निर्णय नं. ८०७५ - जग्गा दर्ता समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०७५ - जग्गा दर्ता समेत । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६५/१०/२१ ३७६९ निर्णय नं. ८०७५ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६२ सालको दे.पु.नं...... ८०२३ फैसला मितिः २०६५।१०।२१।३ मुद्दाः जग्गा दर्ता समेत । पुनरावेदक प्रतिवादीः काठमाडौं महानगरपालिका वडा नं २ लाजिम्पाट बस्ने केशव समशेर ज.ब.रा.को मु.स गर्ने ऐ.ऐ.बस्ने निरज समशेर ज.ब.रा समेत विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं महानगरपालिका वडा नं ३ बस्ने विनोद शंकर श्रेष्ठ शुरु निर्णय गर्नेः मालपोत कार्यालय, काठमाडौं पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज जोशी मा.न्या श्री भूपध्वज अधिकारी पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने, विष्णुप्रसाद भटृराई र मोतीराज गौतम प्रत्यर्थी वादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र श्यामप्रसाद खरेल एवं विद्वान अधिवक्ताद्वय शम्भु थापा र कृष्ण थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः § अदालतबाट अन्तिम फैसला भई प्राप्त गरेको जग्गाको हक केवल प्रतिवादीले अन्यथा भन्दैमा स्वतः निष्क्रिय हुने वा अदालतको फैसला नै निष्प्रभावी नहुने । (प्रकरण नं.४) § जग्गा दर्ता गर्दा मालपोत कार्यालय आफैंले प्रमाण बुझी दर्ता गर्ने निर्णय नगरेकोमा केवल फैसला कार्यान्वयनका क्रममा भएको सामान्य प्रक्रियागत त्रुटिसम्म सच्याइएको अवस्थालाई मालपोत कार्यालयले अथवा जिल्ला अदालतले पटक–पटक अनधिकृत निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं.९) फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, पाटनको मिति २०५८।९।२ को फैसलाउपर प्रतिवादीकोतर्फबाट मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) बमोजिम निस्सा प्रदान भई पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :- का.न.पा.२४(ख) को कि.नं ५५ को सम्पूर्ण जग्गाको मैले जग्गाधनी प्रमाणपूर्जा पाउनुपर्ने निर्विवाद हुन्छ । मलाई हक छाडेको लिखतमा नै जग्गा क्षे.फ ९–१२–३ भनी उल्लेख भएको र हाल नापीमा कि.नं ५५ मा जम्मा क्षे.फ ६–२–२–१ भै नापी भएको र श्री का.जि.अ.बाट ५–१–२–२ भनी उल्लेख भई आएको भएपनि २०५०।१२।५।६ को का.जि.अ.को पत्रले पुरै कित्ताको जग्गाधनी प्रमाण पूर्जा पाउने भनी लेखिआए बमोजिम र मिति २०३४।४।१३ को लिखतमा दाता तीर्थराजकुमारी राणाले आफ्नो नाममा घर जग्गा बाँकी नराखी मलाई पुरै हकहस्तान्तरण गरेकोले सो लिखत बमोजिम नखाई घटी मेरै हुने भएकोले का.न.पा.वडा नं २४ (ख) को वडा नं २ भई नापी भएको कि.नं ५५ को सम्पूर्ण जग्गाको जग्गाधनी प्रमाणपूर्जा पाऊँ भन्ने विनोदशंकर श्रेष्ठले मालपोत कार्यालय काठमाडौंमा दिएको निवेदन पत्र । का.जि.अ.को २०४९।४।८ को पत्रबाट वडा नं २ कायम गरी र २०५०।१२।५ को पत्रबाट उक्त कित्ताको घर जग्गा कित्ताबाट गर्न नपर्ने हुँदा अदालतको आदेशानुसार का.न.पा.वडा नं २ को कि.नं ५५ को पुरै कित्ता घरजग्गा राम शंकर श्रेष्ठको मु.स.गर्ने विनोदशंकर श्रेष्ठका नाममा दा.खा गरी दिई दावीवाला केशवसम्शेरले शेषपछि खानू भनेको आधारमा उक्त घरजग्गा दा.खा माग गरेकोमा निजलाई शे.ब दिने दाताले नै उक्त घरजग्गा यसै कार्यालयबाट बैनापत्रका आधारमा पारीत भएको र.नं १०५ मिति २०४९।४।५ को लिखतले निजको हक स्वामित्व समाप्त भ