निर्णय नं. ८०७४ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०७४ - उत्प्रेषण । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/१२/१६ ३४०७ निर्णय नं. ८०७४ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६५ सालको रिट.नं.०६५–WO–०२८६ आदेश मितिः २०६५।१२।१६।१ विषयः उत्प्रेषण । निवेदकः काठमाडौं, जोरपाटी गा.वि.स.वडा नं ४ घर भै हाल रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल, सिंहदरवारमा मुख्य संगित प्रबन्धक पदमा कार्यरत मीरा राणा विरुद्ध विपक्षीः रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल, सिंहदरवारको सञ्चालक समिति समेत § एकपटक समकक्षता निर्धारण भएको कुनै पनि उपाधि वा शैक्षिक योग्यतालाई त्रिभुवन विश्वविद्यालयले स्वदेश भित्रका शैक्षिक संस्थाहरूले निर्धारण गरेको पाठ्यक्रमको स्तरसँग तुलना गरी कुनै उपाधिलाई यथावत् राख्ने वा नराख्ने भन्ने निर्णय गर्न सक्ने । (प्रकरण नं.४) § तत्कालीन अबस्थामा रेडियो प्रसार सेवा विकास समितिको गायन अधिकृत पदमा स्थायी नियुक्ति पाउँदा निजले प्राप्त गरेको सँगीत प्रभाकरको उपाधिलाई त्रिभूवन विश्वविद्यालयले मान्यता दिई समकक्षता निर्धारण समेत गरेको अबस्था भएको र हाल कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) को कानूनी व्यवस्था बमोजिम बढुवाको दरखास्त माग गरिएको नवौं तहको उप– निर्देशक पदको लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने गरी सो नियमावलीले अनिवार्य कानूनी व्यवस्था गरेको साथै निवेदकले प्राप्त गरेको सो उपाधिलाई त्रिभूवन विश्वविद्यालयले स्नातक सरहको समकक्षता सूचीबाट हटाइसकेको स्थितिमा हालको संशोधित नियमावलीबमोजिम निवेदक स्नातक उपाधि प्राप्त भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद अधिकारी अवलम्वित नजीरः सम्बद्ध कानूनः § कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) आदेश न्या.रामप्रसाद श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको व्यहोरा एवं निर्णय यसप्रकार छ :- म निवेदक आधुनिक तथा शास्त्रीय गीतकी गायिका भएकोले २०२८ सालमा आधुनिक सँगीत प्रतियोगितामा प्रथम भई विभिन्न सम्मान र पुरस्कार समेतबाट सम्मानित र पुरस्कृत भई गायन र सँगीतका क्षेत्रमा हालसम्म क्रियाशील रहेकी छु । सँगीतको औपचारिक शिक्षा लिने क्रममा सन् १९७८ मा भारतको प्रयाग सँगीत समिति इलाहवादको कलानिधि सँगीत महाविद्यालय, काठमाडौं केन्द्रबाट प्रथम श्रेणीमा "सँगीत प्रभाकर" उपाधि हासिल गरी प्राप्त गरेको प्रमाणपत्रलाई लोक सेवा आयोगले निजामती सेवाको लागि मान्यता समेत दिएको र त्रिभुवन विश्वविद्यालयले समेत आफ्नो सेवाको लागि उक्त कलानिधि सँगीत महाविद्यालयबाट प्राप्त उपाधिलाई मान्यता दिएको छ । वि.सं.२०३५ सालमा लोकसेवा आयोगले समेत प्रयाग सँगीत समिति इलाहवादबाट मैले प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधिलाई स्नातक सरहको मान्यता दिएको कुरा त्रिभुवन विश्व विद्यालय, पाठ्यक्रम विकास समितिले विपक्षी समितिलाई मिति २०६३।२।७ मा लेखेको पत्रबाट समेत पुष्टि भइरहेको छ । मैले मिति २०३५।९।२० मा रेडियो नेपालमा अस्थायी सेवा प्रवेश गरी मिति २०३९।८।९ मा तत्कालीन श्री ५ को सरकार, प्रसार विभाग अन्तर्गतको रेडियो नेपालमा राजपत्र अनंकीत प्रथम श्रेणी, विविध सेवा प्राविधिक सँगीत