निर्णय नं. ७७९६ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९६ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/०३/०६ ३६६५ निर्णय नं. ७७९६ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री मीन वहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ आदेश सम्वत् २०६० सालको रि.नं. : ३३२१ फैसला मितिः ०६३।३।६।३ विषय :– उत्प्रेषण समेत । निवेदकः महोत्तरी जिल्ला जलेश्वर न.पा.वडा नं. ५ स्थित जलेश्वर नगर विकास समिति समेत विरूद्ध विपक्षीः पुनरावेदन अदालत जनकपुर समेत § नागरिक अधिकार ऐन, २०१२ को दफा ९(६) को सम्पत्ति आर्जन गर्ने हक अधिकारमा आघात पुर्याएको भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अन्तर्गत परमादेशको आदेश माग गरी निवेदन दिएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अन्तर्गत परमादेशको आदेशवाट उपचार माग गरिएको निवेदन पुनरावेदन अदालतलाई प्राप्त समन्याय सम्बन्धी अधिकार क्षेत्र (Equity Jurisdiction)को विषय देखिने । § मुलुकी ऐन अदालती बन्दोवस्तको २०८ नं. को कानूनी व्यवस्था समाहवान वा इतलायनामा तामेल गर्दा अ.वं. ११० नं. बमोजिम रित नपुर्याई तामेल गरेको थाहा पाउन नसकी प्रतिवादी दिन नपाई म्याद गुज्रेको उजुरी साथ फैसला भएको ६ महिना भित्रमा थाहा पाएको पैतिस दिन भित्र प्रतिवादी लेखि दिन ल्याएमा रित पूर्वक तामेल भएको नदेखिए प्रतिवादी दर्ता गर्ने भनी प्रतिवादी दर्ता गर्ने सम्वन्धमा कानूनले प्रदान गरेको सुविधा देखिने । § निवेदकका नाउँमा २०५९।८।१३ मा तामेल भएको म्यादका सम्बन्धमा पुनरावेदन अदालतमा वेरितको म्याद वदर गरी पाऊँ भनी परेको निवेदनमा रजिष्ट्रारले दरपिठ गरे उपर पुनरावेदन अदालतमा वेरितको दरपिट आदेश वदर गरी पाऊँ भन्ने निवेदन गरी तामेलीको कानूनी हैसियत पुनरावेदन अदालतवाट परिक्षण भै सकेकोमा पुनः सोही विषयका सम्बन्धमा प्रस्तुत निवेदन परेको देखिँदा निवेदक विरुद्ध दायर भएको परमादेशको निवेदनका सम्बन्धमा रिट निवेदकले दायर गर्न खोजेको अ.वं. २०८ नं. बमोजिमको उजुरी दरपिठ गरेको र सो दरपिठ सदर गरेको पुनरावेदन अदालतको आदेश उत्प्रेषणको आदेशद्धारा बदर गर्न नमिल्ने । (प्रकरण नं. ७) न्या. मीन बहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र धारा ८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सँक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– २. विपक्षी कान्ता देवी क्षेत्रीले यस नगर विकास समिति समेतलाई विपक्षी बनाई पुनरावेदन अदालत जनकपुरमा मिति २०५९।४।२७ मा दायर गरेको परमादेशको रिट निवेदनमा यस समितिलाई जलेश्वर अस्पतालमा अवस्थित भनी उल्लेख गरे अनुरुप विपक्षी पुनरावेदन अदालत समेतबाट सोही वतनमा म्याद तामेल भई एकतर्फी रुपमा उक्त मुद्दा २०६०।१।३० मा फैसला भएको कुरा च.नं. १०८१३ को पत्र मिति २०६०।४।९ मा यस समितिमा प्राप्त भै जानकारी पाएपछि मात्र थाहा भयो । अतः यस समितिको नाममा विपक्षीबाट गलत ठेगाना उल्लेख गरे अनुरुप तामेल भएको म्याद अ.वं. ११० नं. विपरित कानूनी त्रुटिपूर्ण भएको हुँदा उक्त मुद्दामा फैसला भएको ६ महिना भित्र थाहा पाएको ३५ दिन भित्र अ.वं. २०८ नं. को उजुर लिई जाँदा विपक्षी पुनरावेदन अदालतका रजिष्ट्रारबाट रिट प्रकृतिको मुद्दामा अ.वं. २०८ नं. आकर्षित नहुने भनी दरपिठ गरियो । सो दरपिठ उपर निवेदन गरेकोमा पु.वे.अ.को इजलासवाट पनि रजिष्ट्रारको आदेश मिलेको भनी २०६०।६।७ मा आदेश भएको हुँदा प्रस्तुत विवादमा कानुनको व्याख्याको गम्भिर सवाल र प्राकृतिक न्याय सिद्धान्तको प्रश्न रहेको हुँदा अन्य उपयुक्त र प्रभावकारी मार