निर्णय नं. ७७९१ - हरहिसाव गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९१ - हरहिसाव गरिपाऊँ भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/०१ ६३०८ निर्णय नं. ७७९१ ने.का.प.२०६३ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संबत् २०५७ सालको दे.पु.नं.: ६६१८ फैसला मितिः२०६२।११।१।२ मुद्दाः हरहिसाव गरिपाऊँ । पुनरावेदक/ प्रतिवादीः वाँके जिल्ला, नेपालगञ्ज न.पा.वडा नं. २ को हाल ऐ. १६ नं. वस्ने प्रमोदकुमार जलान विरूद्ध प्रत्यर्थी /वादीः वाँके जिल्ला, नेपालगञ्ज न.पा.वडा नं. २ वस्ने शम्भुनाथ गुप्ता § सुनाइ दिने निकायलाइ सुनाइदिने र सुनुवाई गर्ने निकायलाई सुनुवाई गर्ने अधिकार कानूनद्धारा प्राप्त हुनुपर्दछ । केवल सुनाइदिएको कुराबाट कुनै निकायलाई अधिकारक्षेत्र प्राप्त हुन नसक्ने । (प्रकरण नं. २८) § सर्वोच्च अदालतलाई न्याय सम्पादन गर्ने काममा अवशिष्ट अधिकार समेत रहेको हुन्छ । तसर्थ पक्षलाई पर्न जाने वा पर्न गएको अन्यायलाई निराकरण गरि पूर्ण रुपमा न्याय गर्न सर्वोच्च अदालतले उचित ठहराएको स्थितिमा अन्य आदेशका अतिरिक्त अमुक निकायमा ‘मुद्दा गर्न जानु’ भनि सुनाउन सक्ने अधिकार रहने । § यस अधिकारको प्रयोग सर्वोच्च अदालतबाट वरावर भैरहेको पनि पाइन्छ । देशको सर्वोच्चतम अदालतमा यस्तो अधिकार रहनु आवश्यक हुनेमा पुनरावेदन अदालतले कानूनद्धारा मुद्दा सुनाउने अधिकार प्राप्त नगरेकोमा गलत ऐन अ.वं. २९(७) को प्रयोग गरी सुनाइ दिनुपर्ने ठहर्याएको निर्णय कानूनसँग त नदेखिने । (प्रकरण नं.२९) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री अग्नी खरेल र हरिकृष्ण कार्की प्रत्यर्थी वादीका तर्फबाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीरः × आदेश न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०५७।३।२७ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. प्र. प्रमोदकुमारको नेतृत्व तथा सल्लाह अनुसार खाने पानी तथा ढल निकास विभाग, सु.प. क्षे. निर्देशनालय दिपायल तथा म.प.क्षे.नि. सुर्खेतबाट विभिन्न जिल्लामा पाइप फिटिङ्ग सप्लाइ गर्ने बारे २०४८।९।१२ मा सूचना प्रकाशित भएको जि. खाने पानी शाखा, बर्दियाबाट आ.व. २०४८।०४९ मा खाने पानी ढल निकास विभाग आयोजना व्यवस्थापन कार्यालय, काठमाडौंबाट सु.प.क्षे.का. डडेलधुरा, कन्चनपुर, दार्चुला, अछाम, डोटी तथा म.प. क्षेत्रको मुगु, जाजरकोट, सल्यान, दैलेख, रोल्पा, सुर्खेत, दांग, प्यूठान, रुकुम जिल्लाहरुमा खाने पानी योजनाहरुको लागि पाइप फिटिङ्ग सप्लाईको आ.व. २०४८।०४९ मा टेण्डर आव्हान भएको थियो । प्र. प्रमोदको निर्देशन सल्लाह अनुसार सम्बन्धित ठाउँमा टेण्डर दर्ता गराउँदा स्वीकार भएको, साथै जि.सिंचाई कार्यालय, तुल्सीपुर दाङबाट आ.व. २०४८।०४९ मा प्रकाशित टेण्डर आव्हानमा देउचन्द ठकुरी एण्ड सन्सको फर्मबाट स्वयं प्र. प्रमोदकुमारले टेण्डर दाखिल गर्दा टेण्डर स्विकृत भएको निजकै निर्देशनमा निजले देउचन्द रावतका नामबाट दिए दिलाएको अधिकार पत्रबाट सम्बन्धित निकायमा उपस्थित भई सम्झौता समेत गरेको र प्रमोदकुमार जालानले समय समयमा अह्राएको काम गर्दै आएको तथा स्वीकृत टेण्डर अनुसार प्राप्त भुक्तानी रकम प्र. देउचन्द ठाकुरको नाउँमा रहेको बैंक खातामा जम्मा भई प्र. प्रमोदकुमारले रकम सञ्चालन गर्दै सम्पूर्ण काम कारवाहीको हिसाव किताव आफै सँग राख्नु भएको थियो । टेण्डर