निर्णय नं. ७८०१ - अदालतको अपहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८०१ - अदालतको अपहेलना भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६३/०९/१३ ४९३९ निर्णय नं. ७८०१ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी फैसला सम्वत् २०६० सालको फौ.पु.नं. : ३३७७ फैसला मितिः २०६३।९।१३।५ मुद्दाः अदालतको अपहेलना । पुनरावेदक/निवेदकः जिल्ला सिरहा खरुक्याही गा.वि.स. वडा नं. ८ वस्ने जुगुतलाल यादव विरुद्ध प्रत्यर्थी/विपक्षीः जिल्ला सिरहा जिझौला गा.वि.स. वडा नं. ८ बस्ने सोमन ठाकुर वडही समेत § अवहेलना सम्बन्धी मुद्दा अदालतले आफ्नो स्वतन्त्रता न्यायिक गरिमा र अदालत प्रतिको जनआस्था जोगाउने प्रयोजनको लागि अदालत आफैँ वादी भई चलाउने मुद्दा हो । जसको निवेदनबाट कारवाही प्रारम्भ भए पनि यसमा वादी पक्ष अदालतनै हुन्छ । निवेदकको दाइत्व अदालतको अवज्ञा वा असम्मान भएको घटनाको जानकारी सम्म गराउने हो । हक बेहक वा पीडित वा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम अवहेलना मुद्दाको निवेदकको दाइत्व भित्र नपर्ने। § कुनै अदालतले आफ्नो अवहेलना भएको छैन भन्ने ठहर गरेबाट अवहेलना मुद्दाको निवेदक माथि कुनै विपरीत असर पर्ने अवस्था हुँदैन । त्यसकारण अवहेलना मुद्दामा आरोप ठानी विपक्षीले सजाय पाएमा निजले कानून बमोजिम पुनरावेदन गर्न पाउँछ, अन्यथा निजले सफाई पाएमा त्यसबाट अवहेलना मुद्दाका निवेदकको लागि पुनरावेदन गर्न पाउने कानूनी हकको सिर्जना नहुने । (प्रकरण नं. ९) पुनरावेदक निवेदकका तर्फबाटः वरिष्ठ अधिवक्ता श्री महादेव यादव प्रत्यर्थी विपक्षीका तर्फबाटः × अवलम्बित नजीरः × फैसला न्या. ताहिर अलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. विपक्षीहरुले मेरो कि.नं. ९९१ को ०–०–११ जग्गामा ईटा समेत थुपारी जवरजस्ती दिवाल हाली खपडाको छानो हाल्छौं भनी तयार भएकोले मैले मिति ०५५।२।१५ गते दे.ठा.नं. ३३९ को निषेधाज्ञा मुद्दा हाली बिपक्षीहरुका नाममा मिति ०५९।२।१६ मा अन्तरिम आदेश भई सो आदेश तामेल समेत भै सकेकोमा मेरो कि.नं. ९९१ को ०–०–११ जग्गामा भएको २ थान फुसको घरको भित्ता उखेली जवरजस्ती मजदुरहरुलाई खटाई ईटाको दिवाल लगाउन शुरु गरेको र सम्मानित अदालतवाट भएको अन्तरिम आदेशको अपहेलना गरेको हुँदा बिपक्षीहरुलाई हदै सम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक जुगुतलाल यादवको मिति ०५९।३।२ गतेको निवेदनपत्र । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको अदालतको अपहेलनामा सजाय किन गर्न नपर्ने हो अदालतको अपहेलनामा सजाय गर्न नपर्ने कुनै कारण भए आफुसँग भएको सवुद प्रमाण संलग्न राखी वाटाको म्याद वाहेक १५ दिन भित्र आफै वा वारेस वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदकको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति ०५९।३।३ गतेको पुनरावेदन अदालतको आदेश । ४. प्रस्तुत निवेदनमा उल्लेखित गरिएको दे.ठा.नं. ३३९ को निषेधाज्ञाको मुद्दाको अन्तरिम आदेश र समाह्वान म्याद हामीले पाएका छैनौं विपक्षीले दावी गरेको साविक कि.नं. ९९१ को जग्गाको चौहदी भित्र नपरेको जग्गामा हामी पुस्ताको अबिछिन्न वसोवास भोग भै आएको जग्गालाई बिपक्षीले कव्जा गर्न मिति ०५५ सालको दे.नं. २१५३ को घर वहाल दिलाई घर खाली