निर्णय नं. ८१४२ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१४२ - जवर्जस्ती करणी भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०३/०२ ८०८५ निर्णय नं.८१४२ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फौ.पु.नं.: ०६४–CR–०४५४ फैसला मितिः २०६६।३।२।३ मुद्दा : जवर्जस्ती करणी । पुनरावेदक वादीः लतिकको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः स्याङ्गजा जिल्ला आरुचौर गा.वि.स. वडा नं. ७ बस्ने टेकबहादुर क्षेत्री अघि फैसला गर्नेः मा.न्या. श्री हरिप्रसाद वगाले पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री मोहनप्रसाद घिमिरे मा.न्या. श्री देवेन्द्रराज शर्मा § करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the Crime का रुपमा लिनु पर्ने । (प्रकरण न.२) § जवर्जस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेप समेत नभएको तर बालिकाको उमेर अत्यन्त कम भएकै कारणले मात्र योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन नमिल्ने । (प्रकरण न.३) § बालिकाको उमेर अत्यन्त कम भएकै कारणले गर्दा बालिकाको योनीभित्र निजको लिङ्ग प्रवेश नगरेकै आधारमा निजको क्रियालाई जवर्जस्ती करणीको उद्योगका रुपमा मात्र सीमित गराउन नमिल्ने । (प्रकरण न.४) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः नेकाप २०६३ नि.नं.७६५२, पृ. २३२ सम्बद्ध कानूनः ट्ट जवर्जस्ती करणीको महलको ३(१) र १० फैसला न्या.अनूपराज शर्माः शुरु फैसला सदर गर्ने पुनरावेदन अदालत पोखराको फैसला उपर परेको मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) अन्तर्गत दोहोर्याई हेर्ने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहाय बमोजिम रहेको छ:– (तथ्य प्रस्तुत गर्दा विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम मुद्दाका पीडित, जाहेरवाला, पीडितका बाबु आमा, घटना सम्बन्धमा प्रारम्भमा जानकारी गराउने पीडितकी साथी र साथीकी आमासमेतको वास्तविक नाम परिवर्तन गएिको छ । त्यसरी परिवर्तित नामसहितको विवरण छुट्टै उल्लेख गरिएको छ). जिल्ला स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं. १० स्थित सार्वजनिक साझा ठाँटीमा शोभना (नाम परिवर्तन) लाई टेकबहादुर क्षेत्रीले करणी गरेको भनी देखाइएको घटनास्थल मुचुल्का । पीडित बालिकाको योनी तथा स्वास्थ्य जाँच गर्दा योनि वरपर डाम र तिघ्रा वरपर गाला समेतमा रातो भएको पाइयो भन्ने समेत व्यहोराको जिल्ला अस्पताल स्याङ्गजाको प्रतिवेदन । मेरो सहोदर दाजु रोदन (नाम परिवर्तन) की छोरी वर्ष ८ की शोभना मिति २०६१।१०।१७ गते स्कूल पढ्न गई बेलुका घर आई खाजा खाई भैंसी गोरुलाई ओछ्याउने पत्येउला लिन भनी ताता खोला भन्ने ठाउँमा रहेका वुट्यानका झरेका पातहरू लिन जाँदा विपक्षी टेकबहादुर क्षेत्रीले मेरो भतिजी (छोरी) लाई जवर्जस्ती करणी गरेका रहेछन् । निज रोई कराई गर्दा सुनी थाहा पाई उक्त ठाँटीतर्फ गई हेर्दा रोइरहेको अवस्थामा नावालक छोरीलाई फेला पारी निज टेकबहादुरलाई पनि नियन्त्रणमा लिई पीडितको बुबा घरमा नहुँदा र आमा मूर्छित परेकी हुँदा मैले यो जाहेरी दिन आएको छु । नावालक छोरीलाई जवर्जस्ती करणी गर्ने विपक्षीलाई कारवाई गरिप