निर्णय नं. ८१५० - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१५० - ज्यान मार्ने उद्योग भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१०/२८ ४९९८ निर्णय नं.८१५० भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री प्रेम शर्मा संवत २०६४ सालको स.अ.फौ.पु.नं. CR–०४५७ फैसला मितिः २०६५।१०।२८।३ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक वादीः भैरवबहादुर थापाको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः सर्लाही जिल्ला बागमती घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १३ बस्ने दीपक लाय मगर समेत पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री लक्ष्मणमणि रिसाल मा.न्या. श्री हरिप्रसाद घिमिरे § एउटै वारदातलाई केही प्रतिवादीको हकमा व्यक्तिवादी मुद्दामा परिणत गर्ने र केही प्रतिवादीको हकमा सरकारवादी मुद्दा कायम गर्न नसकिने । (प्रकरण नं.२) § मनसाय भनेको कुरो कार्यले पनि प्रमाणित गर्ने कुरा हो । प्रतिवादीहरूको हुलको संख्या, हातमा लिएको खुकुरी जस्तो धारिलो हतियार, घाउको संख्या, बरामद भएको हतियार र त्यस्तो धारिलो हतियारले प्रहार गर्नु नै प्रतिवादीको मनसाय प्रमाणित हुनु हो । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § सरकारी मुद्दा सम्बन्धी.ऐन, २०४९ को दफा २७ फैसला न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– मिति २०५९।१२।२५ गते बेलुका १७.३० बजेको समयमा नातिहरू धीराज थापा, अधिराज थापा र निजको साथीले होटलमा मःम खाइरहेको अवस्थामा १०–२० जना केटाहरूले हात–हातमा तरवार खुकुरी लिई आई यिनीहरूको ज्यान मार्नु पर्छ भनी धीराज थापाको गर्धनमा ताकी हान्दा निजले दाइने हातले छेक्दा कुहिनासहित छिनाली दिएको र निजको छाती तथा पेटमा पटक–पटक प्रहार गरेका अधिराज थापा र निजको साथीलाई समेत छातीसमेतका अंगमा पटक–पटक प्रहार गरी काटी ज्यान मार्ने उद्योग गरेकाले निजहरूलाई कारवाही गरिपाऊँ भन्ने समेतको भैरवबहादुर थापाको जाहेरी दरखास्त । दीपक मगर, प्रेमजंग ठकुरी, राजजंग ठकुरीसमेतले हातमा खुकुरी तरवारसमेत लिई आई मार्ने उद्देश्यले साथी धीराज थापालाई गर्दनमा ताकी प्रहार गर्दा निजको हातले छेक्न पुग्दा दाहिने हातको कुहिना मुनीको भाग छिनाली दिएको र त्यसपछि पेट र ढाडमा प्रहार गरी अव यो मर्यो भनी मलाई मेरो ढाडमा र अधिराज थापालाई ढाड र छातीमा चोट पुर्‍याई ज्यान मार्ने उद्योग गरेकाले कारवाही गरिपाऊँ भन्ने घाइते सुमन श्रेष्ठको जाहेरी । २०५९।१२।२५ गतेका दिन म, ज्योति लामा, उमेश बस्नेत, श्याम गुरुङ, प्रेमजंग ठकुरी, राजजंग ठकुरी, सुपिन्द्र भन्ने समेतले खुकुरीसमेत लिई आई धीराज थापा समेतसँग ग्याङफाइट गरेकाले निजहरूलाई अन्धाधुन्ध तरिकाले धारिलो हतियारले प्रहार गरेको हो । मैले धीराज थापाको गर्दन ताकी मार्ने उद्देश्यले खुकुरी प्रहार गर्दा निजले दाहिने हातले छेक्दा दाहिने हात छिनालिएको हो । धीराज थापालाई म, सुपिन्द्र, उमेश बस्नेतले पटक–पटक प्रहार गरी मर्यो भनी छाडेको हो । अधिराज थापा, सुमन श्रेष्ठ समेतलाई चोट पटक लागेको र निजहरू समेत घाइते भएका छन् धीराजले हातले नछेकेको भए निजको मृत्यु हुन्थ्यो भन्ने प्रतिवादी दीपक लाय मगरको अनुसन्धानको क्रममा भएको बयान कागज । का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वरको आरोलोको