निर्णय नं. ८०६८ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०६८ - उत्प्रेषण समेत । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/२९ ४१०७ निर्णय नं. ८०६८ जेठ, २०६६ अङ्क २ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती रिट नं. – २०६३–WS–००४२ आदेश मितिः २०६५।११।२९।५ विषय : उत्प्रेषण समेत । निवेदकः काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बस्ने अधिवक्ता नारायण श्रेष्ठ विरुद्ध विपक्षीः महान्यायाधिवक्ताको कार्यालय समेत § लागू औषधको परिभाषा र लागू औषध नियन्त्रणको विषयलाई समय सापेक्ष रूपमा पुनरावलोकन गर्दै नजाने हो र एकपटक औषधीका रुपमा मान्यता दिइएको पदार्थलाई सदैव सोही रुपमा छाडिदिने हो भने त्यसले लागू औषधको उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण होइन, प्रोत्साहन मिल्न जाने । § मनोद्दिपक पदार्थ (Pschycotropics substances) अन्तर्गत पार्नुपर्ने पदार्थलाई लागू औषधको सूचीमा समावेश गरिएको वा औषधी ऐन, २०३५ को सटृामा लागू औषध (नियन्त्रण) ऐन, २०३३ लागू हुने भन्ने कुराले कसैको मौलिक अधिकारमा अनुचित बन्देज लाग्ने अवस्था नहुँने र संविधान प्रतिकूल पनि नहुने । (प्रकरण नं.३) निवेदकतर्फबाटः विपक्षीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ (१) § लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३(क)(७),२३(क) आदेश न्या.अनूपराज शर्माः– नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ अन्तर्गत दायरभई इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ ले संविधानसँग वाझिएको कानून बाझिएको हदसम्म अमान्य र बदर घोषित गर्ने असाधारण अधिकारक्षेत्र सर्वोच्च अदालतलाई भएको र निवेदक नेपाली नागरिक भएको हुनाले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा २३क को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था संविधान तथा नेपालले हस्ताक्षर गरेको Convention on psychycotropics substances - 1971 सन्धिको समेत प्रावधान विपरीत रहेकोले बदर गराउने सम्बन्धमा निवेदन दिने हकदैया रहेको छ । लागू औषध नियन्त्रण ऐन, २०३३ कोदफा ३(क)(७) अनुसार लागू औषध भन्नाले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशितगरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दिपक पदार्थ र तिनको लवणहरू तथा अन्य पदार्थसमेत सम्झनु पर्छ भन्ने उल्लेख भएको छ । त्यस्तै औषधी सम्बन्धी ग्रन्थ (फर्माकोपिया) हरूमा तोकिएको नाम र परिमाणका ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन जस्ता फर्मास्यूटिकल बनोटका औषधीको उत्पादन, वितरण, निकासी पैठारी, सञ्चय र सेवन औषधी ऐन, २०३५ बमोजिम हुनेछ । तर त्यस्ता लागू औषध र मनोद्दिपक पदार्थहरूका कच्चा पदार्थ (कोरा रसायन) हरूको उत्पादन, बिक्री वितरण, निकासी पैठारी, सञ्चय र सेवनको सम्बन्धमा यसै ऐन बमोजिम हुनेछ भनी उल्लेख भएको छ । नेपालले Convention on psychycotropics substances - 1971 मा हस्ताक्षर गरिसकेको अवस्थामा मिति २०५१।२।२ को राजपत्रमा Lysergide, methaquolone, Buprenorphine आदिलाई लागू औषधको सूचीमा राखिएको छ । तर सो Convention ले ती वस्तुहरूलाई Pschycotropics substances अन्तर्गत राखेको छ । यस्तो अवस्थामा राजपत्रको उक्त सूचना बदरभागी रहेको छ । साथै सोही सूचनाको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा २३क. को प्रत