निर्णय नं. ७७९३ - उत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयूक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पूर्ण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७९३ - उत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयूक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पूर्ण भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/१२/०१ ३०७२ निर्णय नं. ७७९३ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, विशेष इजलास सं. प्र. न्यायाधीश श्री दिलीप कुमार पौडेल माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ संवत् २०६२ सालको रिट नं. : ११८ आदेश मितिः २०६३।१२।१।५ बिषय : – उत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयूक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पूर्ण न्याय पाउँ । निवेदक : जिल्ला ताप्लेजुङ्ग लिमसिम गा.वि.स. वडा नं. ९ घर भै हाल राजविराज मा विमानस्थल सहायक अधिकृत पदमा कार्यरत युवल बराल समेत विरूद्ध विपक्षी नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल, काठमाडौं समेत § निवेदकहरूले वदर घोषित हुन माग गरेको साविकको व्यवस्था हाल विद्यमान नभई फरक व्यवस्था कायम भई वदर घोषित गर्न माग गरिएको व्यवस्था संशोधन भैसकेको अवस्थामा साविकको व्यवस्था सम्बन्धमा थप विवेचना गर्न नपर्ने । (प्रकरण नं. १३) § निवेदकहरुले सिभिल एमिएसन अपरेशन जस्तो प्राविधिक र संवेदनशिल कार्य संचालन गर्नुपर्ने अवस्थामा पदोन्नति साथै जिम्मेवारी पनि बढ्न सक्ने हुँदा पदोन्नति पाउनका लागि साविक पदमा भएको भन्दा उच्चस्तरीय तालीम आवश्यक पर्ने भन्ने कुरालाई प्रस्तुत सन्दर्भमा बेमनासिव मान्न नमिल्ने । (प्रकरण नं. १४) § हालको पदको लागि तोकिएको योग्यता भन्दा बढी योग्यता बढुवा प्रयोजनका लागि तोकिएपछि सेवारत कर्मचारीका लागि त्यस्तो योग्यता हासिल गर्ने अवसर न्यायपूर्ण रूपमा प्रदान गर्ने जिम्मेवारी कर्मचारीको सेवा लिने निकायको हुने । § नियमावलीको मनसाय वमोजिम निवेदकहरूलाई पदपूर्ति समितिको बैठकले प्राविधिक छैटौं तहबाट प्राविधिक सातौं तहमा बढुवा गर्नको लागि तोकेको योग्यता अनुसारको तालीम प्राप्त गर्ने अवसर प्रदान गर्नु विपक्षी प्राधिकरणको जिम्मेवारी देखिन आउने । (प्रकरण नं. १५) § वर्तमान व्यवस्था बमोजिम निवेदकहरुलाई १ बर्षे ए.टी.एस.आधारभूत तालीममा सहभागी हुन पाउने अवसर प्रदान गर्नु बिपक्षी प्राधिकरणको जिम्मेवारी भएको हुंदा त्यस्तो तालीममा सहभागी गराई तालीम पश्चात पदपूर्ति समितिको निर्णय बमोजिम कारवाई अगाडि बढाइएको बढुवा हुने प्रतिस्पर्धामा निवेदकहरुलाई सहभागी गराउनु भनी विपक्षीहरुको नाउँमा परमादेश जारी हुने । (प्रकरण नं. १६) निवेदक तर्फबाटः विद्धान अधिवक्ताहरु श्री शम्भु थापा, पूर्ण प्रसाद राजवंशी र हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्धान अधिवक्ताहरु श्री नवराज रिजाल, नारायण प्रसाद गिरी, नयनप्रसाद श्रेष्ठ र सुभानराज आचार्य अवलम्बित नजीरः आदेश न्या. खिलराज रेग्मी : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – २. हामी निवेदकहरू २०५३ चैत्रमा श्री ५ को सरकार हवाई विभाग अन्तर्गत विभिन्न विमानस्थल कार्यालयहरुमा इन्जिनियरिङ्ग समूह सिभिल एभिएशन अपरेशन उपसमूह अन्तर्गत अस्थाई दरबन्दीको रा.प. अनकिंत प्रथम (प्रा) विमानस्थल सहायक पदमा अस्थाई नियूक्ति पाई सेवा गर्दै आएका छौं । हामीहरुले दायर गरेको रिट निवेदनमा यस सम्मानित अदालतबाट मिति २०५९–९–२ मा भएको आदेश बमोजिम हामी निवेदकहरुलाई स्थायी सेवामा नियुक्त गरिएको छ । स्थायी पदमा नियुक्त गरिएपछि प्रत्यर्थी प्राधिकरणबाट गरिएको मिति २०५९।१२।६ को तह मिलानको निर्णयले