निर्णय नं. ९१२५ - कुटपीट अङ्गभङ्ग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२५ - कुटपीट अङ्गभङ्ग भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०३/३० ४४८६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति : २०७०।३।३०।१ ०६७-CR-०७९० मुद्दा : कुटपीट अङ्गभङ्ग । पुनरावेदक/वादी : जितेन्द्रकुमार कविरथको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सुनसरी, गा.वि.स. प्रकाशपुर वडा नं. ४ बस्ने सुरेन्द्रकुमार कविरथसमेत § वारदातका समयमा परेको चोटको असरले गर्दा त्यो अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्चात् त्यो अङ्गले पहिलाको जस्तै काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपीटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्न सकिन्छ । तर उपचारपश्चात् पहिलाको जस्तै त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा बेकम्माको अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ७) पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § कुटपीटको महलको १, २ तथा ६ नं. । § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ । शुरू तहमा फैसला गर्ने :- मा.जि.न्या.श्री लक्ष्मीकृष्ण श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्या. श्री डम्बरबहादुर साही मा.न्या. श्री शिवनारायण यादव फैसला का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २०६३ जेठ महिनामा सुरेन्द्रकुमार कविरथले जग्गाको विषयलाई लिएर पटकपटक आक्रमण गरी टाउकोसमेत फुटाई दिएकोले मैले यस कार्यालयसमेतमा निवेदन दिएको थिएँ । कारवाही नभएको कारणले निज प्रतिवादीको मनोबल बढी हामीलाई मारी दिने धम्की दिई गाउँघरमा उक्त कुरा भन्दै हिँड्ने गरेका थिए । मिति २०६४।९।२० का दिन जग्गाको पिलरलाई आधार मानी गाउँ समाजको सहमतिबमोजिम जग्गा नापजाँच गर्न लाग्दाका अवस्थामा निज प्रतिवादी सुरेन्द्र र निजको छोरा जयप्रकाशसमेत आई सुरेन्द्रले बोकेको कोदालोको धारतर्फबाट मलाई प्रहार गर्दा मेरो बहिनी ज्वाईँ श्यामसुन्दरले मलाई धकेली बचाउन लाग्दा निज श्यामसुन्दरको काँधमा लाग्न गै गर्धन काटिई निज घाइते भई भूइँमा लडे । त्यसपछि निज प्रतिवादीले मलाईसमेत सोही कोदालोको बीडतर्फबाट प्रहार गर्दा देब्रे नाडीमा लाग्न गै भाँच्चिन गएको छ । श्यामसुन्दरको श्रीमती पारूलदेवी कविरथले हारगुहार गर्दा निजलाईसमेत प्रतिवादीहरूले कुटपीट गरी घाइते बनाएकाले तत्काल गाउँलेहरूको सहयोगमा उपचारार्थ अस्पताल लगेकोले बाँच्न सफल भएकी तर अङ्गभङ्ग पारिदिएकोले पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने जितेन्द्रकुमार कविरथको जाहेरी । मिति २०६४।९।२० का दिन ११ बजेको समयमा मेरो खेतको सीमानामा पर्ने स्वरूप कविरथको जग्गाको आलीलाई जाहेरवाला जितेन्द्र कविरथसमेतले सार्दै गरेको भन्ने कुरा सुनी उक्त स्थानमा गई किन यस्तो काम गरेको भनी सोध्दा श्यामसुन्दरसमेतले मलाई लछारपछार गरे । मलाई लछारपछार गरेको देखी मेरो बाबु उक्त स्थानमा जाँदा जितेन्द्र कविरथसँग लछारपछार भएको र सोही अवस्थामा जाहेरवालाको हात भाँच्चिएको हुनुपर्छ जाहेरवाल