निर्णय नं. ९०५६ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०५६ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: पौस अंक: ९ फैसला मिति :२०७०/०५/२६ ३२६८ ने.का.प. २०७०, अङ्क ९ निर्णय नं.९०५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय आदेश मिति : २०७०।५।२६।४ ०६७-WO-०२०६ विषय : उत्प्रेषणयुक्त परमादेश । रिट निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी घर भई हाल जिल्ला विकास समितिको कार्यालय, काठमाडौंको टिम लिडर (अधिकृत छैठौं तह) को पदमा कार्यरत् शारदा कँडेल विरूद्ध विपक्षी : जिल्ला विकास समितिको कार्यालय, काठमाडौं बानेश्वर, काठमाडौंसमेत § टिम लिडर (अधिकृत छैठौं तह) मा सरूवा गरी न्यूनतम् योग्यताका सम्बन्धमा स्वीकार गरिसकेपछि सोबमोजिमको दरबन्दीको पदमा आवश्यक कागजात नै नभएको भनी लिखित प्रतिवाद गर्न नमिल्ने । § दरबन्दी नभएको पदमा नियुक्त भएको भए सरूवालाई स्वीकार गर्न नसक्नु पर्ने र लामो समयसम्म सो पदमा तलब भत्ता सुविधा खुवाउन सक्ने अवस्थासमेत नरहने । § करारद्वारा सिर्जना भएको पद भए पनि सरूवासमेत भै कायम रहेको पद हुँदा दरबन्दीरहित पदमा कार्यरत् रहेको र सरूवा भएको भन्न नमिल्ने । (प्रकरण नं.४) रिट निवेदकका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ता श्री इन्द्र खरेल, कृष्ण थापा विपक्षीका तर्फबाट : विद्वान अधिवक्ता श्री मनुबहादुर गुरूङ् अवलम्बित नजीर : सम्बद्ध कानून : § स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २१३क आदेश न्या.कल्याण श्रेष्ठ: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– निवेदिकाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेकी छु । जिल्ला विकास समितिको कार्यालय, धादिङद्वारा सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्तासमेतमा प्रतिस्पर्धाको आधारमा छनौट भई मिति २०५७।८।११ को उक्त कार्यालयको निर्णयबाट मिति २०५७।८।१४ देखि उक्त जिल्ला विकास समितिअन्तर्गतको स्वीकृत दरबन्दीको अधिकृत छैठौं तहको टिम लिडरको पदमा काममा लगाइएको भए पनि तत्काल नियुक्ति पत्र दिइएको थिएन पछि कार्यारम्भ गरी सकेपछि मिति २०५८।२।१४ मा सम्झौता भई निरन्तर कार्य गरी आएकी छु । प्रत्यर्थी जिल्ला विकास समितिको मिति २०६१।१०।५ को निर्णय नं. ८ को निर्णयबाट स्थानीय कोषको गतिविधि सञ्चालन गर्नको लागि टोली नेता (अधिकृत छैठौं तह) सिर्जना गर्ने भनी निर्णय भएको र सोबमोजिम निर्णय भई सिर्जना भएको दरबन्दीमा कार्य गर्नको लागि निवेदिकालाई तत्कालीन श्री ५ को सरकार (सचिव स्तर) को मिति २०६१।१०।५ को निर्णयअनुसार म निवेदिका तत्कालीन कार्यरत् रहेको जिल्ला विकास समिति, धादिङको टिम लिडर (अधिकृत छैठौं तह) को पदबाट प्रत्यर्थी जिल्ला विकास समिति, काठमाडौंको सोही पदमा सरूवा गरिएको भनी उक्त मन्त्रालयको मिति २०६१।११।१० को पत्र दिइएकोले हाल निवेदिका प्रत्यर्थी जिल्ला विकास समिति, काठमाडौंमा कार्यरत् रहेकी छु । स्थानीय स्वायत्त शासन नियमावली, २०५६ मा मिति २०६३।६।३० मा तेस्रो संशोधनबाट नियमावलीमा नियम २१३क थप गरी २०५९ साल असार मसान्तभित्र स्थानीय निकायको स्वीकृत दरबन्दीमा नियुक्ति भई यो नियम प्रारम्भहुँदाको बखतसम्म अविच्छिन्न रूपबाट सोही पदमा कार्यरत् रहेका उक्त नियमावलीबमोजिमको न्यूनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरूबीच म