निर्णय नं. ९२५१ - मानव अपहरण धम्की

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२५१ - मानव अपहरण धम्की भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/१० ४१२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।०७।१०।२ ०७०-CR-१३२२ मुद्दाः- मानव अपहरण धम्की । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, शनिश्चरे गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय, झापामा थुनामा रहेका झलनाथ न्यौपाने विरूद्ध प्रत्यर्थी/वादी : सुजितकुमार अग्रवालको जाहेरीले नेपाल सरकार § सरकारवादी फौजदारी मुद्दा भनेको वादी नेपाल सरकारको मात्र सरोकार नभई पीडित, पूरा समाज तथा अदालतलगायत मुलुकको न्याय प्रणालीसँग सम्बद्ध रहन्छ । कुनै प्रतिवादीलाई मोलाहिजा गर्ने हिसाबले वादीले अनुसन्धानमा लापरवाही गर्दैमा त्यस्तो प्रत्येक लापरवाहीको सीधा परिणाम प्रतिवादीको सफाइ हुन नसक्ने । (प्रकरण नं.३) § व्यापार व्यवसायमा संलग्न अति व्यस्त स्वभावका जाहेरवालाले आफ्नो व्यापार व्यवसाय छोडी यो यस्तो रिसइबि साध्नका लागि प्रतिवादीका विरूद्ध मनगढन्ते प्रमाण बनाउनुपरेको हो सो कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको नदेखिने । § जाहेरवालाले मोबाइल गर्ने र पाउने एउटा दुइटा होइन अनेकौं नम्बर, सो भएको समय, मिति र अवधि जस्ता यावत् कुरा कृत्रिम निर्माण गरे होलान् भन्ने कुराको अनुमान घटनाक्रम र त्यसको सिलसिलाको स्वाभाविकतालाई विचार गर्दा गर्नै नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‍ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र विद्वान्‌ अधिवक्ता संजीव घिमिरे प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ र ६ नं. § प्रमाण ऐन, २०३१ को दफा १०(१), १४, १५ र १६ सुरू फैसला गर्ने : मा.जि.न्या. श्री गोपाल भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री उदयप्रकाश चापागाईं मा.न्या. श्री मोहनरमण भट्टराई फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ निर्णय यस प्रकार छ : मिति २०६८।१।९ गते बिहानको समयदेखि मेरो ९८५२६७२४८१ नं. मोबाइलमा ९८१३३९४८४२ नं. मोबाइलबाट डरत्रासमा पारी अपहरण गर्ने तथा ज्यान मार्ने धम्कीसमेत दिई फोन तथा एसएमएसबाट रू.१० लाख रकम माग गरेको हुँदा निज जुलुमीलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल तथा प्रचलित कानूनबमोजिम गरी उक्त वारदातमा संलग्न अन्य अभियुक्तहरूको नाम निजबाटै खुलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको सुजितकुमार अग्रवालको जाहेरी दरखास्त । जिल्ला झापा, शनिश्चरे ८ स्थित पूर्व सडक, पश्चिम गणेश कोइरालाको खेत, उत्तर गोविन्द बास्तोलाको घर, दक्षिण दीपक कोइरालाको खेत यति चार किल्लाभित्र वासुदेव न्यौपानेको घर रहेको, सो घरको उत्तरको कोठाबाट झलनाथ न्यौपानेले धम्की दिन प्रयोग गरेको ९८१३३९४८४२ नं. को सिम मोबाइल र चेकबुकसहित झलनाथ न्यौपाने पक्राउ परेको भन्ने बरामदी मुचुल्का । जाहेरवालाको घरमा म पूजा गर्ने काम गर्दथें । निजको घरमा सम्पत्ति छ भन्ने थाहा भएका कारण पैसा कमाउने मनसायले म एक्लैले मेरो आफ्नो नम्बरबाट सुजितकुमार अग्रवाललाई फोन तथा एसएमएस गरी रू.१० लाख रकम मागेको र नदिएमा घरका सदस्यलाई अपहरण गर्ने धम्कीसमेत दिएको हुँ । घटनामा म