निर्णय नं. ८०६९ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६९ - कर्तव्य ज्यान । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/२२ ३६३८ निर्णय नं. ८०६९ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तपबहादुर मगर फौ.पु.इ.नं.. २१ फैसला मितिः २०६५।११।२२।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका चिकमुँगल बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री विष्णुप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री कोमलनाथ शर्मा मा.न्या.श्री खेमराज शर्मा सर्वोच्च अदालत संयुक्त इजलास मा.न्या.दीलिपकुमार पौडेल मा.न्या. श्री राजेन्द्रकुमार भण्डारी § घटनाको कारणका रुपमा प्रस्तुत गरिएको तथ्य अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि प्रमाणित भएबाट सो वयान स्वेच्छा प्रतिकूलको भनी अदालत समक्ष दावी लिँदैमा त्यस्तो वयानको प्रामाणिक मूल्यमा प्रश्न उठाउन नमिल्ने । (प्रकरण नं.४) § लाश प्रकृति मुचुल्काले बाहिरबाट देखिने लाशको अवस्थाको सामान्य चित्रण मात्रै गर्ने र त्यसरी मुचुल्का तयार गर्दा विशेषज्ञको उपस्थिति नरहने यथार्थतालाई पनि विर्सन नमिल्ने । § सामान्य अवस्थामा बाहिरबाट हेर्दा नदेखिने कतिपय घाउ, चोट, दाग वा चिन्ह शव परीक्षणका क्रममा देखिनुलाई अन्यथा मान्न नसकिने , किनभने शव परीक्षण भनेको शवको बाहिरी तथा भित्री सम्पूर्ण अवस्थाका सम्बन्धमा विशेषज्ञद्वारा गरिने विशेष अध्ययन, अनुसन्धानयुक्त परीक्षण भएकाले त्यस्तो परीक्षणबाट शवमा रहेका मृत्युअघि (Ante-Mortem) र मृत्युपछि (Post-Mortem) का सबै लक्षणहरूको पहिचान गरिने हुँदा त्यस्तो परीक्षणबाट देखिएको चिन्ह लाश प्रकृति मुचुल्कामा नदेखिएको अवस्थालाई ती दुई प्रमाणका बीचमा तादात्म्यता नरहेको भनी संज्ञा दिन नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी विपक्षी प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभ मैनाली, श्री गीता पाठक, संग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार बाँस्कोटा अवलम्वित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ९(२)(क), १८ § ज्यानसम्बन्धी महलको १३(३) फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५४।३।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी/प्रतिवादी दुबैतर्फको पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मिति २०४९।९।२४ गतेदेखि म आफ्नो घरमा काजक्रियामा रहेकोले सानीआमा (नानीशोभा उदास) लाई भेटघाट गर्न सकेको थिइन । उनी नै म कहाँ वेला वेलामा आउँदथिन् । मिति २०४९।९।२७ का दिन म आफ्नो अफीसमा गएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा सदस्य माणिकरत्न स्थापितले तिम्रो सानीमा दूध लिन पनि आएकी छैनन्, ३ दिन देखि कतै देखिएकी छैनन् । ढोका वन्द छ भनी निजले भने पछि निज वडा सदस्य र म गै हेर्दा ढोका बन्द थियो । निज वडा सदस्यकै सल्लाह अनुसार पुलिसलाई खवर गरी पुलिस लिई