निर्णय नं. ९०५५ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०५५ - उत्प्रेषण/परमादेश भाग: ५५ साल: २०७० महिना: पौस अंक: ९ फैसला मिति :२०७०/०४/१६ ३७१५ ने.का.प. २०७०, अङ्क ९ निर्णय नं.९०५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय आदेश मिति : २०७०।४।१६।४ ०६९-WO-०१३६ विषय : उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. २ तैलिहवा बस्ने दुर्गाप्रसाद कान्दु विरूद्ध विपक्षी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. २ तैलिहवा बस्ने सन्तोषकुमार कान्दुसमेत § अंश मुद्दा ठहरेबमोजिम हुने र विवादित अंश मुद्दा मातहत अदालतमा विचाराधीन नै रहेको अवस्थामा माथिल्लो अदालतबाट यसो वा त्यसो गर्नु भन्नु वा यो वा त्यो प्रमाण बुझ्नु भनी विवादित मुद्दा हेर्न सक्षम रहेको जिल्ला अदालतलाई आफ्नो अन्तिम निर्णय सुनाउनु अघि नै हस्तक्षेप गरेर आदेश गर्दै जाने हो भने सम्बन्धित अदालतलाई कानूनले प्रदान गरेको मुद्दा मामिला हेरी अन्तिम निर्णय गर्ने क्षेत्राधिकारको औचित्यसमेत समाप्त हुने । § मुद्दाको कारवाही हुँदै जाँदा इन्साफको रोहमा उपयुक्त अवसरमा अधिकार प्राप्त अदालतले आवश्यक कुराको विचार गर्ने कुरा सँधै सुरक्षित हुन्छ । सोबाहेक कार्यविधिगत विषयमा दुई तह अदालतबाटसमेत न्यायिक परीक्षण भइसकेको स्थितिमा पनि सोमा चित्त नबुझाई रिट निवेदकले असाधारण अधिकारक्षेत्रअन्तर्गत रिट निवेदन लिएर आउनुले विचाराधीन मुद्दामा प्रमाण बुझी शीघ्र इन्साफ गर्नलाई नै अनावश्यक विलम्ब गर्नुबाहेक अरू केही नदेखिने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. विपक्षीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी अवलम्बित नजीर : सम्बद्ध कानून : आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश देहायबमोजिम छ :– मूल पुरूष जगेश्वर कान्दु निजको २ छोरा रामप्रसाद १ र बाबुराम १ भएको राम प्रसादको छोरा त्रिवेनी भएको र निज त्रिवेनीको २ छोरा राम सहाय १ र भगवत दयाल १ भएको । भगवत दयालको श्रीमती रमा भएकी, त्रिवेनीको हाँगा तर्फका सन्तानमा छोराको जायजन्म नै नभई छोरी नन्दादेवी भएको र निजहरूको पनि विवाह भई सकेको छ । यता बाबुरामको २ छोरा छाँगुर र रामकुमार भएकोमा राम कुमार निःसन्तान भई छाँगुरको छोरा खोडे भन्ने राम लखन मात्र भएको । निज खोडे भन्ने राम लखनको ३ छोरा दुर्गाप्रसाद, बासुदेव र सन्तोष भएको यस पुस्तेवारीमा हामी वादी प्रतिवादीहरू बाहेक अरूको कालगतिले अघि नै स्वर्गवास भइसकेको छ । यसरी हामी वादी प्रतिवादीहरू संगोलमा बसी सगोलको सम्पत्ति प्रतिवादी भगवत दयाल जिम्मामा रही सगोलबाट नै भोगी आएको । ठूला बुबा प्रतिवादी भगवत दयाल अत्यन्त बृद्धावस्था भएको र काकीको पनि परलोक भई सकेको छ । हामी राम लखनको सन्तानहरूले मिली ठूलोबाबु भगत दयालको सेवा गरी यही मिति २०६८।४।१५ गतेका दिन म निवेदक वादीलाई रूपैयाको खाँचो भई विपक्षी प्रतिवादीहरूसँग माग गर्दा विपक्षी प्रतिवादीहरू एकजुट भई हामीलाई तिमीसँग मतलब छैन जानेका गर भनी जवाफ लगाई दिएकाले अन्यायमा परी म निवेदकले सम्मानीत शुरू कपिलवस्तु जिल्ला अदालतमा प्रत्यर्थीहरू उपर अंश मुद्दा दर्ता गरेकोमा वादीले देखाउनु भएको पुस्तेवारी गलत छ, भगवत दयालको बेग्लै वंशावली र पुस्तेवारी छ । निज भगवत दयाललाई बाहेक