निर्णय नं. ७६९४ - बहु बिवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६९४ - बहु बिवाह भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०२/०४ १९७१२ निर्णय नं.७६९४ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०६२ सालको फौ.पु.ई.नं. .....१५ फैसला मितिः २०६३।२।४।५ मुद्दाः– बहु बिवाह । पुनरावेदक र प्रतिवादीः नुवाकोट जिल्ला थानापति गा.वि.स. वडा नं. ६ घर भै हाल का.म.न.पा. वडा नं.२९ वस्ने दिपक पाण्डे समेत विरुद्ध प्रत्यर्थी र वादीः सरस्वती पाण्डे (अधिकारी) को जाहेरीले श्री ५ को सरकार § सरकारवादी हुने मुद्दाहरुमा थाहा पाएको मितिवाट ऐनको हदम्याद शुरु हुने अवस्थामा वारदातका सम्वन्धमा वादीले कहिले थाहा पायो ? सो नै हेर्नुपर्ने । § अनुसन्धान तहकीकात गर्ने अधिकारप्राप्त निकायले थाहा जानकारी पाएपछि मात्र मुद्दाको कारवाही अगाडि बढ्न सक्ने भएकोले जाहेरवालाले थाहापाएको मितिलाई नै वादीले स्वतः थाहापाएको भनी अनुमान गर्न नमिल्ने । § कानूनले फौजदारी मुद्दाको रुपमा लिएको वहुविवाहसम्वन्धी कसूरको अनुसन्धान कारवाही गरी मुद्दा चलाउन सक्ने गरी कानूनबमोजिम अधिकारप्राप्त अधिकारीले वारदातको बारेमा जानकारी पाएपछि कानूनबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन नसक्ने भन्न नमिल्ने । § जाहेरवालीले गरिदिएको मिति २०५३।२।१४ को वण्डापत्रको लिखतवाट प्रतिवादीहरुका बीच २०५२।८।१६ मा विवाह भएको व्यहोरा निजलाई पहिले नै थाहा भएको भन्ने मात्र आधारले प्रस्तुत मुद्दामा मुलुकी ऐन, विहावारीको महलको ११ नं. मा व्यवस्थित हदम्याद नघाई अभियोगपत्र दायर भएको मान्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री हिरा रेग्मी प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको ०५६।९।३० को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) वमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुंदा संयुक्त इजलासवाट सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ:- २. २०५१ साल फागुणमा वैदिक परम्परा अनुसार दिपक पाण्डेसंग मेरो विवाह भई २०५२ साल माघ महिनामा छोरा उदय राज पाण्डेको जन्म भएको थियो । घरमा म जेठी श्रीमती छंदा छंदै निज पतिले विपक्षी उषा संग विवाह गरेको हुंदा दुवै जनालाई मुलुकी ऐन विहावारीको १० नं. वमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवाली सरस्वती मेरो जेठी श्रीमती हुन् । निजवाट एक छोराको जन्म भइसकेकोछ । उषा न्यौपानेलाई दोश्रो श्रीमतीको रुपमा प्रेम विवाह गरी ल्याएको हुं भन्ने समेत व्यहोराको प्रतिवादी दिपक पाण्डेको वयान । ४. दिपक पाण्डेसंग खुसिराजीले विवाह गरेकी हुं । दिपक पाण्डेको घरमा श्रीमती सरस्वती छिन् भन्ने कुरा मलाई विवाह हुनु भन्दा पहिले नै थाहा थियो भन्ने समेत व्यहोराको प्रतिवादी उषा पाण्डेको वयान । ५. दिपक पाण्डेको जाहेरवाली जेठी श्रीमती छंदा छंदै निजले उषासंग विवाह गरेका हुन् । जानी वुझी उषाले दिपकसंग विवाह गरेकी हुन् भन्ने समेत व्यहोराको विनोदप्रसाद उप्रेती, रामवहादुर कुंवर, कुमार रिजाल, विरेन्द्र डंगोलको वेग्ला वेग्लै कागज । ६. मिति ०५३।४।१० का दिन मात्र दिपक पाण्डेले उषा पाण्डेलाई कान्