निर्णय नं. ७६९७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६९७ - परमादेश भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०२/०४ ३१०१ निर्णय नं.७६९७ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत् २०५८ सालको दे.पु.नं ...८६२४ फैसला मितिः २०६३।२।४।५ मुद्दा :– परमादेश । पुनरावेदक प्रत्यर्थीः नेपाल वैंक लिमिटेड सिटी अफिस धरान र आफ्नो हकमा समेत ऐ. शाखाका अख्तियार प्राप्त शाखा प्रवन्धक गोवर्धन शाह बिरुद्ध विपक्षी रिट निवेदकः जिल्ला सुनसरी धरान न.पा. वडा नं. ४ बस्ने घनश्याम श्रेष्ठ § जग्गा धितो राख्नका लागि निवेदकसँग कुनै किसिमको सहमती र मञ्जुरी लिएको नभएपछि निवेदकको नामको जग्गा वैंकले रोक्का राख्न नमिल्ने । § सर्वप्रथम धितो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो वन्धक नलिएको एवं ऋणीको नाममा नै नभएको जग्गा लिलाम गर्न राष्ट्रिय वाणिज्य वैंकले गोरखापत्रमा सूचना प्रकाशित गरेको कार्य र तत् सम्बन्धित अन्य सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण देखिने । (प्रकरण नं.८) § ऋणीले ऋण लिँदाको अवस्था वैंकलाई दिएको धितोबाट वैंकले सवभन्दा पहिले लिलाम गरी असुल उपर गरी सोबाट नपुग भएमा मात्र ऋणीसँग थप धितो माग गर्नुपर्ने । § एकाघरको पतिको जग्गाबाट असुल उपर गर्नुपर्ने भए निवेदकलाई स्पष्ट रुपमा सुनुवाईको मौका प्रदान गरी सकेपछि मात्र निवेदकको जग्गा लिलामका लागि रोक्का राख्ने लगायतका कार्यहरु गर्नुपर्नेमा सो को विपरीत भए गरेको विपक्षीको कार्य कानूनसम्मत देखिन नआएकोले कानूनी प्रक्रिया वेगर रोक्का राखिएको जग्गा फुकुवा गर्नु भनी परमादेशको आदेश जारी हुने । (प्रकरण नं.९) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा अवलम्वित नजीरः ने.का.प. २०५०, भाग ३५, अंक १, नि.नं. ४६८२ फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको मिति २०५८।२।१० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार प्रत्यर्थी नेपाल वैंक लिमिटेड सिटी अफिसको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छः– २. मेरो नाउँ दर्ताको जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ४ कि.नं. ८४ को ०–२–१६–२ जग्गा विक्री गर्न आवश्यक परेकोले विक्री गर्न मालपोत कार्यालय सुनसरी जाँदा उक्त जग्गा विपक्षी वैंकको च.नं. ६२७५ मिति २०५५।१२।२३ को पत्रबाट रोक्का रहेको भन्ने जानकारी पाएकोले के कसरी रोक्का गरिएको हो, सो जग्गा फुकुवा गरिपाऊँ भनी विपक्षी वैंक समक्ष गई निवेदन गर्दा पूर्वाञ्चल विट वोर्डको कर्जा वापत रोक्का गरिएको हो हाल फुकुवा गर्न मिल्दैन भनी जानकारी दिएको, विपक्षीले उल्लेख गरेको पूर्वाञ्चल विट वोर्ड मेरो पत्नी चण्डिका श्रेष्ठको नाउँमा दर्ता भई संचालन भएको प्राइभेट फर्म हो । सो उद्योग संचालन गर्न विपक्षी वैकबाट कर्जा लिदा निज चण्डिका श्रेष्ठ नाउँ दर्ताको कि.नं. ४० को घर जग्गा तथा २७४ को जग्गा र मेरो नाउँ दर्ताको कि.नं. ३५ को घर जग्गा समेत धितो सुरक्षण वापत राखी रोक्का रहेको छ । मेरो नाउँमा दर्ता रहेको उक्त कि.नं. ८४ को घर जग्गा मेरो हक भोगको निजी भई कसैको कर्जामा धितो जमानी दिएको वा राखेको छैन । विपक्षीबाट कर्जा लिएको पूर्वाञ्चल विट वोर्ड तथा फेमिङ्ग उद्योगको म प्रोपाईरट साझेदार वा नाफा नोक्सानको हिस्सेदार समेत नभएको अवस्थामा म ऋणी नभएकोमा मेरो स