निर्णय नं. ८१४५ - सार्वजनिक हक कायम खिचोला मेटाई चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१४५ - सार्वजनिक हक कायम खिचोला मेटाई चलन भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०१/२८ ३२६८ निर्णय नं.८१४५ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास मानीय न्यायाधीश श्री अनूपराज शर्मा मानीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०५७ सालको दे.पु.नं.......७३७१ फैसला मितिः २०६६।१।२८।२ मुद्दाः– सार्वजनिक हक कायम खिचोला मेटाई चलन । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी, गा.वि.स. मलेकपुर वार्ड नं. ९ बस्ने बौवालाल साहू समेत विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला सप्तरी गा.वि.स., मलेकपुर वार्ड नं. ७ बस्ने विश्वनाथ साह रौनियार समेत शुरु फैसला गर्ने मा.न्या. श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्ने :– मा.न्या. श्री शारदाप्रसाद पण्डित मा.न्या. श्री हरिबाबु भट्टराई § सार्वजनिक रुपमा भोग चलनमा छाडिएको पोखरीमा व्यक्ति विशेषको हक स्वामित्व कायम नरही सामाजिक भोग चलन र उत्तरदायित्वमा रहने हुँदा त्यस्तो सामाजिक भोग चलनको पोखरी जग्गा व्यक्ति विशेषले खिचोला गर्न आएमा अदालतको अनुमती लिई त्यस्तो सार्वजनिक सम्पत्तिको रक्षा गर्न उजूर गर्न पाउने हक जो सुकै नेपाली नागरिकलाई हुने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल, विद्वान अधिवक्ता श्री सनद देवकोटा प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हिम्मत सिँह, विद्वान अधिवक्ता श्री जीनवप्रसाद उपाध्याय अवलम्वित नजीरः नेकाप २०५५, निर्णय नं. ६५२६, पृष्ठ १७२ सम्बद्ध कानूनः § मुलुकी ऐन अ.व. ११० नं. फैसला न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत राजविराजको मिति २०५७।३।१२ को फैसला उपर प्रतिवादीहरूको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– यसमा २००४ सालको सरपट नापीमा जिल्ला सप्तरी, प्रगन्ना जगदर मौजे मुसहर्निया त्रीखण्डी जदी कि.नं. ५१ बन्द नं. ९१ निज घर सो दक्षिण, उत्तर, पूर्व, पश्चिम यति चार किल्ला भित्रको अर्ध २२ तुल २० को १–२–० क्षेत्रफलको पोखरी सार्वजनिक भई सार्वजनिक भोग चलन गरिआएको र उक्त पोखरी हाल सर्भेमा जिल्ला सप्तरी, गा.वि.स. मलेकपुर वार्ड नं. ७ कि.नं. १९३ को कायम भै सो पोखरी श्री ५ को सरकारको नाममा मोठ स्रेस्ता कायम छ । यसरी उक्त पोखरी सार्वजनिक भई भोगचलन गरी आएकोमा मिति २०४९।१०।२ गते विपक्षीहरूले यो पोखरी हाम्रो मात्र हक लाग्ने हो भनी हामीलाई सार्वजनिक उपभोग गर्न नदिई सार्वजनिक हकभोगमा खिचोला टंटा गरेकोले मु.ऐन अ.बं.१० नं. को निवेदनसहित यो नालेस गर्न आएका छौं । तसर्थ, उक्त पोखरीको मोठ स्रेस्ता, फिल्डबुक प्रमाणको मूल्याङ्कन गरी साविकदेखिको सार्वजनिक हक भोगचलनको पोखरीको सार्वजनिक हक भोग कायम गरी खिचोला मेटाई चलन समेत पाऊँ भन्ने समेत व्यहोराको विश्वनाथ साह रौनियारसमेतले मिति २०४९।१०।११ मा दिएको फिराद पत्र । हाम्रो मूल पूर्खा वाजे गेना साहू कारी साहू भएकोमा कारी साहूको सन्तान कोही नभएको, गेना साहूको एक मात्र छोरा ईश्वर साहू र ईश्वर साहूका ३ छोरामा जेठा कीर्ति साहू, माहिला भुजंगी साहू र कान्छा सिरीचन साहू हुन् । कीर्तिको एकमात्र छोरा प्रतिवादी वौवालाल, भुजंगीको एकमात्र छोरा स्व. रामफल साहू र सिरीचनको एक छोरा म प्र. भागवत साहू भएको । स्व.रामफलको जेठा छोरा प्र. शिवनारायण, माहिला वुद्धनारायण र कान्छा प्र. धनेश्वर साहू भएको । दावीको पोखरी मेरो मूल पूर्खा गेना साहू, कारी साहूले आफ्नो नाउँ दर्त