निर्णय नं. ७७९८ - घर उठाई जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९८ - घर उठाई जग्गा खिचोला चलन भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/१२/२९ ४४०३ निर्णय नं. ७७९८ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह फैसला सम्वत् २०५९ सालका दे.पु नं. ८१८९ फैसला मितिः ०६३।१२।२९।५ मुद्दाः घर उठाई जग्गा खिचोला चलन । पुनरावेदक/प्रतिवादीः उदयपुर जिल्ला कटारी गा.वि.स. वडा नं. ८ वस्ने भीम बहादुर खत्री समेत विरुद्ध प्रत्यर्थी/वादीः ओखलढुंगा जिल्ला सिस्नेरी गा.वि.स.वा.न. ४ वस्ने तुल्सीमाया खत्री § मालपोत ऐन, २०३४ को दफा २ को खण्ड (ख३) मा कुनै व्यक्तिले मात्र नभै सार्वजनिक रुपमा प्रयोग गर्न पाउने परापूर्व देखि प्रचलनमा रहेको वाटो समेतलाई सार्वजनिक जग्गामा समाहित गरेको परिप्रेक्ष्यमा विवादित न.नं. २ को जग्गा सबैले प्रयोग गर्ने राजमार्गको जग्गा रहेकोले त्यस्तो जग्गाको दर्ता भएपनि स्वतः बदर हुने अवस्थाको देखिन आउने । § सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी दिने अधिकार सुकुम्वासी समस्या समाधान आयोगलाई रहे भएको समेत देखिदैन । दर्ता गरेको भएपनि उल्लेखित दफा २४ ले स्वतः वदर हुने प्रकृतिको भएकोले यस्तो जग्गालाई सुकुम्वासी समस्या समाधान आयोगले दिएको भनी स्थायी दर्ता श्रेस्ता समेत देखाउन नसकेको अवस्थामा विवादित अस्थायी दर्ता भएको भनिएको जग्गा प्रतिवादीको वैधानिक हक स्वामित्व भित्र रहेको भन्न नमिल्ने । (प्रकरण नं. १९) § फिरादपत्रको प्रकरण ४ मा “मेरो घरको अगाडि सडक तर्फ जाने वाटो समेतमा घर वनाई निकास बन्द भएको” व्यहोरा उल्लेख भएको देखिँदा, पुनरावेदन अदालत समेतबाट बाटो निकास बन्द गरेको भन्ने आधारमा सो घर हटाई दिने ठहर गरेको फैसला वादी दावी बाहिर गै फैसला गरेको भन्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री शम्भु थापा र कृष्ण थापा प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीरः फैसला न्या. राम कुमार प्रसाद शाहः पुनरावेदन अदालत राजविराजबाट मिति २०५८।५।२० मा भएको फैसला उपर प्रतिवादीवाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ उपदफा (१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई हेरी दिने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार रहेको छ : – २. उदयपुर जिल्ला कटारी गा.वि.स.वा.नं. १ (क) कि.नं. ५२७ को ज.वि. ०–०–५ र सो जग्गामा वनेको घर वम वहादुर राउतवाट मिति २०५३।१०।२८ मा मैले राजीनामा रजिष्ट्रेशन पारित गरी लिई अविच्छिन्न हक भोग भएको घर जग्गा हो । सो जग्गामा ०–०–३ धुर क्षेत्रमा मेरो घर रहेको र घर देखि पूर्वतर्फ हाल कटारी गा.वि.स.ले खनाएको ढल सम्म जग्गा खाली भई सडक तर्फ निस्कने वाटो समेतको लागि प्रयोग गर्दै आएकोमा उक्त खाली ज.वि. ०–०–२ जग्गामा विपक्षी समेतका मानिसहरु आई मिति २०५५।१०।१५ देखि जवर्जस्ती बाँसको टाटी सिमेन्टको टायल हाली मिति २०५५।१०।१६ गते सम्म घर तयार गरेको हुँदा उक्त जग्गाको कव्जा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. फिरादीले देखाएको जग्गा निजको नभई ऐलानी जग्गा हो । २०५३ साल आषाढ महिनामा तत्कालीन गा.वि.स. अध्यक्षसँग मौखिक सहमति लिई व्यवसाय गर्ने प्रयोजनको लागि मैले घर बनाई व्यवसाय गरी आएको छु । यसैबीच सुकुम्वासी समस्या समाधान आयोगको मिति २०५५।९।२३ को निर्णयानुसार सो जग्गा न.नं. १ (क)