निर्णय नं. ९२४४ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२४४ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०४/१६ ३७६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ ०६९– WO –१००५ आदेश मिति : २०७१।४।१६।६ मुद्दाः उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला सुनसरी, गा.वि.स.भुटहा वडा नं.६ घर भई हाल चिमडी स्वास्थ चौकी, सुनसरीको सि.अ.हे.व. पदमा कार्यरत एपोलोकुमार भगतसमेत विरूद्ध प्रत्यर्थी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९(७छ) बमोजिम माथिल्लो तहमा स्तर वृद्धि भएको अवस्थामा स्तर वृद्धिमात्र हुने तर कामकाज सोही तहमा पूर्ववत् गर्नुपर्ने कानूनी व्यवस्थाअनुकूल नै स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको च.नं. १९६३ मिति २०६७।६।१८ को पत्रबाट निर्देश भएबमोजिम जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीले मिति २०६९।१२।६ गतेमा निवेदकहरूको पदस्थापन बदर गरी पूर्वको पद तथा कार्यालयमा साविकबमोजिम कामकाज गर्नु भनी पत्राचार गरेको कुरा कानूनसम्मत देखिने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताहरू दिपनारायण साह र विरेन्द्र शाह प्रत्यर्थीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ (७छ) § निजामती सेवा ऐन, २०४९ को दफा ३ र ४ आदेश न्या. देवेन्द्र गोपाल श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ को उपधारा २ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ आदेश यस प्रकार छ : हामी निवेदकहरूमध्ये एपोलोकुमार भगत मिति २०५३।३।११, आशाकुमारी मेहता २०५४।५।८, कुन्दनकुमार दास २०५६।१०।९, सूर्यकुमार थापा २०५१।८।२६, महेन्द्रप्रसाद इसर २०५२।४।३१, महमद जमिल अख्तर २०५१।८।२६, रामअवतार यादव २०५३ ।३।११, आलम अन्सारी २०५६।१०।९ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा ३ र ४ बमोजिम रा.प.अनं.द्वितीय श्रेणी (प्रा) चौथो तहको अ.हे.व पदमा स्थायी नियुक्ति पाई धेरै लामो समयसम्म स्वास्थ्य सेवामा कार्य गरेपश्चात हामी निवेदकहरूलाई विभिन्न मितिको निर्णयले चौथो तहबाट मिति २०५९।२।१४ र २०६३।१०।१७ देखि लागू हुने गरी पाँचौं तहमा स्तर वृद्धि भई नेपाल सरकारको ठूलो लगानीमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सि.अ.हे.व. कोर्स अध्ययन गराइएको हामी निवेदकहरू उक्त सि.अ.हे.व. कोर्स उत्तीर्ण गरेका कर्मचारी हौं । यसरी हामी निवेदकहरू सि.अ.हे.व.को कोर्स उत्तीर्ण गरी सि.अ.हे.व./हे.अ. पदको लागि योग्य भइसकेकाले विपक्षी विभागले हामी निवेदकहरूमध्ये एपोलोकुमार भगतलाई मिति २०६६।९।१३ को निर्णय र पत्रले, आशाकुमारी मेहता २०६६।८।२३ को निर्णय र पत्रले, कुन्दनकुमार दास २०६७।९।२५ को निर्णय र पत्रले, सूर्यकुमार थापा २०६६।७।१९ को निर्णय र पत्रले, महेन्द्रप्रसाद इसर २०६६।१०।१४ को निर्णय र २०६६।१०।१७ को पत्रले, मो. जमिल अख्तर २०६६।८।९ को निर्णय र २०६६।८।१० को पत्रले, रामअवतार यादव २०६५।५।२ को निर्णय र पत्रले र आलम अन्सारीलाई २०६७।९।२५ को निर्णयले तत्काल दरबन्दी रिक्त रहेको कारण अर्को व्यवस्था नभएसम्मको लागि साविकबमोजिम कामकाज गर्ने गरी पत्र दिइएको थियो । योग्यतासमेत पुगेर पनि तत्काल सि.अ.हे.व. पदनामसम्म दिएको भए तापनि निकै लामो समयपछि हामी निवेदकहरूले पटकपटक योग्यता अनुसारको कामकाजसमेत गरी पाउनको लागि निवेदन गरेको र उक्त का