निर्णय नं. ९२४८ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२४८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०६/०८ ४५५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।६।८।४ २०७१-WO-००७८ विषय :- उत्प्रेषण/परमादेश । निवेदक : झापा जिल्ला, भद्रपुर न.पा. वडा नं. ४ घर भै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने हाल प्रहरी प्रधान कार्यालयको प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत्‍‌ यादव अधिकारी विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत § जुन निर्णयले Merit लाई नै मान्यता दिँदैन, त्यो निर्णय न्यायपूर्ण भएको भनी अदालत चुप लाग्ने हो भने सङ्‍गठनको मनोबल व्यक्तिपरक मात्र हो भन्न पर्ने हुन्छ । त्यस्तो मनोगत कथनलाई आफूलाई संस्थागत बनाउन आफैँले निर्माण गरेको मापदण्डलाई सो खेलको नियममा मैले किन सहमत भइन भन्न यसको नियम म आफैँले नै बनाउने अधिकार राख्छु, त्यसैले कसैले छानबिन नगर्नु भन्नु न्याय र सद्‍विवेकलाई समेत परित्याग गर्नु हो । त्यस्तो अवस्थामा सरकारले आफ्नो औचित्य समाप्त गरेको भन्नपर्ने भएकाले न्यायपूर्ण विवेकको प्रयोग गर्ने राज्यको अर्थ कसैले पनि समाप्त भएको मान्न नपर्ने र राज्यको उत्तरदायित्व बोध गरेको देखिनुपर्ने । § सुस्पष्ट कानूनको परमाधिकारी कानून मात्र हो, कसैको तजविजी होइन, तसर्थ समान अवस्थामा प्राप्त अङ्कको गणना भै रहेको नं. १३ को हकसम्ममा विशेष दरबन्दी सिर्जना भएकोमा सो भन्दा अघिका अङ्कमा देखिएकाहरूलाई त्यस्तो सुविधाबाट वञ्चित राख्नु न्यायपूर्ण हुन नसक्ने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू माधव बस्नेत तथा लिलामणि पौडेल विपक्षीका तर्फबाट : विद्वान्‌ नायब महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी, सहन्यायाधिवक्ता कृष्णजीवि घिमिरे र उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल, विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, बोर्णबहादुर कार्की, सविता वराल, बालकृष्ण न्यौपाने, शेरबहादुर के.सी., शम्भु थापा, विद्वान्‌ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, डा. चन्द्रकान्त ज्ञवाली, डा.कुमार शर्मा आचार्य, जयनारायण पौडेल, डा. भिमार्जुन आचार्य, श्रीकान्त वराल र सुभाष आचार्य अवलम्बित नजिर : § नेकाप २०६३, निर्णय नं. ७७४४, पृष्ठ ९९२ सम्बद्ध कानून : § प्रहरी नियमावली, २०७१ को नियम ५, २७, ३०, ३६, ३८, ४२ § नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ को नियम २९ § प्रहरी ऐन, २०१२ को दफा ४(१) आदेश न्या. दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्‍क्षिप्त तथ्य एवम्‍ आदेश यस प्रकार छ : मिति २०४३।११।०३ मा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी विभिन्न मितिमा बढुवा हुँदै मिति २०६६।०६।२१ बाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भई विभिन्न स्थानमा सेवा गर्दै हाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत्‍‌ रहेको कारण नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि सम्भाव्य उम्मेदवार रहेको व्यहोरा सादर निवेदन गर्दछु । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद ४ नियम २७ को उपनियम (४) को प्रयोजनका लागि नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पद सङ्ख्या ७ (सात) मा बढुवाका लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठक