निर्णय नं. ७७८९ - उत्प्रेषण मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७८९ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६३/११/१० ४१७० निर्णय नं. ७७८९ ने.का.प.२०६३ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत २०६२ सालको रीट नं.: ३८३७ आदेश मितिः २०६३।११।१०।५ बिषय :– उत्प्रेषण मिश्रित परमादेश समेत । निबेदकः का. जि. का.म. न. पा. वडा नं. १४ कलंकी बस्ने रबिन गौचन समेत विरूद्ध प्रत्यर्थीः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत § नेपाल कानून ब्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ ले कुनै ऐन बमोजिम हासिल गरेको भोगेको कुनै हक सुबिधा, कर्तब्य र दायित्वमा असर नपर्ने ब्यबस्था गरेको छ । पाईलट ट्रेनिङ्ग कोर्ष र आई .एस्सी. एक अर्काको परिपूरकको रुपमा हेरी एउटामा भएको निर्णयलाई अर्कोमा समाबेश गरी निर्णय गर्दा संवैधानिक र कानूनी हक कुण्ठीत हुन जाने । (प्रकरण नं.१४) § RNAC को सेवामा अयोग्य मानिदैमा अनुमतिपत्र नविकरण गर्न बन्देज लाग्ने कानूनी व्यवस्थाको अभावमा हवाई उडान सेवाको सम्बेदनशिलतासँग नैतिक पतन हुने कसूरको सजाय लाई जोडेर विपक्षीहरुले आफ्नो कानूनी दायित्वबाट पन्छिन खोजेको देखिन आउछ । साथै अन्य प्राईभेट क्षेत्रका वायूसेवा कम्पनीहरुमा सेवा गर्न पनि बन्देज लाग्ने वा अयोग्य मानिने निष्कर्शमा पुग्नु कानून र न्यायिक बिबेकलाई अस्वीकार गर्नु हुन्छ । त्यस्तो प्रकृतिको निर्णयबाट कानूनको अवज्ञा त हुन्छ नै त्यस्तो निर्णयबाट स्वदेशी पूँजी लगानी गरी बिदेशमा गै आर्जन गरेको योग्यता बिशेषज्ञको ज्ञान र सिप अस्वीकृत भै दक्ष जनशक्ति मुलुकबाट पलायन हुने खतरा वढने । (प्रकरण नं.१५) § प्रस्तुत मुद्दामा निबेदकहरुले हासिल गरेको कानून बमोजिमको हवाई उडान अनुमति पत्र नबिकरण गर्न नमिल्ने भनि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई उड्डयन सुरक्षा प्रमुखको कार्यालयको निर्णय र सो निर्णयको आधारमा निबेदकहरुलाई जानकारी गराएको पत्रहरु तथा निबेदकहरुको लाईसेन्स नबिकरण गर्न नमिल्ने भनी विपक्षीहरुबाट अन्य कुनै निर्णय, परिपत्र एवं पत्राचार भएको भए सो समेत निबेदकहरुका हकमा उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्रकरण नं.१६) निवेदकका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री वालकृष्ण न्यौपाने, श्री शुशिल कुमार पन्त, श्री शम्भु थापा र श्री नेत्र आचार्य प्रत्यर्थीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री नमराज रिजाल, श्री वुद्धीसागर लामिछाने र श्री नयनभक्त श्रेष्ठ अवलम्बित नजीरः ने.का.प. २०५९, नि.नं. ७११२, पृष्ठ ४६५ आदेश न्या.राजेन्द्रकुमार भण्डारीः नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा धारा २३ र ८८(२) बमोजिम दायर भएको प्रस्तुत रीट निबेदनको तथ्य एवं ठहर यसप्रकार छः– २. निबेदक मध्ये म रबिन गौचनले सन् १९९३ मा संयुक्त राज्य अमेरिकाको Federal Aviation Administration (FAA) मातहत Bridge Port Flight Training Center, Texas र म किशोर भट्टचनले Pro Aircraft Hicks, Texas बाट कमर्सियल पाइलट (ट्रेनिङ्ग) कोर्ष पास गरी कमर्सियल पाईलटको लाईसेन्स प्राप्त गरी नेपालमा आई हवाई बिभाग एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रले लिएको Basic CPL (A) र AIP परीक्षा समेत उतिर्ण गरी नेपालमा हवाई उडान भर्न अनुमती प्राप्त गरेका थियौं । हामीले प्राप्त गरेको कमर्सियल पाईलटको लाइसेन्स पेश गरी शाही नेपाल बायु सेवा निगमको को–पाईलटको रुपमा सेवारत अबस्थामा पुन अमेरिकाको Delta Quali