निर्णय नं. ८१५३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५३ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०१/१३ ७७७८ निर्णय नं.८१५३ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको WO–०३३५/४४२२ आदेश मितिः २०६६।१।१३।१ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः सर्वोच्च अदालतमा कार्यरत रेखा विशेषज्ञ (रा.प.द्वि.प्रा) केशवबहादुर थापा क्षेत्री समेत बिरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार काठमाडौँ समेत § निजामती सेवा ऐनमा सेवा, शर्त सुविधाको ग्यारेण्टी गरिनुको कारण कर्मचारीको सेवा शर्त, सुविधाको निश्चितताको लागि भएकाले सेवा शर्तको निश्चितता नहुने हो भने निजामती कर्मचारीहरूलाई मर्का पर्ने मात्र नभई निजामती सेवामा वहाल रहेका वा सेवा प्र्रवेशको तयारीमा रहेकाहरूले अनिश्चितताको महसूस गरी सेवाप्रति आकर्षित नहुनसक्ने । (प्रकरण नं.३) § कर्मचारीहरूले खाईपाई आएको सुविधा कटौती गर्दा ऐनले निर्दिष्ट गरेको प्रक्रिया पुर्याई सुविधामा असर पर्ने कर्मचारीहरूको मञ्जूरीले मात्र सुविधा हेरफेर गर्नुपर्ने । (प्रकरण नं.४) § सेवाउप्रान्त पश्चातदर्शी किसिमले असर पर्ने गरी अघि नै हासिल भैसकेको लाभ वा सुविधाको कटौती गर्न दिनुले सेवामा रहेका कर्मचारीहरूले आफ्नो विश्वासमा धोखाको अनुभव गर्ने अवस्था खडा हुन्छ भने त्यस्तो निर्णय गर्नेहरू पनि गैरजिम्मेवार ढंगले अरुलाई प्रभावित गर्न दुरुत्साहित हुनसक्ने स्थिति उत्पन्न हुनसक्ने । (प्रकरण नं.५) § नेपाल सरकारको मिति २०६५।६।१ को तलवमानको अनुसूची २ को द्रष्टव्य बमोजिम प्राविधिक २ ग्रेड नपाउने भन्ने व्यहोरा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३ तथा निजामती सेवा ऐन, २०४९ को दफा ५८ को प्रतिकूल देखिई उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहरेकोले निजामती सेवा ऐन, नियम तथा सुविधा र सन्तुलनको दृष्टिकोण समेतबाट प्राविधिक कर्मचारीहरूले खाईपाई आएको विशेष सुविधा मिति २०५७।४।१ देखि निरन्तरता दिई नयाँ तलवमान कायम गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेश जारी हुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री हरि उप्रेती, श्री इन्द्र खरेल र श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३ § निजामती सेवा ऐन, २०४९ को दफा ५८ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत निवेदन यसै अदालतको क्षेत्राधिकारभित्रको देखिँदा प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः– हामी रिट निवेदकहरू मध्ये केशवबहादुर थापा मिति २०४१, तुलसीनारायण महर्जन, नरेन्द्रमुनी बज्राचार्य र विष्णुलाल श्रेष्ठ २०४२, उत्तमप्रसाद पण्डित २०४३, कृष्णकाजी श्रेष्ठ, गोकर्णप्रसाद पौडेल, गोविन्दबहादुर खत्री, श्रीधर शर्मा र ध्रुबप्रसाद सापकोटा २०४४, योगप्रसाद पोखरेल २०५२, धनबहादुर रोकाय, जीतबहादुर कार्की, रामचन्द्र भट्ट र राजन सापकोटा २०५३, शम्भुप्रसाद आचार्य र राजीवराज नाख्वा २०५५ सालबाट निजामती सेवा ऐन र नियमावली बमोजिम बिभिन्न प्राविधिक पदहरूमा नियुक्ति पाई हालसम्म इमानदारीपूर्वक सेवा गर्दैआएका छौँ । हाम्रो नियुक्ति हुँदाको अवस्थामा तत्कालीन श्री ५ को सरकारले प्राविधिक र अप्राविधिक कर्मचारीहरूको भिन्दा भिन्दै तल