निर्णय नं. ९२५३ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२५३ - करकाप भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०३/०२ ४८९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।२।२ ०६६-CR-०२९६ मुद्दा : करकाप । पुनरावेदक/वादी : जमिर महतोको छोरा, बारा जिल्ला, अमृतगन्ज गा.वि.स. वडा नं ८ बस्ने रामजीप्रसाद कुशवाहा विरूद्ध प्रत्यर्थी/प्रतिवादी : स्व. भागवतप्रसाद यादवको छोरा, बारा जिल्ला, कचोर्वा गा.वि.स. वडा नं ७ बस्ने विजयप्रसाद यादव § लेनदेन मुद्दाको मिति २०६०।११।१६ को लिखत यी पुनरावेदकले स्वेच्छाबाट सही छाप गरिदिएको नभै निजलाई अपहरण गरी प्रतिवादीहरूले आफ्नो कब्जामा राखी करकापबाट जबर्जस्ती सही गराएको लिखत भन्ने कुरा पुष्टि हुने । (प्रकरण नं.५) § आफूद्वारा जबर्जस्ती कपाली तमसुक लेख्न लगाएका हुन् भनी मिति २०६१।७।२५ मा जिल्ला प्रहरी कार्यालय, बारामा कागज गरेका र विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकाले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिने । (प्रकरण नं.६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ताद्वय रामबन्धु शर्मा तथा रामपुकार महतो प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता राजीव आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २४ नं. § मुलुकी ऐन, दण्ड सजायको महलको १२ नं. § प्रमाण ऐन, २०३१ को दफा ३४(१) सुरू फैसला गर्ने अदालत : मा.जि.न्या.श्री उमेशराज पौडेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री केशरीराज पण्डित मा.न्या. श्री गिरीराज पौडेल फैसला न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : २०६१ साल असोज १८ गतेका दिन आफ्नो उपचार गराउन कामदार मजदुर जयनाथ दास तत्मालाई साथै लिई भारतको मोतिहारीमा डाक्टर आशुतोष साहकहाँ गई उपचार गराई त्यहाँबाट २०६१।६।१९ मा घरतर्फ आउने क्रममा नेपाल सरहदभित्रै विपक्षीहरूमध्ये मनोज यादव, प्रमानन्द जैसवाल, विश्वनाथ यादव, दिनानाथ राय, संजय यादव, उमेशकुमार यादव, रामभजनसमेतले आआफ्ना हातमा बन्दुक, खुकुरी, फर्सासमेत देखाई मलाई रोकी कुटपीटसमेत गरी बाँधी आँखमा पट्टी बाँधी मोटरसाइकलमा बसाली प्रतिवादीमध्येका विश्वनाथ यादवको मूल घर अगरवा लगी मलाई कोठामा थुनी २०६१।६।१९ देखि ६।२९ गतेसम्म त्यहीँ राखे । मसँग रहेको जयनाथ दास उम्की मेरो दाजु चन्द्रिका कुशवाहालाई जानकारी दिँदा दाजुले जिल्ला प्रहरी कार्यालय, बारामा २०६१।६।२१ गते हुलिया जाहेरी दिनुभएको र F.M. रेडियोबाट सुनी थाहा पाएपछि मलाई आँखामा पट्टी बाँधी मोटरसाइकलमा बसाली कचोर्वा वडा नं ७ विजय यादवको गोठघरमा लगी राखे । २०६१।६।३० का दिन विजयप्रसाद यादव र अन्य प्रतिवादीहरूले लालबाबुलाई बोलाई लेखनदास लक्ष्मणप्रसाद श्रीवास्तवलाई बोलाई ल्याउन लगाए । के कस्तो कागज गराउनुपर्ने हो भनी लक्ष्मणप्रसादले सोध्दाप्रतिवादी विजयप्रसाद यादवले तीनप्रति नेपाली कागजमा एकप्रति विजयप्रसाद यादवलाई, एकप्रति मङ्गल राय यादवलाई र एकप्