निर्णय नं. ८०७३ - जीउ मास्ने बेच्ने ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०७३ - जीउ मास्ने बेच्ने । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/१२/०४ ३६८३ निर्णय नं. ८०७३ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय फौ.पु.नं. ०६३–CR–००६८ फैसला मितिः २०६५।१२।४।३ मुद्दाः जीउ मास्ने बेच्ने । पुनरावेदक वादीः शान्ता तामाङको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः धादिङ जिल्ला, नालाङ्ग गा.वि.स. वडा नं. ९ बस्ने रबीन्द्र सिलवाल शुरु फैसला गर्नेः मा.जि.न्या. शम्भुबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री गिरीशचन्द्र लाल मा.न्या. श्री हरिबाबु भट्टराई § कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोही अनुरूप वयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण भए नभएतर्फ नहेरिने हो भने जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को कानूनी प्रावधानको दुरुपयोग हुन सक्ने भएकाले उक्त दफा ७ को प्रावधानलाई एकतर्फीरुपमा पीडित भनी जाहेरी दिने वा वयान प्रमाणित गराउनेको सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र वस्तुतर्फ अदालतको ध्यान जानुपर्ने । (प्रकरण नं.७) पुनरावेदक वादीतर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कुमार चुडाल प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री राजेश खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः § जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७, दफा ७(२) फैसला न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छः– मेरो बाबु आमा म सानो हुँदा परलोक भएकोले कपन गा.वि.स.२ बस्ने मामा रामबहादुर तामाङ्गले राखी हुर्काएको र गौशाला फुटपाथमा चिया बिक्री गर्ने गरेकोमा २०५६ आश्विनतिर रवी भन्ने रबीन्द्र सिलवाल मेरो पसलमा चिया खाने र जाने गरेकोमा निजले घर बुटवलमा छ, विहा गरौं, वुटवलमा राखौंला भनी भनेकाले २०५६।७।१६ गते कलंकीबाट रात्री बसहुँदै बुटवल लगी ३ दिनसम्म रेष्टुरेन्टमा राखी भारततिर घुम्न जाउँ, फर्केर आएर वुटवलमा बसौंला भनी ललाई–फकाई बसमा तथा रेलमा राखी भारत बम्बैमा लगी कमातिपुरमा छायाँ तामाङनीको कोठीमा भा.रु. ५०,०००।– मा बिक्री गरी नुहाई आउँछु भनी नफर्केको, छायाँ तामाङनीले १५।२० दिन पछि देखि वेश्यावृत्तीको काममा लगाएको, त्यहाँकी उर्मीला नामकी शिखरवेंशीतिरकी केटीलाई एड्सको रोग लागी कोठीबाट फर्काएको र निज नेपाल आउँदा मेरो मामाको ठेगाना र सवै कुरा भनी पठाएकोमा सो केटीले मेरो मामालाई भेटिछन्, मामा बम्बई आई मलाई भेटी त्यहाँको प्रहरीलाई जाहेरगरी मलाई २०५७।२।१७ गते निकाली दिएकाले मामासँगै काठमाडौं आएको हुँदा रबीन्द्र सिलवाललाई पक्राउ गरी जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ बमोजिम हदैसम्म सजाय गरिपाऊँ भन्ने व्यहोराको शान्ता तामाङको २०५७।३।२ मा दर्ता भएको जाहेरी दरखास्त । रबीन्द्र सिलवाल मेरो चिया पसलमा दैनिक चिया खान आउने र निजसँग राम्रोसँग चिनजान भै मसँग विवाह गरौं भनी भनेकोले मञ्जूर गरेपछि मिति २०५६।७।१६ गते कलंकी गै रात्री बस चढेर बुटवल गयौं र चौथो दिनमा बस र रेलमा चढाएर बम्बै भन्ने ठाउँमा छायाँ तामाङको घरमा लगी रु.५०,०००।– मा बिक्री गरी फर्कियो । लगभग