निर्णय नं. ८१४६ - जग्गा खिचोला चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१४६ - जग्गा खिचोला चलन भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/३१ ५४२२ निर्णय नं.८१४६ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको दे.पु.नं. ७६१ मुद्दाः जग्गा खिचोला चलन पुनरावेदक/प्रतिवादीः जिल्ला पर्सा बीरगञ्ज उ.म. न.पा.वडा नं. १७ वस्ने समसुद्दीन अन्सारीको मु.स.गर्ने नौसाद हुसेन अन्सारी विरुद्ध विपक्षी/वादीः जिल्ला पर्सा बीरगञ्ज उ.म.न.पा. वडा नं १६ वस्ने वीरेन्द्रकुमार दास § सम्पत्तिमा अतिक्रमणका माध्यमले हक स्थापित हुन सक्दैन । अरुको हक स्वामित्वको जग्गामा घर बनाइयो भन्दैमा यसलाई भोगाधिकार वा कव्जा वा चीरभोगको रुपमा मान्यता दिनु न्यायसँगत नहुने । § घर बनाउनेको ११ नं. ले घर भत्काई दिने निर्णय दिन घर तयार भएको मितिले एक वर्षपछि रोकेको हो, सो जग्गाको हक स्वामित्वसमेत घर बनाउने पक्षलाई दिलाउनु पर्छ भनी मान्न नमिल्ने । § केवल घर बनेको १ वर्ष नाघेका कारणले घर भत्काई पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अर्थबहादुर हमाल, श्री उज्वल मैनाली र बिदुषी अधिवक्ता सबिता भण्डारी 'बराल' प्रत्यर्थी तर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता श्री कमलनारायण दास अवलम्वित नजीरः नेकाप २०५७, निर्णय नं. ६८५४ सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।१०।१५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरो नाउँ दर्ताको जिल्ला पर्सा वीरगञ्ज नगरपालिकाअन्तर्गत नगर विस्तार योजनाभित्रको जिल्ला पर्सा वहुअरी (वी) वडा नं ८ प्लट नं ११९६ को कि.नं. १४२ को ज.वि.०–१–३–।।। र ऐ.ऐ. प्लट नं ११९८ को कि.नं. १४३ को ज.वि. ०–१–३ =।।। समेत दुई प्लटको जग्गा मैले खरिद गरी भोग गरिआएकोमा कुनै विवाद थिएन । मेरो उपरोक्त जग्गामध्ये केही जग्गा विपक्षीहरूले विक्री गर्नुहोस् भनेकोमा मैले विक्री नगरेको रिसइवीबाट सो मेरो प्लट नं. ११९६ को कि.नं. १४२ मध्ये दक्षिणतर्फको पूर्व लङ्ग ५२ फीट, पश्चिम लङ्ग १३ फीट र चौडाई ३५ फीटको हुने क्षेत्रफल ०–०–६–३.१/२ र प्लट नं ११९८ को कि.नं. १४३ मध्ये दक्षिणतर्फबाट पूर्व लङ्ग १३ फीट, चौडाईमा पूर्वदक्षिण कोणको १४ फीटको हुने क्षेत्रफल ०–०–०–७.१/२ समेत जम्मा ज.वि. ०–०–६–११ जग्गा मिति २०५३।१०।५ गतेका दिन विहान अं.९ बजेको समयमा विपक्षीहरूले जवर्जस्ती आफ्ना जग्गामा मिसाई घर निर्माण गर्न लागेको देखी मनाही गर्दा नमानेबाट मेरो प्लट छुट्याई दिनूस् भनी नगर विकास समितिमा निवेदन दिंदाँ खटिआएका प्रतिनिधिहरूले मेरो जग्गा छुट्टयाउँदा मेरो उल्लिखित जग्गा च्यापी विपक्षीहरूले घर पर्खाल निर्माण गर्नु भएको कुरा प्रमाणित भएबाट फिराद गर्न आएको छु । सो हुँदा उक्त ज.वि.०–०–६–११ मा विपक्षीहरूले बनाउनु भएको घर पर्खाल उठाई खिचोला छोडाई चलन चलाई कोर्ट फी भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । दावीबमोजिम जवर्जस्ती खिचोला गरी २०५३।१०।५ मा घर बनाएको होइन । सर्भे नापीको समयमा म समसुद्दिनको घर छ । साविकदेखि म समसुद्दिनले घर बनाई भोग चलन गरिआएको घर जग्गा हो । बीरगञ्ज नगर विकास समितिले कुन कानूनी आधारमा मेरो हक भोगको जग्गा वादीलाई दियो सो लिखतहरू अ.वं. ७८ नं अनुसार हेर्न सुन्न पा