निर्णय नं. ९२५० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२५० - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/१० ५७५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।७।१०।२ ०६८-CR-१११९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला नुवाकोट, छाप गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय, नुवाकोटमा थुनामा रहेका ईरमान तामाङ विरूद्ध प्रत्यर्थी/वादी : आसमान तामाङको जाहेरीले नेपाल सरकार § मार्ने मनसाय राखी, योजना बनाई जोखिमी हतियारले प्रहार गरी भएको हत्या आवेश प्रेरित हत्याको कोटीमा पर्ने देखिँदैन । आवेश प्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भै आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधाप्राप्त गर्ने । (प्रकरण नं. ५) § भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभै सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवस वा भवितव्यवस मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको हुन्छ । त्यस्तो अवस्थामा मात्र ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सो अन्तर्गतको सुविधा प्राप्त गर्ने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता त्रिलोकबहादुर चन्द प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०७०, अङ्क ४, नि.नं. ९००५, पृ. ६२४ § नेकाप २०७०, अङ्क ६, नि.नं. ९०२७, पृ. ८२७ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५, १३(३), १४ नं. सुरू तहमा फैसला गर्ने :- मा.जि.न्या श्री मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्या.श्री फणिन्द्रदत्त शर्मा मा.न्या.श्री यज्ञप्रसाद बस्याल फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य र निर्णय यस प्रकार छ : जिल्ला नुवाकोट, छाप गा.वि.स.-३ तामागोडे स्थित पूर्वमा आँपको रूख, पश्चिममा भीमबहादुर तामाङको घर, उत्तरमा श्रीमान तामाङको घर र दक्षिणमा धनबहादुर तामाङको घर यति चारकिल्लाभित्रको स्थानमा मृतक धनबहादुर तामाङको लास रहेको, उक्त लासको दुबै कान र बाँया आँखाको परेलामा नील डाम र चोट रहेको भन्नेसमेत व्यहोराको मिति २०६६।१०।२ गतेको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । मिति २०६६।१०।१ गते अं. १९:३० बजेको समयमा वर्ष ६७ को धनबहादुर तामाङ आफ्नो घरमा बसिरहेको अवस्थामा निजकै कान्छो छोरा वर्ष ३० को ईरमान तामाङले घरायसी कुराकानीको विषयमा विवाद हुँदा निज ईरमान तामाङले निजको बाबु धनबहादुर तामाङलाई लात्ती मुक्काले कन्चट तथा शरीरको विभिन्न भागमा हानी सख्त घाइते बनाएको र निजको सोही चोटको कारणले मृत्यु भएको हुँदा फरार निज ईरमान तामाङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा हदैसम्म कारवाही गरिपाउँ भन्ने व्यहोराको आसमान तामाङको जाहेरी दरखास्त । म मिति २०६६।१०।१ गते आफू कार्यरत्‍ रहेको नेपाली सेनाको बन्दोवस्ती कार्य गणबाट आफ्नो घर जिल्ला नुवाकोट, छाप गा.वि.स.-३ तामागोडे गएको थिएँ । अं. १२:०० बजेको समयमा आफ्नो गाउँमा पुगेपछि सोही दिन गाउँमा डोजरले बाटो खनेका रहेछन् । दिनभर सोही स्थानमा बसी साँझ १८:०० बजेको समयमा म आफ्नो घरतर्फ गएको थिएँ । घरमा