निर्णय नं. ९०५४ - सम्पत्ति शुद्धीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०५४ - सम्पत्ति शुद्धीकरण भाग: ५५ साल: २०७० महिना: पौस अंक: ९ फैसला मिति :२०७०/०३/२६ ५१५३ ने.का.प. २०७०, अङ्क ९ निर्णय नं.९०५४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।३।२६।४ ०६८–CR–०९३१ मुद्दाः– सम्पत्ति शुद्धीकरण पुनरावेदक/प्रतिवादी : भारत बिहार, मधुवनी जिल्ला, जयनगर नगरपालिका, वडा नं. ८ घर भई हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको सुनील जयसवालसमेत विरूद्ध प्रत्यर्थी/वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत सूर्यराज दाहालसमेतको प्रतिवेदनले नेपाल सरकार § प्रतिवादीहरूले नेपाली रूपैयाँ बोकी हिँड्नुमात्र आफैँमा कसूरजन्य कार्य हुन सक्दैन । कसूरजन्य कार्य तबमात्र मान्न सकिन्छ जब त्यस्तो रकम गैरकानूनीरूपमा आर्जन गरेको वा कानूनप्रतिकूल रूपमा लिएको वा धारण गरेको हुन्छ । § रूपैयाँ सहटीको प्रयोजनका लागि धारण गरेकोसम्म कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) मा उल्लेख भएअनुसार विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनको उल्लङ्घन गरेको मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्तात्रय सुरेन्द्रकुमार महतो, विदुर ढुङ्गाना र गौरीशंकर महतो प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री दुर्गाबन्धु पोखरेल अवलम्बित नजीर : सम्बद्ध कानून : § सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) विशेष अदालत काठमाडौमा फैसला गर्ने न्यायाधीशः– अध्यक्ष माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की सदस्य माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा: विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम शुरू विशेष अदालतको मिति २०६८।८।२९ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– राजश्व अनुसन्धान विभाग, मध्यमाञ्चल इकाई कार्यालय, पथलैया, बाराको च.नं. ३७८ मिति २०६८।६।२९ को पत्रसाथ संलग्न श्रवण साह र सुनील जैसवाल तथा निजहरूबाट बरामद गरिएको नेपाली रूपैयाँ २८,४०,०००।– सहित राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाईएको । राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुरबाट प्रतिवादीहरूको बयान गराउँदा बरामद उक्त नेपाली मुद्रा आफ्नो साथबाट बरामद भएको तथ्य स्वीकार गरी प्रतिवादीहरूले बयान गरेको र प्रस्तुत विषय यस विभागको कार्यक्षेत्रभित्र पर्ने नदेखिएकोले बरामद नेपाली रूपैयाँ २८,४०,०००।– माग भएको बखत पठाउने भनी बैंक दाखिला गरी आवश्यक कारवाहीको लागि पक्राउमा परेका अभियुक्त सुनील जैसवाल र श्रवण साहलाई मिति २०६८।७।१ को पत्र साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको । नेपाली रूपैयाँ बोकेर भारतबाट नेपाल आउँदा मलाई परवाहा रेल स्टेशन, नेपालमा प्रहरीले पक्राउ गरेको, मबाट बरामद भएको नेपाली रूपैयाँ ९,२०,०००।– मात्र भएको र बाँकी रकम १९,२०,०००।– सुनील जैसवालको साथमा भएको उक्त रकम मेरो मालिक राजेश जैसवालको भएको र उहाँ जयनगर भारतमा बस्नु हुन्छ । राजेश जैसवालको ग्याँस स्टोभ, कुकरसमेतको पसल छ । आफूसँग बरामद भएको नेपाली रूपैयाँ जनकपुरमा भारतीय रूपैयाँ सटही गर्नका लागि पठाएको हो । साहुको पसल जयनगर बोर्डरमा छ । उक्त स्थानमा नेपाली रूपैयाँ चल्ने कारणले गर्दा बरामद भएको रकम पसलमा सामान बिक्री गरे