निर्णय नं. ८१५१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/११/१५ ३०४६ निर्णय नं. ८१५१ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६३ सालको रिट नं.–३४६९ आदेश मितिः २०६५।११।१५।५ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवदेकः जिल्ला रौतहट, बडहवा गा.वि.स. बडा नं. ६ बस्ने जगदेव शाह कानु विरुद्ध विपक्षी प्रत्यर्थीः श्री महानिर्देशक निजामती किताबखाना ललितपुर समेत § सेवामा कार्यरत् सम्पूर्ण कर्मचारीहरूको रेकर्ड संकलन गरी अद्यावधिक गरी राख्ने कर्तव्य भएको कार्यालयले निवेदकले सेवाबाट राजीनामा गरी निवृत्तिभरणको अधिकारपत्र बनाउन जानुभन्दा पहिले निवेदक र कार्यरत् अदालतलाई अवकास मितिको सम्बन्धमा सूचना जानकारी दिनुपर्ने । § आफूसँग रेकर्ड नै नभएका कार्यालयले सेवाबाट राजीनामा गरी पेन्सन पट्टा बनाउन गएका निवेदकको जन्ममिति नागरिकता प्रमाणपत्रमा उल्लेख भएभन्दा फरक अवकास हुने मिति कायम गरी तलब भत्तासमेत पेन्सनबाट कट्टा गर्ने र २०६४ साल कार्तिक महिनाबाट पेन्सन दिने भनी गरेको निर्णय कानून एवं न्यायसँगत देखिन नआउने । (प्रकरण नं.२) § एकातर्फ रेकर्ड राख्ने आफ्नो कानूनी कर्तव्य पूरा नगर्ने र आर्को तर्फ हचुवाका आधारमा जन्ममिति कायम गरी निवेदकले कानूनबमोजिम राष्ट्रसेवा गरेको ५।५ वर्षको पारिश्रमिकबापतको रकम कट्टा गर्ने जस्तो अविवेकपूर्ण निर्णय असंवैधानिक हुने । (प्रकरण नं.४) निवेदक तर्फबाटः वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल प्रत्यर्थी तर्फबाटः सहन्यायाधिवक्ता श्री राजेन्द्रकुमार पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § अन्तरिम संविधान २०६३ को धारा ३० फैसला न्या.दामोदरप्रसाद शर्माः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८ (२) हालको नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– म निवेदक प्रशासन सेवा पियन पदमा मिति २०१९।३।१८ गते तत्कालीन नारायणी अंचल अदालतको अर्दली पदमा नियुक्तिपाई विभिन्न अदालतमा कार्यरत् भै पुनरावेदन अदालत राजविराजमा सेवारत् रहेको अवस्थामा नागरिकता प्रमाणपत्रअनुसार मैले सेवाबाट अवकास पाउने मिति २०६१।३।१८ भएकोमा सेवा अवधि पुग्नुभन्दा ६ महिना पहिला नै सेवाबाट अवकास लिन राजीनामा निवेदन दिंदा पुनरावेदन अदालत राजविराजको मिति २०६१।२।१७ को निर्णय अनुसार मिति २०६१।२।१८ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत भएपछि आवश्यक कागजहरू सहित निवृत्तिभरणको अधिकारपत्र बनाई मैले पाउने तलब निवृत्तिभरणसमेतका सुविधाहरू उपलब्ध गराई पाऊँ भनी निवेदन गर्दा निवृत्तिभरणको अधिकारपत्रमा अवकाश मिति २०५६।३।१८ उल्लेख गरी निजले बढी खाएको तलब भत्ता रु. २३४८६५।९५ निवृत्तिभरणको रकमबाट कट्टा गरी भुक्तानी दिनु हुन र मासिक पेन्सन लिन २०६४ साल कार्तिकमा सम्पर्क राख्न आउनु भनी अधिकारपत्र जारी भए पनि मेरो अवकास मिति २०५६।३।१८ नभई मिति २०६१।३।१८ हो उक्त कुरा मेरो जन्म मिति २००३।३।१८ हो भनी नागरिकता प्रमाणपत्रमा उल्लेख भएबाट समेत पुष्टि हुन्छ । यदि मेरो अवकास मिति २०५६।३।१८ नै हुन्थ्यो भने निज विपक्षीले सो मितिअगावै मलाई सूचना दिई जानकारी गराउनु पर्नेमा विपक्षीले सो दायित्व समेत पूरा नगरी बढी तलब खाएको कट्टा भएपछि निवृत्तिभरण पाउने भनी जारी गरेको निवृत्तिभरण अधिकारपत्र कानूनसँगत