निर्णय नं. ७७९७ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९७ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/११/३० ३०४७ निर्णय नं. ७७९७ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री मीन बहादुर रायमाझी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह फैसला संवत् २०६२ सालको फौ.पु.नं. : ३२७५ फैसला मितिः ०६३।११।३०।४० मुद्दा : – कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः धनकुटा जिल्ला, भेडेटार गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा विराटनगरमा थुनामा रहेकी कन्यामाया लिम्बु विरुद्ध प्रत्यर्थी/वादीः अशोक राईको जाहेरीले नेपाल सरकार § प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को हुन जाने देखिँदा अ.वं. १८८ नं. बमोजिम शुरुले ३ वर्ष कैदको सजायँ गर्ने व्यक्त राय मनासिव ठहर्याई पुनरावेदन अदालतबाट समेत सोही रायलाई समर्थन गरेको देखियो । यि प्रतिवादी कन्यामायाको उमेर ३० वर्ष रहेको, निजको ४ जना सन्तान समेत भएको र निजको पति रोजगारको सिलसिलामा २०५७ सालदेखि साउदी अरवमा गएको अवस्थामा निजको गोरेमान राईसँग शारीरिक सम्पर्क हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको मिसिलबाट देखिँदा अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गर्दा प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले शुरु र पुनरावेदन अदालतले ३ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी व्यक्त राय न्यायको दृष्टिले मनासिव हुँदा सदर हुने । (प्रकरण नं. २५) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरु श्री मीरा ढुंगाना र श्री लोक हरि बस्याल प्रत्यर्थी वादीका तर्फबाटः विद्वान उप–न्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्बित नजीरः × फैसला न्या. मीन बहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : – २. जिल्ला धनकुटा, भेडेटार गा.वि.स.वडा नं. ३ बस्ने श्रीमति कन्यामाया लिम्बुको श्रीमान् नगेन्द्र लिम्बु मेरो जेठान दाजु नाताको पर्नु हुन्छ । निज २०५७ सालदेखि नै रोजगारीको क्रममा विदेश जानु भएकोमा कन्यामाया लिम्बुले के कस्को अवैध गर्भ बोकी २०६१ साल श्रावण २ गते १० बजेको समयमा महिना पुगेको छोरा जातको नवजात शिशु जन्माई कर्तव्य गरी मारेको अवस्थामा फेला परेको छ भन्ने थाहा पाई गई हेर्दा सोही बमोजिमको फेला परेको हुंदा को कससँग यौन सम्पर्क गरी बच्चा जन्माई मारी फालेको हो ? निजलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको अशोक राईको जाहेरी दरखास्त । ३. जिल्ला धनकुटा, भेडेटार गा.वि.स.वडा नं. ३ स्थित पूर्वमा गोबिन्द राईको घर, पश्चिममा हरि बहादुर रानाको घर, उत्तरमा गोविन्द लिम्बुको घर, दक्षिण गोरेमान राईको घर, यति ४ किल्ला भित्र मकैबारीमा छोरा जातको नवजात शिशुको लाश घोप्टो अवस्थामा शिशु बच्चाको घाँटी अं. ७ फिट लामो प्लास्टीकको डोरीले वरिपरी ४ फन्का बाँधेको अवस्थामा रहेको भन्ने समेत व्यहोराको घटनास्थल लाश जाँच मुचुल्का । ४. बुबा २०५७ साल देखिनै बाहिर हुनुहुन्छ । बच्चा आमाले जन्माएपछि मात्र थाहा पाएको हुँ, को कस्को गर्भ हो ? जीउदो मरेको वा के कस्तो थियो मलाई थाहा छैन भन्ने समेत व्यहोराको नगेन्द्र लिम्बुको छोरा मनोज लिम्बुले प्रहरीमा गरिदिएको कागज । ५. मेरो श्रीमान्, २०५७ सालदेखि साउदी अरबमा काम गर्न जानु भएको हो,