निर्णय नं. ७७९५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७९५ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/०९/१० ३७३५ निर्णय नं. ७७९५ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला सम्बत् २०५८ सालको दे.पु.नं. : ८०६२ फैसला मितिः ०६३।९।१०।२ मुद्दा :– लेनदेन । पुनरावेदक/प्रतिवादीः महोत्तरी जिल्ला कोलहुवा वगिया गा.वि.स. वडा नं. ३ वस्ने कलाम मिया विरुद्ध प्रत्यर्थी/वादीः महोत्तरी जिल्ला कोलहुवा वगिया गा.वि.स. वडा नं. ३ वस्ने लुकमान दफाली § प्रतिवादीले पहिलो बाहेक अरू छाप आफ्नो भएको कुरा प्रमाणित नभएको हुँदा कागज जाँचको महलको ८ नं. समेतको रित पुगेको छैन भन्ने जिकिर लिएपनि विवादित लिखितमा लागेका अन्य छापहरु स्पष्ट नभएको सम्म देखिन्छ, यसबाट प्रतिवादीको छाप नै लागेको छैन भन्ने पुष्टी हुन नसक्ने । § एउटै लिखतमा लागेको एउटा ल्याप्चे प्रतिवादीको भन्ने देखिइरहेको अवस्थामा अन्य छाप अस्पष्ट भएको सम्म कुराका आधारमा छापहरू लाग्दै नलागेको भन्ने अनुमान गर्न कानून संगत नहुने । (प्रकरण नं. १६) § विवादित लिखतको लिखितमको पहिलो ल्याप्चे प्रतिवादीको ल्याप्चेसँग भिडेको, सो ल्याप्चे वादी दावी बमोजिमको प्रयोजनको लागि नभए अन्य के कारणले लगाएको हो भन्ने प्रतिवादीले देखाउन र प्रमाणित गर्न नसकेको तथा विवादित कागजमा अन्य ल्याप्चेहरु अस्पष्टसम्म भएको कारणबाट दावी गर्न नै नमिल्ने गरी कागज जाँचको ५,६,७,८ नं को प्रक्रिया नपुगेको मान्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा र अरविन्द कुमार झा अवलम्बित नजीरः फैसला न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको ०५७।१०।२७ को फैसला उपर वादीको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्याई हेर्ने आदेश भै दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. प्रतिवादीले मसँग रु. ८१,००१।– वन्द व्यापार गर्नलाई कर्जा लिई मिति २०४९ साल माघ मसान्त भित्रमा साँवा व्याज बुझाउने भाका राखी मिति २०४९।२।३० मा गरिदिनु भएको सक्कल तमसुक मसँग छ । भाका भित्रको साँवा व्याज नदिएकोले दिलाई भराई पाउँ भन्ने समेतको फिराद दावी । ३. वादीसँग ऋण लिई तमसुक कागज गरिदिएको छैन । के कुन लेखतको आधारमा मुद्दा गरे अ.वं. ७८ नं. बमोजिम सनाखत गर्ने नै छु भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. दावीको लिखत किर्ते जालसाजी हो । वादी, साक्षी तथा लेखत साक्षी समेत मिली किर्ते जालसाजी गरेका हुन् । लेखत जाँच गराई पाउँ भन्ने समेतको प्र.वा रामस्वरुप प्रसाद साहको बयान । ५. प्र.वा को वयान झुठ्ठा लेखत सद्दे हो । लेखत जाँच गराई पाउँ भन्ने समेतको वादी लुकमान दफालीको बयान । ६. दावीको लेखत सद्दे हो । प्र.वा.को वयान झुठ्ठा हो । मेरो सामुनेमा लेनदेन व्यवहार र सहीछाप समेत भएको हो । मैले किर्ते जालसाज गरेको छैन भन्ने समेतको अन्तरसाक्षी हकिम मियाको वयान । ७. अ.वं. १३९ नं. बमोजिम बुझिएका वासुदेव तिवारी र राम प्रसाद साह समेतले म्यादमा हाजिर नभै म्यादै गुजारी वसेको । ८. वादीले प्रतिवादीवाट दावी वमोजिमको साँवा व्याज भराई लिन पाउने ठहर्छ भन्ने समेतको महोत्तरी जिल्ला अदालतको मिति २०५६।५।१ को फैसला । ९. महोत्तरी जिल्ला अदालतको फैसला ऐन कानून एवं लेखत