निर्णय नं. ७८०० - गुठी कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८०० - गुठी कायम भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/११/१३ ६६९७ निर्णय नं. ७८०० ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी फैसला संवत् २०५९ सालको दे.पु.नं. : ८००० फैसला मितिः ०६३।११।१३।१ मुद्दाः– गुठी कायम । पुनरावेदक गुठी संस्थान संचालक समिति, गुठी संस्थान केन्द्रिय कार्‍यालय काठमाडौं र आफ्नो तर्फबाट समेत गुठी संस्थान केन्द्रिय कार्‍यालयका प्रशासक सेमन्तराज चापागाई १ विरूद्ध विपक्षीः स्व. नारायण प्रसाद लामिछानेको मु.स.गर्ने का.जि.का.म.न.पा.वडा नं.९ बस्ने श्रीमती ईश्वरी देवी लामिछाने समेत § गुठी संस्थानका प्रशासकवाट मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनी थप अन्यौल सिर्जना गरी गुठी संस्थान समेतको तर्फबाट यस अदालतमा पुनरावेदन जिकिर लिएकोमा स्वयं निर्णय गर्ने गुठी संस्थानका तत्कालिन प्रशासकले गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम विवादित जग्गाका सम्बन्धमा निर्णय गरेको थिए भनि मिति २०५८।४।१५ मा गुठी संस्थानलाई लेखेको मिसिल संलग्न पत्रवाट देखिदा संस्थानका प्रशासकले गरेको मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको निर्णय होईन भनि भन्न नमिल्ने। § साविक देखि नै मोहीमा कमाएको जग्गामा भएको दर्तावाल मोहीको हकमा असर पर्ने गरी गुठी संस्थानका प्रशासकबाट भएको निर्णयलाई कानून बमोजिमको निर्णय मान्न नसकिने । § खोला पसी वेकायम भै तिरो मिन्हा समेत भएकोमा जग्गा कायम भएपछि तिरो तिरेर त्यस्तो जग्गा भोग गर्न पाईने भन्ने जग्गा मिच्नेको महलको ३ क को देहाय (२) र (३) र जग्गा पजनीको ८ नं. मा कानूनी ब्यबस्था समेत भएको हुँदा यस्तो संस्थानका प्रशासकले श्री ५ को सरकारका नाममा दर्ता गर्ने गरी गरेको निर्णय मनासिव नदेखिंदा विवादित जग्गाका दर्तावाल मोही विपक्षीहरुलाई मोही कायम नगर्ने गरी गरेको निर्णयलाई कानून सम्मत मान्न नसकिने । (प्रकरण नं. २७) § मोहीयानी हकको प्राप्ती वा मोहीयानी हकको तेरो मेरो सम्बन्धी विवाद उठेको नभै पहिले देखि अविच्छिन्न रहेको दर्तावाला मोहीको मोहीयानी हकलाई प्रशासकको निर्णयवाट मोहीको हकलाई समाप्त गरेकोमा पुनरावेदन अदालतले मोहीको हकलाई निरन्तरतासम्म दिएको देखिन्छ । मोहीको मोहीयानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धमा विवाद सिर्जना भएमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१(क)(१) ले भूमी सुधार अधिकारीको क्षेत्राधिकारको बिषय हुन सक्ने हो तर गुठीमा भैरहेको दर्तावाला मोहीको हकलाई अदालतले दर्तावाला मोही हो भनी निरन्तरता दिन मिल्दैन भनि संकुचित अर्थ लगाई साँधुरो व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. २८) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल विपक्षी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने र श्री माधव बास्कोटा अवलम्बित नजीरः फैसला न्या. राजेन्द्र कुमार भण्डारीः पुनरावेदन अदालत, पाटनको मिति २०५९।२।२० को फैसला उपर पुनरावेदकको तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. श्री पशुपति सदावर्त गुठीको साविक सिनामंगल वडा नं.२ (ख) कि.नं.२४७ को क्षेत्रफल ०–३–० र कि.नं.१०१ को क्षेत्रफल १–९–० जग्गाको हाल नयाँ नापी हुँदा का.जि.का.म.न.पा. वडा नं.९ कि.नं.४५ को क्षेत्रफल २–६–०–२ जग्गा ठहर भएको हुँदा उक्त बढ भएको जग्गाको बाल