निर्णय नं. ७७९२ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७९२ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/०१ ३६७२ निर्णय नं. ७७९२ ने.का.प.२०६३ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला फैसला संम्वत २०५८ सालको दे.पु.नं.: ७६८७ फैसला मितिः ०६२।११।१।२ मुद्दा : लेनदेन समेत । पुनरावेदक/वादीः दाङ जिल्ला डुरुवा गा.वि.स.वडा नं. ३ लुहाडवरा बस्ने कमान बहादुर खड्का विरूद्ध प्रत्यर्थी/प्रतिवादीः दाङ जिल्ला डुरुवा गा.वि.स. वडा नं. ३ लुहाडवरा वस्ने शिवा कुमारी खड्का § अपुताली पाउनेले अपुताली वापत पाउने सम्पत्ति आफ्नो नाममा नामसारी दा.खा गरी हक कायम गरी नलिएसम्म निजले त्यस्तो अपुताली सम्पत्ति खाइसकेको भनी मान्न नमिल्ने। § अपुतालीको १५ नं. मा अपुताली खान, पाउनेले अपुताली खान्न भने कर लाग्दैन भन्ने उल्लेख भएको र लेनदेन व्यवहारको २२ नं. ले समेत अपुताली नखानेलाई साहुले पक्रन हुदैन अपुताली खाएपछि साहु तिर्दिन भन्न पनि हुंदैन भन्ने उल्लेख भएबाट पनि अपुताली नखाएसम्म अपुताली खान पाउने हक भएकै आधारमा त्यस्तो व्यक्तिलाई साहुले पक्रन नमिल्ने । § प्रस्तुत मुद्दामा पनि शेर बहादुरको विवादित अपुतालीको सम्पत्ति प्रतिवादी शिवा कुमारीले आफ्नो नाउमा नामसारी गरी खाइसकेको भन्ने नदेखिंएको र निवेदन दिएको भन्ने उल्लेख गरेको भएपनि मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी शिवा कुमारीले नामसारीको लागि मा.पो.का.मा निवेदन दिएको नभै सम्वन्धित गा.वि.स.बाट नामसारीको सिफारिश लिएको सम्म देखिएको र मालपोत कार्यालयबाट अपुतालीको सम्पत्ति प्रतिवादीको नाममा नामसारी दा.खा गर्ने सम्वन्धमा कुनै कार्य नभएकोमा पनि प्रतिवादीले अपुताली खाइसके सरह मानी लेनदेन व्यवहारको २२ नं. को प्रतिकूल भनी मुद्दा दोहोराउने निस्सा प्रदान गर्ने यस अदालतको आदेश अपुतालीको १५ नं. र लेनदेन व्यवहारको २२ नं समेतको विपरित देखिने । (प्रकरण नं. १८) § कसैले अपुताली खाएको अवस्थामा सो बाट ऋण असुल गर्ने साहुको हक अधिकार लोप हुन नसक्ने परिप्रेक्षमा यी प्रत्यर्थी प्रतिवादीले शेर बहादुरको सम्पत्ति आफुले नामसारी दा. खा गराई नलिएसम्म शेर बहादुरले गरेको लिखत बमोजिमको रकम भराई पाऊ भनी यी प्रतिवादी उपर वादीले फिराद गर्ने कुनै कानूनी आधार तत्काल विद्यमान नदेखिंदा प्रस्तुत मुद्दामा शेर बहादुरले गरिदिएको लिखत अनुसारको सावा व्याज रकम यी प्रतिवादीबाट भराई पाऊ भन्ने वादीको दावी कानून सम्मत नदेखिने । (प्रकरण नं. १९) पुनरावेदक/वादीका तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी प्रतिवादीका तर्फबाटः × अवलम्बित नजीरः× फैसला न्या. राजेन्द्र प्रसाद कोइरालाः न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुल्सीपुरको मिति २०५८।२।१७।४ को फैसला दोहोराउने निस्सा पाई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. पिता शेर बहादुरले आफ्ना नाममा दर्ता श्रेस्ता भएको दाङ डुरुवा गा.वि.स. वडा नं. ३ क कि.नं. ३२५ मध्ये ०।५।१९ समेतका २ कित्ता जग्गा विगाह ०–६–५ जग्गा मेरा नाममा पारित गरि दिने भनि म बाट रु.४०,०००। बुझि लिई २०५१।३।१५ गते मा राजिनामा गरि दिनु भएकोमा लिखत रजिष्ट्रेशन हुने म्याद वांकी छदै पिताको स्वर्गवास भएकोले अपुताली हक खाने अन्यायवालीलाई उक्त जग्गा रजिष्ट्रेशन गरी दिनु होस भन्दा नमानेकीले उक्त रुपैयाको सावा व्याज दिलाई भराई पाऊ भन्ने स