निर्णय नं. ८१४१ - निर्णय दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१४१ - निर्णय दर्ता बदर हक कायम भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०३/२५ ३५०३ निर्णय नं.८१४१ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह संवत् २०५६ सालको दे.पु.ई.नं........ ३५ फैसला मितिः २०६६।३।२५।५ मुद्दाः– निर्णय दर्ता बदर हक कायम । पुनरावेदक/प्रतिवादीः जीतबहादुर ताम्राकारको मुद्दा सकार गर्ने ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं. १९ बस्ने कान्छी ताम्राकार समेत विरुद्ध प्रत्यर्थी वादीः पूर्णकृष्ण ताम्राकारको मुद्दा सकार गर्ने ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं. १९ बस्ने रामलाल ताम्राकार समेत शुरु फैसला गर्नेः जि.न्या.श्री लोकेन्द्र मल्लिक पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री मीनबहादुर रायमाझी मा.न्या.श्री कोमलनाथ शर्मा सर्वोच्च अदालत :– मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री अर्जुनप्रसाद सिंह § लगाउमा रहेको मुद्दाबाट एउटै साविक लगत र मोठ श्रेस्ता भित्रको जग्गा सगोलको हो भनी निजका हकदारसमेतले हक कायम गराई लिएको अवस्थामा सोही साविक लगत र मोठ श्रेस्ता भित्रको विवादित जग्गामा हक नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.७) § सबैको अंशहक निहित रहेको अवण्डा गोश्वाराको साविक लगत भित्रको विवादित जग्गा अंशियारको मञ्जूरी विना कुनै एक अंशियारले आफ्नो हक लाग्ने भन्दा बढी हक छाडेको भरमा हक नछोड्ने अन्य अंशियारहरूको समेत हक जान्छ भन्ने अर्थ गर्न नमिल्ने । § एकासगोलमा रहेको अवण्डाको जग्गा अंशियार भन्दा वाहिरको उनाउ व्यक्तिले अनधिकृत र दूषित रुपमा निर्णय दर्ता गराएको अवस्थामा हक पुग्नेले मुलुकी ऐन, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को कानूनी आधारमा फिराद गर्न सक्ने । (प्रकरण नं.८) प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री शिवराज अधिकारी, श्री भोजेन्द्रबहादुर खत्री र श्री मोतिराज गौतम प्रत्यर्थी वादीहरूका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ § अंशवण्डाको ३५ नं. आदेश न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति २०५६।३।७ को फैसला उपर प्रतिवादी जीतबहादुर ताम्राकारको तर्फबाट पुनरावेदन परी यस अदालत संयुक्त इजलाससमक्ष पेश हुँदा मत्यैक्यता हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– हामीहरूको जिजुबाजे देवराजको छोरा हाम्रो बाजे भाजुराज मात्र हुनुहुन्थ्यो । बाजे भाजुराजको ३ छोरामा जेठा स्व.चीनियामान, माहिला स्व.सत्यलाल र कान्छा स्व.तुइसिंह भएकोमा तुइसिंहको निःसन्तान अवस्थामै परलोक भएबाट दुईजना मात्र कायम रहन गएकोमा पैत्रिक सम्पत्ति चीनियामानको नाममा दर्ता रहेको थियो । चीनियामानको चार छोराहरूमा जेठा केशव ताम्राकारको अघि नै मृत्यु भै माहिला माधवलाल, साहिला म पूर्णकृष्ण र कान्छा म बसन्तकृष्ण समेत ३ जना मात्र भएकोमा माधवलालको पनि २०३९ सालमा मृत्यु भएको निजको एकमात्र छोरा प्रतिवादी मध्येको गोपालकृष्ण रहेका छन् । चीनियामानका भाई सत्यलाल तर्फको हकदारमा म साइला ताम्राकार तथा छेपलाल ताम्राकार छौं । चीनियामानको शेषपछि निजको नाउँ दर्तामा रहेका सगोलका जग्गा