निर्णय नं. ८०७० - कीर्ते जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०७० - कीर्ते जालसाजी । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/११/२२ ८४२२ निर्णय नं. ८०७०, जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तपबहादुर मगर फौ.पु.इ.नं. –२२, २३, २४, २५ र २६ फैसला मितिः २०६५।११।२२।५ मुद्दा : कीर्ते जालसाजी । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित विरुद्ध प्रत्यर्थी वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः ओखलढुंगा जिल्ला सिंहदेवी गा.वि.स.वडा नं. ९ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३४ वानेश्वर बस्ने वर्ष ३५ को नानीबाबु बुढाथोकी विरुद्ध प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्ज बस्ने रामकृष्ण पाठक विरुद्ध प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः उदयपुर जिल्ला आँपटार गा.वि.स.वडा नं. ८ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ रातोपुल बस्ने हरिबहादुर राउत विरुद्ध प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार पुनरावेदक/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका चिकमुँगल बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री एकराज आचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री कोमलनाथ शर्मा मा.न्या.श्री खेमराज शर्मा संयुक्त इजलासः मा.न्या.श्री दीलिपकुमार पौडेल, मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी § अन्य मुद्दासँग नजोडिएको अवस्थामा जालसाजी मुद्दालाई जहिले पनि व्यक्तिवादी फौजदारी मुद्दाका रुपमा मान्यता दिइएको अवस्था हुँदा त्यस्तो जालसाजी मुद्दालाई सरकारी मुद्दा सम्बन्धी ऐनको अुनसूची– १ का आधारमा भनी सरकार वादी भै चलाउन सक्ने अवस्था नदेखिने । (प्रकरण नं.४) § अ.बं ८२ नं. ले सरकार वादी हुने मुद्दा र घूस खाने, माग्ने सरकारी कर्मचारीकै हस्ताक्षरको लिखितको सबूद लिई नालिस गरेको घूस मुद्दामा जोसुकैले नालिस गरे पनि हुने र अन्य मुद्दामा हकदैयाविहीन व्यक्तिले दिएको नालिस लाग्न नसक्ने कानूनी व्यवस्थाले हकदैयाविहीन नालिसले मुद्दाको स्वरुप नै ग्रहण गर्न नसक्ने भन्ने देखिन्छ । हकदैया भनेको कुनै पनि विवादको न्यायिक निरुपणका लागि अदालतमा प्रवेश गराउने आधार हो । हकदैया सम्बन्धी सिद्धान्तले एकाको हकमा अर्काले नालिस वा उजूर गर्न अनुमति प्रदान नगर्ने । § जसको हक पुग्ने हो उसले बाहेक अन्य व्यक्ति वा निकायले मुद्दा दायर गर्न सक्ने अवस्था नहुने हुदाँ त्यसरी हक पुग्ने बाहेक अन्य व्यक्ति वा निकायले दायर गरेको मुद्दा अ.वं. ८२ नं. का आधारमा खारेज हुने । (प्रकरण नं.५) पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी पुनरावेदक प्रतिवादीकातर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री गीता पाठक, सँग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार वास्कोट