निर्णय नं. ७६९८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६९८ - अंश भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०३/१४ ३९८४ निर्णय नं.७६९८ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्बत् २०६० सालको दे.पु.नं. ––९२०५ फैसला मितिः २०६३।३।१४।४ मुद्दा : अंश । पुनरावेदक प्रतिवादीः जि.रौतहट गा.वि.स.वन्जरहा वडा नं. २ वस्ने विश्वनाथ पण्डितको मु.स.गर्ने मनतोरनी देवी बिरुद्ध प्रत्यर्थी वादीः ऐ ऐ वस्ने राम लखन पण्डित कुम्हार समेत § प्रतिउत्तर जिकिर मै वावु आमा तथा भाई भारतमै रहेको सम्पत्ति लिई त्यही वसेको आफु नेपालमा आफ्नो ससुरालीमा वसेको भनेवाट केवल वादी प्रतिवादीका परिवार भारत र नेपाल आई अलग अलग ठाउंमा वसेकै कारणले सवूद प्रमाणको अभावमा अँशवण्डा भएको भन्न नमिल्ने । (प्रकरण नं.१३) § वादीले तायदातीमा उल्लेख गरेको अन्य जग्गाहरु रजिष्ट्रेशन पारित गरी खरिद गरेको देखिएकोमा सो रजिष्ट्रेशन पारित गरी लिएका जग्गाहरु वकसपत्रवाट प्राप्त सम्पत्तिहरुवाट समेत वढे वढाएको भनी वादीले वस्तुनिष्ट प्रमाण गुजार्न नसकेको हुंदा त्यस्तो सम्पत्तिलाई निजी आर्जनको भन्न नमिल्ने । (प्रकरण नं.१४) § वादीहरुसंग नेपालको नागरिकता नभएकोले अंश प्राप्त गर्न नसक्ने भन्ने प्रतिवादीको भनाई तर्फ मुलुकी ऐन अंशवण्डाको समग्र कानूनी व्यवस्था हेर्दा नेपाली नागरिकता नहुने सगोलको अंशियाराले अंश प्राप्त गर्न नसक्ने भनी भन्न नमिल्ने । § अदलको ३ नं. को कानूनी व्यवस्था हेर्दा समेत नेपालको नगारिकता नभएको विदेशीको नेपालमा रहेको सम्पत्तिमा अंश लाग्ने रहेछ भने नेपाली नागरिकता नभएका अंशियारले पनि अंश प्रापत गर्न सक्ने नै देखिने । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री वसन्तराम भण्डारी प्रत्यर्थी वादी तर्फवाटः विद्धान अधिवक्ता श्री किशोर कुमार अधिकारी अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मुल पुरुष महादेव पण्डितको १ छोरा प्रसाद पण्डित भै निजको स्वास्नी म वादी जगवती देवी हुं । प्रसाद पण्डित वर्तमान जिवीत छन् । निजका २ छोरा जेठा प्रतिवादी विश्वनाथ पण्डित र कान्छा म वादी राम लखन पण्डित कुम्हार रहेको, लोग्ने वावु प्रसाद पण्डितको जन्म भारतमा भएपछि वाल्यकाल देखि यस नेपाल अधिराज्यको जिल्ला रौतहट वन्जरहा गा.वि.स.मा आई जीवन यापन गर्न लागेको सिलसिलामा यहीवाट म वादी जगवतीवाट वैवाहिक सम्वन्ध कायम भै अनवरत रुपमा रहन वस्न लागेको सन्दर्भमा २ जना छोरको जन्म भएको जस मध्ये जेठा छोरा प्र. विश्वनाथले नेपालको नागरिकता प्राप्त गरी सकेका हुन । लोग्ने वावु प्रसाद पण्डितले पनि नेपालको नागरिकता लिई पाई सकेकोमा हामी विपक्षीहरुले सगोल रुपमा कमाई आर्जन गरेकोवाट आर्जित जग्गा जमिन विपक्षी विश्वनाथ कै नाममा दर्ता कायम राखेकोमा लोग्ने वावु प्रसाद पण्डितको मृत्यु पश्चात विपक्षी नै घरको मुख्य मै घर व्यवहार चलाई आएको क्रममा यता केही दिन देखि विपक्षीले वेईमानी चिताई सगोलको जग्गालाई र सो को आयस्तालाई दवाई छपाई राखेकोले अंशवण्डा गरी दिनको लागी भन्दा तिमीहरुको नागरिकता भएको छैन अंश दिईने छैन भनी अंश दिन इन्कार गरी दिएकोले फिराद दर्ता भएको अघिल्लो दिनलाई मानो छट्टिएको मिति कायम गरी तायदाती दाखिल गराई त्यस्को ३ खण्ड गरी त्य