निर्णय नं. ७७०० - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७०० - परमादेश भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/१४ ३६०९ निर्णय नं.७७०० ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६१ सालको रिट नं. –––––३२५३ आदेश मितिः २०६३।३।१५।५ विषयः–परमादेश । निवेदकः का.जि.का.म.न.पा.वडा नं. २० वस्ने प्रतुत लाल श्रेष्ठ विरुद्ध विपक्षीः संचालक समिति राष्ट्रिय, वाणिज्य वैंक काठमाडौं समेत § वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ग अनुसार वैंकको हित सुरक्षण हुने गरी वैंक र जमानी हुने व्यक्तिको विचमा भएको सम्झौताको शर्तको आधारमा वैंकले ऋण दिन सक्ने हुँदा सो ऋण असुल नभएसम्म जमानी हुने व्यक्तिले लेखि दिएको धितो फुकुवा हुन नसक्ने । § वैंक तथा वित्तिय संस्थासम्वन्धी अध्यादेश, २०६२ को दफा ५७ ले वैंकको धितो सुरक्षणमा रहेको अचल सम्पत्ति वैंकले लिलाम विक्रि गरी ऋण असुल गर्न पाउने हुँदा मैले वैंकलाई धितो सुरक्षणमा दिएको घर जग्गा तेश्रो पक्षलाई लिलाम विक्री गर्न मिल्ने होईन भन्ने निवेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.१०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ ,८८ (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यसप्रकार छः– २. विपक्षी मध्येको नारा इन्टरनेशनलका संचालक मध्येका १ जना संचालक मेरा दाजु अतुललाल श्रेष्ठ हुनु हुन्थ्यो । सो कम्पनी सँग मेरो कुनै प्रत्यक्ष संलग्नता छैन । विपक्षी वैंक सँग कम्पनीले आफ्नो भवन जग्गा समेत धितो राखी जम्मा रु ९,००,००,०००। ऋण लिएको जानकारी मलाई गराएका थिए । सो कम्पनीलाई आवश्यक परेको थप कर्जाको लागि कम्पनीका संचालक दाजुले मेरो घर जग्गा केही समयका लागि वैंकका नाउंमा थप धितो वन्धक पास गरि दिन आग्रह गरे बमोजिम मेरो का.म.न.पा.वडा नं. २२ ड कि.नं. २०९ को ज.रो १–०–० र सोमा वनेको घर समेतको मूल्यांकन गराउदा वैंक नियम अनुसार २७,००,०००। सम्मको थप ऋण लिन पाउने र सोका लागि सो घर जग्गा धितो पास गरि दिनुपर्ने भनियो । कम्पनीले रु ३८ करोड भन्दा वढी मूल्य पर्ने आफ्नो सम्पत्ति धितो राखि ९ करोड ऋण लिएको हुंदा सो ऋण सोही धितोवाट असुल हुन सक्ने र असुल गर्न सक्ने विपक्षीहरुले आस्वासन दिएका आधारमा मेरो जिम्मेवारी, दायित्व मेरो घर जग्गाको मुल्यांकन गरी वैंकले ठहर गरेको रकम रु २७,०००००। ऋण रकम र सो को व्याज सम्ममा सिमित रहने कुराको विश्वास गरी वैंकको नाउँमा सो मेरो घर जग्गा धितो वन्धकी पास गरि दिएको थिए । मैले धितो राखेको घर जग्गा विक्रि गरी वैंकको ऋण चुक्ता गर्न चाहेकाले वैंकको व्याज, पेनाल व्याजमा अन्य व्यक्तिहरुलाई वैंकले दिए सरहको केही सहुलियत समेत पाउँ र हर हिसाव गरी के कति रकम मैले बुझाउनु पर्ने हो जानकारी समेत पाउँ भनी मिति २०६१।४।२७ मा निवेदन पेश गरेकोमा सो उपर निर्णय गरिएन । यसै विच विपक्षीहरुले एकातर्फ कम्पनीले वैंकको कर्जा नतिरेको भनी उक्त कम्पनीको सम्पत्ति लिलाम गरेको जस्तो गरी नगन्य मुल्यमा मेरो सम्पत्ती उपर तेश्रो व्यक्तिको हक पिसर्जना गर्न चाहेको आशंका देखि मेरो पूर्व निवेदनमा निर्णय गरी के कती रकम वैंकलाई वुझाएमा मेरो धितो फुकुवा हुने हो जानकारी पाउँ भनी पुन निवेदन दिएको थिए । तपाईले पास गरि दिएको धितो पासको लिखतम