर्जनले प्रस्तुत मुद्दाबाट सफाइ पाउने । (प्रकरण नं. ३४) § भविष्यमा वादी नेपाल सरकारको तर्फबाट दायर हुने अभियोगपत्रमा पक्राउ परेका प्रतिवादीको परिचयात्मक लिखत प्रमाण जस्तोः– नागरिकता परिचय पत्र र शैक्षिक प्रमाणपत्रमा रहेका विवरण खुलाउने, निजको शारिरीक बनौट, अनुहारको आकृति, परिचयात्मक हुने हुलिया, निजको फोटो र ल्याप्चे हस्ताक्षर लगायत अन्य पहिचान हुन सक्ने आधारहरु खुलाउनु पर्ने । (प्रकरण नं. ३५) § फरार प्रतिवादीको हकमा निजको बाबु र बाजेको नाम थर र वतन तिन पुस्ते, स्थायी र अस्थायी वतन निजको नागरिकता नम्बर, मतदाता नामावलीको नम्वर र अन्य लिखत प्रमाण भए सो मा रहेको नाम उपनाम प्रष्टसँग उल्लेख हुनको लागि महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयमा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं. ३६) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री रंजितभक्त प्रधानाङ्ग, लभ कुमार मैनाली प्रत्यर्थी वादीका तर्फबाटः विद्धान सह–न्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्बित नजीरः फैसला न्या. अनुपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०६१।११।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. ललितपुर जिल्ला सुन्धारामा मिति २०५५।७।२ मा सानमिगेल वियर र च्यालेन्जर हुस्कीको संयुक्त आयोजनामा संचालित फेष्टूवल म्युजिक कार्यक्रम हेर्न भनी मेरो छोरा प्रेम