निर्णय नं. ७७९४ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७९४ - उत्प्रेषण, परमादेश भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/१२/०८ ४६३० निर्णय नं. ७७९४ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, विशेष इजलाश माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदा प्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला आदेश सम्वत् २०६२ सालको रिट नं. : ९५ आदेश मितिः २०६३।१२।८ मुद्दा : – उत्प्रेषण परमादेश । निवेदक : चितवन जिल्ला भरतपुर न.पा.वार्ड नं. २ स्थित बन्सुन बोन प्रोडक्ट इन्डष्ट्रिज प्रा.लि.का. तर्फबाट अख्तियार प्राप्त गरी आफ्नो हकमा समेत ऐ.का. प्रवन्ध संचालक सुमित्रा श्रेष्ठ विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § विषय वा प्रसंगले अन्यथा उद्देश्य देखिनेमा बाहेक कुनै पनि शब्दको जवरजस्ती अथ्र्याउने प्रयास गर्न खोजियो भने त्यसले अर्थको अनर्थ हुन जान्छ । त्यसकारण कुनै पनि शब्दको व्याख्या अन्य अभिप्राय देखिने मा बाहेक जनमानसले सो शब्दलाई कसरी बुझेका छन्, त्यसै अनुरूप गरिनु पर्ने । § प्रस्तुत मुद्दामा स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५(२) मा प्रयुक्त मृत शब्दले के जनाउँछ भनी हेर्दा सो शब्दमा कुनै विशेषण प्रयुक्त भएको नपाइएकोले त्यसको सामान्य अर्थ अर्थात जुनसुकै तरीकाले भएपनि मृत अवस्थामा रहेको चाहे त्यो प्राकृतिक नियम बमोजिम मरेको होस् वा अन्य अप्राकृतिक कारणले मारिएको होस् प्राणरहित अवस्थाको हुनुलाई संकेत गरेको देखिने । § अहिलेको अवस्थामा पशुहरुको मरण प्राकृतिक प्रक्रियाबाट भन्दा मानवीय कारणले बढी हुने भएको र मानवले मारेको पशुको हाड, सिंग, छाला जस्ता चीजमा कर लगाउन नपाउने हो भने ऐनले हासिल गर्न खोजेको उद्देश्य नै निष्प्रयोजन हुन जान्छ । यसरी ऐनको उद्देश्यलाई पराजित गर्ने गरी वा ऐनको उद्देश्यको प्रतिकूल हुने गरी कुनै पनि शब्दको व्याख्या गरिनु न्यायपूर्ण र कानूनी नहुने । (प्रकरण नं. १७) § मृत्यु शब्दको अर्थ व्यापक हुन्छ, त्यसमा मृत्यु हुँदाको कारण वा तरीका समेत जनाउने गरी अर्थ लगाउने मनसाय भए अन्य शब्दबाट स्पष्ट गर्नुपर्छ । मृत शब्द भन्दा “मरेको वा मारिएको” भन्ने शब्दावलीको अर्थ व्यापक हुँदैन । त्यसैले ऐन आफैले मृत्यु भएको अवस्थालाई जनाउने गरी विस्तृत अर्थ लाग्ने “मृत” शब्द प्रयोग भएपछि सो शब्दको अर्थको सीमा भित्रको अर्थ जनाउने अन्य जुनसुकै शब्द नियमावलीमा प्रयोग हुन सक्ने । (प्रकरण नं. १८) § स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५(२) मा प्रयुक्त “मृत” भन्ने शब्द र स्थानीय स्वायत्त शासन नियमावली, (संशोधन सहित) २०५६ को नियम २०७(१)(ङ) र अनुसूची २३ को खण्ड (६) मा प्रयुक्त “मरेको वा मारिएको” भन्ने शब्दहरुको अर्थ एकै र समानर्थी भएकोले स्थानीय स्वायत्त शासन नियमावलीको उक्त व्यवस्था स्थानीय स्वायत्त शासन सम्बन्धी ऐनको दफा २१५(२) सँग बाझिएका देखिन नआउने । (प्रकरण नं. १९) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी विपक्षी तर्फबाटः विद्धान नायव महान्यायाधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक, विद्धान अधिवक्ताहरू श्री शंकर सुवेदी, रविन्द्र आचार्य, अरुण ज्ञवाली र रमेश खनाल अवलम्बित नजीरः × आदेश न्या. खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) बमोजिम यस अदालतमा दायर हुन आएको र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १६२(१) बमोजिम निर्णय गर्न मिल्ने भई यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र सो मा भएको निर्णय यस