निर्णय नं. ८१४३ - निषेधाज्ञा परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१४३ - निषेधाज्ञा परमादेश भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०१/१० ३०८६ निर्णय नं.८१४३ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री प्रकाश वस्ती सवंत् २०५९ सालको दे.पु.नं. .......९०७६ आदेश मितिः २०६६।१।१०।५ मुद्दाः निषेधाज्ञा परमादेश । पुनरावेदक निवेदकः जिल्ला सर्लाही हरिऔन स्थित इन्दुशंकर चिनी उद्योग लिमिटेड मुख्य कार्यालय जिल्ला पर्सा बीरगञ्ज उपमहानगरपालिका वडा नं. ७ का अधिकारप्राप्त सञ्चालक ऐ ऐ बस्ने विश्वनाथ केडिया विरुद्ध प्रत्यर्थी विपक्षीः कर कार्यालय बीरगञ्ज हाल आन्तरिक राजश्व कार्यालय पर्सा समेत शुरु आदेश गर्नेः मा.न्या.श्री परमानन्द झा मा.न्या.श्री हरिबहादुर बस्नेत § १३ वर्षसम्म आयकर छुटको सुविधा पाएको उद्योगले आफ्ना लगानीकर्ताहरूलाई बाँड्ने मुनाफाको हिस्सामा प्रत्यक्ष वा परोक्ष रुपले कर नलाग्ने स्पष्ट कानूनी व्यवस्था रहेकोमा कानूनबमोजिम आयकर छुट पाएको उद्योगले गरेको आयबाट वितरीत मुनाफाको हिस्साबाट आर्थिक ऐन, २०५४ को अनुसूची ७ को दफा ४० बमोजिम लाभांश कर लगाउन कानूनतः मिल्ने अवस्था देखिन नआउने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः वरिष्ठ अधिवक्ताद्वय श्री सुशीलकुमार सिन्हा र श्री रतनलाल कानौडिया प्रत्यर्थी तर्फबाटः विद्धान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० (ख),१५ § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ण) § आर्थिक ऐन, २०५४ को अनुसूची ७(४०) आदेश न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत हेटौँडाबाट २०५९।४।२३ मा भएको आदेशउपर चित्त नबुझी निवेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः– औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ण) बमोजिम लगानीबाट प्राप्त लाभांशमा कर नलाग्ने प्रष्ट व्यवस्था भएको र निवेदक उद्योगको २०४३।९।३ देखि १३ वर्षको लागि आयकर छुट अवधि भएकोमा विपक्षीले आ.ब. २०५४।०५५ को लाभांश वितरण गरेकोमा विपरीत लाभांशमा १५ ले लाग्ने लाभांश कर दाखिल गर्नु भन्ने विपक्षीको पत्र प्राप्त भै कानूनले नलाग्ने कर नागरिक अधिकार ऐन, २०१२ को दफा ६(६), ७, ८ र ९ को प्रतिकूल मेरो अधिकारमा आघात पुर्‍याउने आशंका हुँदा सो कर असूल नगर्नु भनी विपक्षीहरूका नाउँमा सोही ऐनको दफा १७(२) बमोजिम निषेधाज्ञा एवं मिश्रित परमादेश जारी गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन जिकीर । निवेदकको मागबमोजिम निषेधाज्ञायुक्त परमादेश जारी हुन नपर्ने सबुद प्रमाण भए लिखित जवाफसहित पेश गर्न विपक्षीहरूका नाउँमा म्याद जारी गर्ने र लिखित जवाफ परेपछि ठहरेबमोजिम हुने गरी निवेदनमा उल्लिखित लाभांश कर दाखिला नगराउनु भनी अन्तरिम आदेशसमेत जारी गरेको पुनरावेदन अदालत हेटौँडाको २०५८।६।२३ को आदेश । आर्थिक ऐन, २०५४ को अनुसूची ७ को दफा ४० मा मुनाफाबाट आयकर नतिरी लाभांश वितरण गर्दा त्यस्तो लाभांशको पन्ध्र प्रतिशतका दरले हुन आउने रकम अग्रीम आयकर बापत कर कार्यालयमा दाखिला गर्नुपर्नेमा नगरेको हुँदा अरु उद्योगमा लगानी गरेमा बाहेक उद्योगले वितरण गरेको लाभाशंमा लाभांश कर तिर्नु नपर्ने भनी कानूनले कहिँ कतै नभनेको अवस्थामा कानूनको गलत अर्थ गरिदिएको रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षीहरूको लिखित जवाफ । औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ण) मा उद्योगमा गरेको लगानीबाट प्राप्