निर्णय नं. ८१४८ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१४८ - जवर्जस्ती करणी भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०७/०६ ९९५५ निर्णय नं.८१४८ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०६४ सालको स.फौ.पु.वे.न. ०४७९ फैसला मितिः २०६५।७।६।४ मुद्दाः– जवर्जस्ती करणी । पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर हेटौडा नगरपालिका वा.नं.५ घर भई हाल कारागार शाखा पर्सामा थुनामा रहेका त्रिरत्न चित्रकार विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री पोषनाथ शर्मा § आफ्नो नियन्त्रणमा राखिएकी एक नावालक महिलाको Pedophile बाट वारम्वार यौन शोषण भएको अदालतको जानकारीमा आएको संभवत यो पहिलो मुद्दा होला । यस मुद्दामा पीडितउपर आशय करणी, जवर्जस्ती करणी र अप्राकृतिक मैथुन समेतको अपराध वारम्वार भएको प्रमाणित भएको छ । यस अपराधलाई Custodial Rape भने पनि हुन्छ । यस्तो अपराधमा जिल्ला अदालतले गरेको कैद सजायमा पुनरावेदन अदालतले हस्तक्षेप गर्न नहुने । (प्रकरण नं.१७) § अपराधको गाम्भीर्यता पीडितलाई पुगेको हानी, अपराधको पटक, पीडितको अवस्था अभियुक्तको अपराधको चरम सीमा, मात्रा, अपराध गरेको तरिका आदिलाई विचार गरेर सजाय तोक्न विधायिकाले न्यूनतम ७ वर्ष र अधिकतम १० वर्षको तजविजी सजायको व्यवस्था गरेको मान्नुपर्ने । (प्रकरण नं.१८) § गम्भीर अपराधमा जिल्ला अदालतले ठेकेको कैदमा हस्तक्षेप गरी कुनै आधार कारण नदिई सजाय घटाउने गरेको पुनरावेदन अदालतको फैसलालाई गम्भीरताका साथ लिई अव भविष्यमा सबै पुनरावेदन अदालत र जिल्ला अदालतका माननीय न्यायाधीशहरूले सजाय गर्दा अपराधको गाम्भीर्यता र अपराधबाट पीडितलाई पर्न गएको क्षति पीडालाई बुझी अपराध माफिकको सजाय तोक्नुपर्ने । (प्रकरण नं.२०) § जवर्जस्ती करणीको अपराधबाट पीडित भएका कारण पीडितलाई पारीवारिक, मानवीय, मनोवैज्ञानिक शारीरिक चारित्रिक, पेशागत, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनका विभिन्न पक्षमा परेको दूरगामी असरलाई ध्यानमा राखी क्षतिपूर्ति स्वरुप प्राप्त हुने सम्पत्ति भएकाले यस्तोमा पीडितलाई दण्ड सजायको महलको व्यवस्था लागू नहुने । (प्रकरण नं.२६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री मोहनबहादुर बन्जारा क्षेत्री प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः नेकाप २०६३, अङ्क ५, पृष्ठ ६३१, नेकाप २०६४, अङ्क १, पृष्ठ ८६ सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ८, १०, २५ र ३८ § जवर्जस्ती करणीको महलको १, ३(२), ९(क), १० § दण्ड सजायको ४६ नं. फैसला न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन, ०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत हेटौडाको फैसलाउपर यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मिति २०६१।१२।९ गते जिल्ला बारा घर बताउने वर्ष ११ की कमाया (नाम परिवर्तन) रुँदै हिडेको अवस्था फेला परेको संरक्षणकालागि पठाएको भन्ने जिल्ला प्रहरी कार्यालयको पत्र । संरक्षणका लागि पठाइएको नावालिका दर्दनाक रुपमा रोएको र सोधपुछ गर्दा घरमा काम गर्न राख्ने त्रिरत्न चित्रकारले जवर्जस्ती करणी ३ वर्ष अगाडिदेखि गर्दै आएका भनी बताएकीले आवश्यक कारवाहीकोलागि निज बालिकालाई पठाइएको भन्ने समेत व्यहोराको माईती नेपाल शाखा कार्यालय हेटौडाको पत्र जाहेरी । मलाई ३ वर्ष अगाडि देखि घरमा काम गर्न राखी पटक पटक मेरो पिसाव फेर्ने ठाउँमा उनको पिसाव फेर्ने कुरा जवर्जस्ती हाल्ने गरेको, दूधमा