निर्णय नं. ८१४४ - निर्णय बदर, दर्ता बदर, सार्वजनिक इनार बाटो निकास खुलाई
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१४४ - निर्णय बदर, दर्ता बदर, सार्वजनिक इनार बाटो निकास खुलाई भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/२४ ४८३३ निर्णय नं.८१४४ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संम्वत २०६० सालको दे.पु.नं......९०२८ फैसला मितिः २०६५।१२।२४।२ मुद्दाः निर्णय बदर, दर्ता बदर, सार्वजनिक इनार बाटो निकास खुलाई । पुनरावेदक/प्रतिवादीः जिल्ला रौतहट गा.वि.स. सरुअठा वडा नं. ८ बस्ने जगरनाथ राय यादव विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला रौतहट गा.वि.स.सरुअठा वडा नं.८ बस्ने राममंगलप्रसाद सिंह शुरु निर्णय गर्ने : मा.जि.न्या. श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्नेः मा.न्या श्री कल्याण श्रेष्ठ मा.न्या.श्री लोकेन्द्र मल्लिक § कुनै पनि जग्गा जमिनको साँध सिमानामा सार्वजनिक र निजी मिस्रित अवस्थामा रहेमा घटी–बढी भएमा सम्बन्धित जग्गाधनी र जग्गाका संधियार जनप्रतिनिधिसहितको सर्जमीन तथा नापी निर्णय समेतले तोकेको क्षेत्रफल नै जग्गाको निश्चित क्षेत्रफल मान्नु पर्ने भई त्यस किसिमको नरबढी जग्गा निर्विवाद रुपमा सम्बन्धित जग्गाधनीलाई प्राप्त हुने । (प्रकरण नं.४) § सार्वजनिक जग्गामा हुने कुनै औचित्यपूर्ण सामग्री हुनसक्ने आधारसमेत नदेखिंएको अवस्थामा नापी, खरिद र भोगमा कायम रहेको जग्गामा नरबढी रहेको जग्गा ससीम प्रकृतिको जग्गा रहेको स्थितिमा नरबढी कायम गरिसकेको निर्णय समेत स्पष्ट रहेको अवस्थामा त्यस्तो नरबढी जग्गा जति सार्वजनिक कायम हुने । (प्रकरण नं.७) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रभात अधिकारी प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ७ उपदफा १ देखि ४ § मालपोत ऐन, २०१९ (सातौ संशोधन) को दफा ७ § मालपोत ऐन, २०३४ को दफा ७(३) फैसला न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– स्व.महमद जान मियाँकी श्रीमती धरखनिया कवारिनको हक भोगचलनको गा.वि.स.सरुअठ्ठा वडा नं.८ कि.नं. २०२ को ०–०–३ जग्गा निजबाट प्रतिवादी जगरनाथ रायले मालपोत कार्यालय रौतहट गौरबाट २०५३।२।२ गतेमा र.नं. ७४८७ को राजीनामा लिखत पारित गरी लिएकोमा उक्त जग्गाको साविक जग्गा धनीकै बखत नै सो जग्गाको चारैतर्फ साँधमा गाउँ घरको निकास आवत–जावत गर्ने बाटो तथा सार्वजनिक रुपमा श्री ५ को सरकारको स्वामित्व भएको ०–०–१२ ऐलानी जग्गा गाउँ घरका सर्वसाधारण नागरिकले पानी खाने सार्वजनिक इनार र आवत–जावत गर्ने पश्चिम कोणमा उत्तर दक्षिण लामो सार्वजनिक सडक रहेकोमा सो कि.नं. २०२ को ०–०–३ जग्गा बाहेक अरु सोको साँधमा भएको जग्गा इनार सार्वजनिक महत्वको भई सदासर्वदादेखि म वादीलगायत सबै मानिसहरूले सार्वजनिक रुपबाट उपभोग गर्दै आएकोमा २०५५।९।४ गते शनिवारको दिन विहान अ.९ बजे प्रतिवादीले मिति २०५३।२।२ मा पारित गराएको उपरोक्त लेखिएको जग्गाबाहेक सो कित्ताको चारैतर्फको साँधमा रहेको सार्वजनिक ०–०–१२ धुरमा भएको इनार जग्गा बाटो समेतलाई जवर्जस्ती साथ मेरो हो भनी खनकोड गरिरहेको कुरा म वादीसमेतका पञ्चभलादमीहरू पुगी किन सार्वजनिक इनार जग्गा बाटोलाई तपाईले खनकोड गरी राख्नु भएको भनी सोधपुछ गर्दा विपक्षीले यो जग