निर्णय नं. ७७९९ - नामसारी हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९९ - नामसारी हक कायम भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/११/१० ३९२८ निर्णय नं. ७७९९ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा प्रसाद पण्डित माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी फैसला सम्वत् २०५९ सालको दे.पु.नं.८९९९ सम्बत् २०६१ सालको दे.पु.नं.९१५७ फैसला मितिः ०६३।११।१०।५ मुद्दाः नामसारी हक कायम । पुनरावेदक/वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.१ घर भै हाल का.जि. का.म.न.पा. वडा नं.८ बस्ने ऋद्धिकुमारी कार्की समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला झापा धरमपुर गा.वि.स.वडा नं.८ बस्ने ऋतध्वज कार्की भन्ने ऋद्धि वहादुर कार्की समेत पुनरावेदक/प्रतिवादीः प्रतिजिल्ला झापा धरमपुर गा.वि.स.वडा नं.८ बस्ने ऋतध्वज कार्की भन्ने ऋद्धि वहादुर कार्की समेत विरुद्ध प्रत्यर्थी/वादीः का.जि.का.म.न.पा. वडा नं.३३ ज्ञानेश्वर बस्ने सरिता कुमारी कार्की (थापा) समेत § अपुतालीको क्षेत्रमा मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा नभएमा छोरीले अपुताली पाउने गरी अपुतालीमा एकाउदरलाई प्राथमिकता दिई अपुतालीको १० र १२ नं.को व्याख्यामा छोरा भनेको ठाउँमा सौतेनी छोरा पनि हुने भनी व्याख्या गर्न नमिल्ने कुरालाई पुष्ट्याई दिइएको पाइन्छ । यसरी एकाउदरका छोरीले स्व.आमाको अपुताली आधासम्म मात्र पाउने भन्ने पुनरावेदन अदालतको निष्कर्ष कानून र न्याय सम्मत भएको नपाइने । (प्रकरण नं. १८) § पुनरावेदक प्रतिवादीहरु वादीहरुको आमाबाट भिन्न भएको भन्ने कुरा वण्डापत्रबाट देखिएको समेत हुँदा भिन्न भई सकेका प्रतिवादीहरुले सौतेनी आमाको स्याहार सुसार गरेको अनुमान गर्नु स्वाभाविक देखिन नआउँदा स्याहार गरेको भन्ने आधारमा पुनरावेदक प्रतिवादीहरुको अपुतालीमा हक पुग्न नसक्ने । (प्रकरण नं. २१) § रजिष्ट्रेशन महलको १ नं. अनुसार छुट्टि भिन्न भएकोमा संगोलमा बसेको भन्ने कुरा पारित लिखतबाट प्रमाणित नभएको अवस्थामा संगोलमा बसेको भन्न नमिल्ने । (प्रकरण नं. २२) § पालन पोषण समेत गरेको भनी पुरै अपुतालीमा दावी गरेकोमा शुरु जिल्ला अदालतले अपुतालीको ११ नं. र पुनरावेदन अदालतले एैजनको १० नं. को आधार लिएर आधा आधा गर्ने गरेको फैसला सो हदसम्म कानुन र न्यायसम्मत नदेखिने । (प्रकरण नं. २४) § पुनरावेदन अदालतले अपुतालीको १० नं. बमोजिम आधा ऐन बमोजिमका हकवाला वादीहरुको र बाँकी आधा अपुताली हक मृतकको स्याहार सम्भार गरी मृत्यु पश्चात काजक्रिया गर्ने हकवाला प्रतिवादीहरुको कायम हुने ठहर्‍याएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भै अपुतालीको सम्पत्तिमा वादीहरुको मात्र हक कायम हुने । (प्रकरण नं. २५) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश राउत प्रत्यर्थी वादीका तर्फबाटः विद्धान अधिवक्ता श्री मिथिलेश कुमार सिंह अवलम्बित नजीरः फैसला न्या. शारदा प्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत इलामको मिति २०५६।४।१६।१ को फैसला उपर वादी प्रतिवादीको दुवै तर्फबाट मुद्दा दोहोर्‍याई हेरी पाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – २. पिता रेवन्त बहादुरका ३ पत्नीमा जेठी पत्नीका सन्तान नभएका, माईली तर्फका जिवित सन्तानमा प्रतिवादीहरु ३ जना रहनु भएको र कान्छी रमाकुमारीका सन्तानहरु फिरादीहरु ३ छोरी मात्रै हौं । पिता रेवन्त वहादुरको २०२० सालमा परलोक